Year 1 – Issue 11

  • बाछाको जुटाइ साँडेलाई चुटाइ

    बाज बनेर राज गर्ने साँडेहरुको लिँडे सिद्धान्तले ती दुर्बल गाई र बाछाहरुलाई खर्कदेखि नर्कमा धकेलिदियो। कु गर्ने दम त कहाँ रहेछ र? सु गरेको लँगौटी फेर्न सम्म भ्याएनन् डुङ्डुङ्ती गन्हाउँदै […]

  • गजल-२९

    मैदान हुँ भन्नेहरुले डाँडाको कुरा गरे ठीकै छ फूलले पनि काँडाको कुरा गरे बगर जस्तो प्यास मेट्न कुन सागर जानु अब पानीले त खोलासंग टाडाको कुरा गरे नभेटिने माया नै […]

  • खै के छ त नाममा ?

    डोना आचार्य/ पीए, अमेरिका मलाई जसो भने पनि म नै हुँ- कोही कोही मलाई धोएर परिवर्तन गर्न चाहन्छन् बाहिर-बाहिर पखालिए नि मेरो मन मेरो तन मेरो जीवन मेरो, म हुनुको […]

  • गजल-२५

    वियोगको पीडामा नि एउटा छुट्टै जीत पाएँ नौनारी थाके पनि एउटा आफ्नो हित पाएँ आफ्नो भन्ने छैन कोही रुन्छ मन सम्झि मेरो रोदनको भेटमा पनि सुन्न तिम्रो गीत पाएँ छैन […]

  • फर्किएको छु

    म फर्किएर फेरि तिम्रै दलिनमा उभिएको छु किन बदलिएका छन् धेरै कुराहरू ? खै कहाँ फुकाएर छोड्यौ- तिमीले अनुहारमा पालेको चन्द्रमा ? किन कालो र खस्रो – तिम्रो ओठमा फक्रिने […]

  • सम्पादकीय

    साहित्यको स्रोत जीवन र जगतलाई मानिन्छ भने साहित्यको विषयवस्तु मूर्त र अमूर्त दुइटै हुन्छन् । ब्रह्माण्ड आफैंमा एउटा अलिखित साहित्य हो । साहित्य सिर्जना गर्न सर्जक र विषयवस्तुको भूमिका अहम् […]

  • ध्रुवलाल

    शान्ता रिजाल काठमाडौं बाँसको भाटाले बारेको झुपडीको एक भित्ताको सानो चारकोसे झ्यालद्वारभित्र चिहाइरहेका छिमेकीले भने “ध्रुवलाल ऐले भविष्य हेर्न फर्कियो”। “अघिसम्म त अतीत हेरिरहेको थियो त,” अर्कोले थप्यो । यसरी […]

  • अस्तित्व

    प्रश्नै प्रश्नका पोका लादेर गह्रुङ्गो मनमाथि अझ भारी नथप l तुसारो परेको जीवनमा अझ शिशिर वर्षाउनु किन? म आफ्नै आँगनबीच हराइरहेकी छु सत्य र असत्यबीचको भीडमा आफूलाई खोजिरहेकी त, म […]

  • गीत

    फूलझैं पवित्र छ मेरो मन अपवित्र ठानी नसाट है तिम्रो तन पूर्णिमा र औंसीमा पनि फुलेकै छु दिन रात तिम्रो मुहर उज्यालो बनाएकै छु सुवास झै पवित्र छ मेरो मन […]

  • अस्तित्वको खोजी

    भगिरथ उच्च मा. वि. मोरंग नेपाल ध्वंसले चेतनाको उद्बोधन नगर्दा आशातीत जिजीविषामा नैराश्य छाएको छ । परिवर्तनको कलेवरभित्र कुत्सित विचारले अमूर्तताको शून्य भोका पेटहरू चट्टानमाथि छट्पटाइरहेका छन् । जीवनको त्रासद […]

  • गजल-२४

    यसै जिउँदो लास म डर कहाँ छ र संसारै आफ्नो सम्झिए घर कहाँ छ र रसाएका आँखा संगै हात न हो देखाएको सहयोग न हो हजुरको कर कहाँ छ र […]

