डूकनाथ नेपाल गान्तोक- काजी लेण्डुप दोर्जी उर्फ एल.डी. काजीको प्रयोग सानो सिक्किमको सन्दर्भमा भएको थियो तर, चामलिङको प्रयोग वृहत् नेपाली समाजमा हुँदैछ । कुनै पनि अस्वाभाविक घटनालाई सूक्ष्म दृष्टिले हेर्ने […]
रोहित गौतम असम, भारत भारतको उत्तर-पूर्वाञ्चलमा नेपाली साहित्यले ११८वर्षे लामो कालखण्ड पार गरेको छ । यो ११८वर्षको अवधिमा रचिएका कृतिहरू नियाल्दा १८ वटा स्तरीय मानक कृति फेला पार्न हम्मेहम्मे पर्ने […]
(गीत) अम्बर सुब्बा ओहायो, अमेरिका किन तिमी गोली हानी घाइते बनाई गयौ आई फेरि चलाऊ गोली त्यसै छाडी नजाऊ, घायल बनी छट्पटिएँ धेरै धेरै रोएँ नपुगेर आफ्नो आँसु पैंचो मागी […]
अम्बिका प्रसाद दुलाल एड्लेड, अस्ट्रलिया याबा; गाउँ परिचय:- दक्षिण भुटानको सामची जिल्ला, सिब्सु सब-डिभिजन र लहरेनी ब्लक अन्तरगतमा पर्ने ‘याबा’ शुरु देखिनै पूर्ण रुपले नेपाली भाषीहरुले बसोबास गर्दै आएको एउटा […]
डी एन काफ्ले एड्लेड अस्ट्रलिया सहिद छोराको लाशमाथि बुवा रो‘को कथा छ याँ कफिनभित्र लाश आयो बिधुवा रो‘को कथा छ याँ भ्यागुत्ताले छोडेपछि कुवा रो’को कथा छ याँ रानिवनको डडेलोमा […]
हरि पराजुली- झापा, नेपाल मोति हरायो बालुवामा टुकी बालेर के पायौ ? अन्त नहुने कार्यहरु अब थालेर के पायौ ? मन भत्काएर जोडी स्वार्थका देवलहरु फटायौ आफैं जता-ततै अनि टालेर […]
केशव आचार्य झापा,नेपाल हातैले क्षितिज छुनु भन्छ कोही-पागल हो तपाईं नभई मपाईं बन्छ कोही-पागल हो, पानी झरीसहित आँधी हुरी आएको बेला हाँस्दै घरबाहिर निस्कन्छ कोही-पागल हो, मान्छे भएर मान्छेले नमानी […]
अनु राई डेनमार्क तिम्रो हो या मेरो दोष, अन्योलमा पर्दैछौ रे नसा सम्झी जिन्दगीलाई बोत्तलसंगै भर्दैछौ रे, माया प्रेमलाई कुल्चिएर हांस्नसम्म हांस्यौ तिमी त्यही पापमा तड्पिएर अचेल जिंउदै मर्दैछौ रे, […]
डीआर घोर्साईं टेक्सास, अमेरिका धन्यवाद छ, यूएनओ-लाई दीगो समाधानको पहल गरी दिएकोमा अनि धन्यवाद छ संयुक्त राज्य अमेरिकालाई पुनर्वाश गराई भावी सन्तानको भविश्य उज्वल बनाइदिएकोमा- धन्यवाद केनाडा, अष्ट्रेलिया, डेनमार्क युके, […]
प्रदीप लोहागुन कालेबुङ, भारत प्रश्नहरुले नै बनाउँदो रहेछ इतिहास प्रश्नहरुले नै गर्दो रहेछ परिवर्तन जीवनमा प्रश्नहरु नहुनु भनेको त; धरतीलाई सुन्दर देख्ने सपनाहरु नहुनु जस्तै पो रहेछ ! प्रश्नहरुले नै […]
भोटाङ विशेष-१९९६ (अन्तिम भाग) [दश] जीवनभन्दा नीलो छ युद्ध रगतभन्दा रातो छ प्रेम र मृत्युभन्दा कालो निर्वासन । त्यसैले; कालो रङ्ग कस्तो हुन्छ भन्ने निर्वासितलाई मात्र थाहा छ । […]
