Year: 2010

  • गजल-२५

    मुटु भित्र व्यथा हुन्छ बाहिर हेर्दा देखिदैन दुःख कष्ट बाढी रहेछ छेक्न खोज्दा छेकिदैन गरीबको नयनजल आँखाभित्र बगिरहन्छ पीडा बोकी हिँड्दै जादा सुखसंग भेटिदैन नमेटिने दागहरु निधारमा कोरिदिन्छ गरीबका व्यथाहरु […]

  • सम्पादकीय

    पुनर्बास, समाज र साहित्य तेश्रो देश पुनर्बास प्रक्रियाले भूटानीहरुबीच एउटा नयाँ समाजलाई जन्म दिएको छ। एउटा पृथक परिवेश, पृथक संस्कार र सायद पृथक समय बहावसंग पौंठेजोरी खेलिरहेछन् भूटानीहरु आज। भूटानीहरु […]

  • तीन हाइकू

    हामी भूटानी सुतेका सुत्यै भयौं उठ्न जानेनौं **************** घाईते बाघ नागार्जुनको वन खाली दर्बार *************** सत्ता फेरियो शासन पुरानै छ देश बिरामी

  • गजल-२४

    Prakash Angdembe रिसाएर तिमी जति टाढा हुँदै गयौ अझ धेरै यो मुटुमा गाढा हुँदै गयौ आस्थामा नि फूलसँग पूजेँ तिमीलाई फूल टेकी हाँसी–हाँसी काँडा हुँदै गयौ मलाई भने बगरमा एक्लै […]

  • मेरो राष्ट्रियता

    अजिङ्गर मरे जस्तै लामो र कालो सडक आकाशमा बादलले नक्सा बनाउँछ टुप्पी हराएको मेरो देश। मैंले मात्रै सुन्ने गरी बतास साउती गर्छ बाटो हेरेर के पायौ आखिरमा यतै आयै। मैंले […]

  • गीत

    अभावै-अभावमा बाँचु कसोरी आँसु-आँसुमा म हाँसु कसोरी नांगो छ आङ भोकै छ पेट नि उकालो रस्तामा पाइला चालुँ कसरी हारेर कर्म मेरो आस्था गिर्दै छ भत्केको जीवन अब टालुँ कसोरी […]

  • गजल-२२

    जति पानी जमे पनि ताल उही हो जति गाँठो कसे पनि जाल उही हो । डराउनु शत्रुसँग ठूलो सानु हुन्न जतै बगे समुद्रको छाल उही हो । हृदयकी रानी छान […]

  • छिचिमिराहरू…

    जान्दा–जान्दै कीरा पखेटा पलाएपछि घमण्ड भरिन्छ, अनि आँट बटुल्छ, आकाश छोप्ने मनोबल पृथ्वी ढाक्ने झोंक यस्तो अहम भरिए पछि… हावा बटुलेर मुठ्ठी राख्छु बिचार उमालेर लावा पोख्छु भन्दै हावा उछिन्ने […]

  • गजल-२१

    इट्टाघरे अन्योलमा थिएँ,अन्योलमा छु,अन्यौलमा हुन्छु होला राष्ट्रवियोगमा रोएँ, रुँदैछु अझै पनि रुन्छु होला टुहुरो छु बेसाहारा देशविना आज म त फाटेको छ मन मेरो कसरी सम्झाई तुन्छु होला तिरस्कारले पेट […]

  • रुवाई

    जाउ तिम्रा सबै तस्विर लिएर जाउ फाटेको यो जीवन पनि टाल- टुल सिएर जाउ सम्झना यो दिल भरी कती दिन सजाउनु जीउनै गाह्रो भो तिम्रो याद मेटी दिएर जाउ !!