  • परदेशीको चौतारो

    परदेशी कान्छो एट्लान्टा, जर्जिया परदेशीले आजभोलि जर्जियाको राजधानी एट्लान्टा शहरको मध्यभाग, फाइव पोइन्ट्स्मा चौतारो बनाएको छ । यसो गर्नको धेरै कारणहरु छन् । यो बिन्दू भएर दक्षिणको रेल्वे सेवा ज्याक्सन्भिल् […]

  • गजल-२३

    शेरु ‘उदास’ राई  शनिश्चरे, मोरङ्ग सानो हुँदा आमा सधैँ जूनको कथा भन्नु हुन्थ्यो सहिदले बगाएको खुनको कथा भन्नु हुन्थ्यो भनेको चीज नपाएमा ठुस्की झर्की रिसाएमा खुशी पार्न बाँसुरी र धुनको […]

  • तिम्रो अनुपस्थिति

    तिम्रा ती मोहक नयनहरू जो मलाई कहिल्यै हेर्दैनन् उत्सुकतापूर्वक हामी सँगै छौँ सधैँ सधैँ…… कुनै समुद्री तटमा सँगै बसेर सूर्यको कोमल रश्मिसँगै हामी माछाहरूको क्रीडा हेर्दैनौँ वा पूर्णिमाको रातमा चन्द्रमाको […]

  • भू-दान

    आइ पी अधिकारी काठमाडौँ श्याममणि पण्डित र कुलमान काजी खेतैखेत उँधो झर्दै थिए। उनीहरूबीच भोलिको तेर्‍हौं पुण्य तिथिको कामको चर्चा हुदै थियो। कुलमान काजी गाउँका हुनेखाने अनि हकिला मान्छे हुन्। […]

  • सम्झना

    त्यो राम्रो बन त्यो पहाड हरियो त्यो स्वर्ग झैँ जंगल । लामा छन् लहरा हरा रहरिला मूनामिठा निर्मल । ती झर्ना झररर्र भारि रमिता हेर्दै झरे छंछम । त्यो राम्रो […]

  • गजल-२५

    मुटु भित्र व्यथा हुन्छ बाहिर हेर्दा देखिदैन दुःख कष्ट बाढी रहेछ छेक्न खोज्दा छेकिदैन गरीबको नयनजल आँखाभित्र बगिरहन्छ पीडा बोकी हिँड्दै जादा सुखसंग भेटिदैन नमेटिने दागहरु निधारमा कोरिदिन्छ गरीबका व्यथाहरु […]

  • सम्पादकीय

    पुनर्बास, समाज र साहित्य तेश्रो देश पुनर्बास प्रक्रियाले भूटानीहरुबीच एउटा नयाँ समाजलाई जन्म दिएको छ। एउटा पृथक परिवेश, पृथक संस्कार र सायद पृथक समय बहावसंग पौंठेजोरी खेलिरहेछन् भूटानीहरु आज। भूटानीहरु […]

  • तीन हाइकू

    हामी भूटानी सुतेका सुत्यै भयौं उठ्न जानेनौं **************** घाईते बाघ नागार्जुनको वन खाली दर्बार *************** सत्ता फेरियो शासन पुरानै छ देश बिरामी

  • गजल-२४

    रिसाएर तिमी जति टाढा हुँदै गयौ अझ धेरै यो मुटुमा गाढा हुँदै गयौ आस्थामा नि फूलसँग पूजेँ तिमीलाई फूल टेकी हाँसी–हाँसी काँडा हुँदै गयौ मलाई भने बगरमा एक्लै कुराएर आफूभने […]

  • मेरो राष्ट्रियता

    अजिङ्गर मरे जस्तै लामो र कालो सडक आकाशमा बादलले नक्सा बनाउँछ टुप्पी हराएको मेरो देश। मैंले मात्रै सुन्ने गरी बतास साउती गर्छ बाटो हेरेर के पायौ आखिरमा यतै आयै। मैंले […]