  • पालाम्

    सेक्मुरि फूल हेर फुल्यो माङ्गेन्ना गर्दा शिर चुल्यो माङ्हिम गई सेवा गरौं देशको लागि अघि सरौं दुबो र ढुङ्गा बाचा खाएँ माङ्लाङ नाचौं पालाम् गाएँ शान्तिको दियो बालौँ अब कदम […]

  • गजल-२०

    आफ्नो ज्यान त्यसै प्यारो अझ देशको माटो प्यारो भीर पाखा भन्दा पनि मान्छे हिँड्ने बाटो प्यारो जूनको जादू देखिन्छ टल्किएपछि आकासमा त्यही जूनको बीचमा अझ लुक्ने टाटो प्यारो अति सुन्दर […]

  • सम्पादकीय

    साहित्य र वर्तमान हामीले सदियौँ देखि साहित्यलाई समाजको दर्पण मानिआएका छौँ। साहित्य यस अर्थमा पनि समाजको दर्पण हो कि समाजमा जे घट्यो/भयो सहित्यदर्पणमा त्यही प्रतिविम्बित हुन्छ। यो परिभाषा अद्यापि सत्य […]

  • गजल-२०

    सयौँ बार कसैलाई पर्खिनुको मजा मलाई मात्र थाहा छ मुटु चर्किनुको मजा पहाड नाघ्ने हिमाल नाघ्छन् हिमाल नाघ्नेहरूले त के बुझ्थे र काखमै जीवन धर्किनुको मजा सफलताका कथा हुनेहरू सधैँ […]

  • स्वरुप

    मत्त…… जवानीले मातेका दुई किशोर किशोरीझैँ भर्खर मेरो देश षोढशीझैँ छातीभरि सगरमाथा बोकेर फर्कँदैछ…. फुल्दैछ नागबेली उखेलेर चम्पावती रोप्दैछ । हिजो बगैँचाभरि…. गमलाभरि थरिथरिका…. जात…जातिका फूल रोपेर

  • गजल-१९

    हिजोसँगै आज पनि देश संझी रुन्छु क्यार देशको ढुङ्गा माटोसँगै फेरि लाचार हुन्छु क्यार आमाको आँसुसँगै मुहान बनी बग्दा बग्दै अतीतका घातहरुलाई हृदयमा बुन्छु क्यार निर्दोषी फूलका थुँगा हारैहारको पासोमा […]

  • गीत

    मेरो कुरा काटे पनि तिम्रै बानी मीठो लाग्छ तिमीसँग बिताएको जिन्दगानी मीठो लाग्छ । हँसाउने घरिघरि रुवाउने तिमी आँखाभरि सपनाहरु बसाउने तिमी जे गरे नि मलाई तिम्रै मनोमानी मीठो लाग्छ […]

  • मैले नेपाल देखें

    हुस्सु र कुहिरोमा निसासिएको अनि बम र बारुदको धुँवाको कालो मोसो दलेर रोइरहेको मैले नेपाल देखें औंसीको कालो रातमा रुखो रोदन र क्रन्दन संगै चिच्याइ चिच्याइ रोइरहेको मैले नेपाल देखें […]

  • देश हराएको सूचना

    यतिराज अजनबी एडिलेड, अस्ट्रेलिया हराए पछि देश, देशभित्रै खोजें खोजी प्रारम्भ गरेपछि जबर्जस्ती लखेटिएँ देशबाटै अठार वर्षसम्म खोजिरहें शराणार्थी शिविरमा केही मित्रहरूलाई त्यसरी नै खोजिराख है भनेर समुद्र पारी आइपुगेको […]

  • गजल-१८

    खै! कति लेखौँ देश चर्किएको कथा चोटभित्र मनहरु मर्किएको कथा । हिजो बैनी आज आमा बलात्कृत हुँदा असह्य भै धने अन्तै तर्किएको कथा । मर्दा न त चिहान नै छ […]

  • वेश्यासँग बिताएको एक साँझ

    प्रकाश आङ्देम्बे दमक, झापा होटल प्याराडाइजको रूम नं. १५ मा छु एक्लै…..। यो होटल बुटवलको हो । बुटवलमा कहाँनिर पर्छ ? भनिरहन आवश्यक छैन यो कथाको लागि । साथीहरू रेयुकाई […]