(गीत) सरोज घिमिरे-तनहुँ/नेपाल तिमीलाई सुख दिन मेरो दरबार छैन सधैंभरि खुशी दिने मेरो घरबार छैन… मेरो मुटुमा तिमी अँट्न सक्दिनौ मेरो मनमा तिमी बस्न सक्दिनौ- सुनको महलमा बस्छ्यौ झुपडी सुहाउँदैन महल […]
अम्बर सुब्बा ओहायो-अमेरिका काँडा बनी घोच्ने यो मन, आगो बनी ठोस्ने यो मन- लुकाउँ भनी छोप्न खोज्दा, सल्किएर पोल्छ पो झन्…, मेरो अतीत बल्झिएर, परेली यो छुन खोज्छ यो मन […]
लक्ष्मी गौतम नर्थ केरोलिना-अमेरिका सपना नि के के देखें चितामाथि हाँसीरा’थें । रुँदै थिएँ आफ्नाहरु मचैं फेरि नाचिरा’थें ॥ “हरे ! बास बैकुण्ठको राम नाम सत्य” भने । लाश देखे […]
जितेन ‘मुस्कान’ म बन्दी भएको बेला, अखबारको आँगन हुँदै, गुगलको गाउँसम्म उदांगिएको थिएँ, अनुहारमा पोखिएको थियो आरोपहरुको औंशी, चारै दिशा पिरामिडझैं उभिएका थिए उजुरी पत्र । प्रश्नै प्रश्न लिएर, तीरझैं […]
हरि पराजुली झापा, नेपाल शहर भित्र खोजी हेर्छौ के छ र शहरमा तुवाँलोले छेक्छ सधैं सानो तिम्रो रहरमा। जाली हुन्छन् मान्छेहरु आफन्तकै बंशभित्र चमत्कारी खेल खेल्छन् मात्तिएर जहरमा। पैसा-पैसा-पैसाभित्रै ताना तानको खेल खेल्दा रगत बग्न थाली सक्यो कुलो अनि नहरमा । कति देख्नु कति लेख्नु घिन लाग्दो नगर त्यो शहर भन्दा गाउँ नै राम्रो यो ‘हरि’ को ठहरमा ।।
पदम आधिकारी ‘हिमशिखर’ बाल्टिमोर, अमेरिका आखिर न मुटु रेट्दा, न त छाती चिर्दा माया लायौ कुरेर तिमीलाई नै न त घर फिर्दा माया लायौ, बद्लियो समय बद्लियो मौसम बद्लियो सबै-सबै यात्रा […]
शिवलाल दाहाल धेरै वर्षदेखिको एउटा सपना थियो दार्जेलिङ् घुम्ने यसपालि पूरा भयो । रहर गरेर मात्र कहाँ हुँदोरहेछ र मनभित्रको धोको पुर्याउन समयनै आउनु पर्दोरहेछ । हुन त एक हुल […]
शिवलाल दाहाल विम्ब भनेको शाव्दिक रुपमा छाया, दर्पण वा प्रतिच्छवि भए पनि साहित्यमा प्रयुक्त विम्ब शब्दले काव्यबिम्बलाई जनाउँछ । यो एक किसिमको कल्पनागत वा मानसचित्र हो जसले कुनै न कुनै […]
हरि पराजुली, झापा-नेपाल म मौनतामा रमेको बेला शान्ति र सत्चिदानन्दमा चढेको बेला बुद्धत्वको खोजीमा निस्किएको बेला गान्धी र आइन्सटाइन उत्प्रेरित भै जब म स्वस्थ विचार लिएर उभिन्छु सगरमाथा, शान्ति बनेर बग्छु समुन्द्र, तटस्थ विचारहरुमा अडिग लक्षहरुमा, तब आक्रोशमा उफ्रनछन् मेरा सज्जन मित्रहरु ! साथी, म एक्लो भएँ रे, म बेमेल भएँ रे, मैले सँगै बसेर ताश उठाइनँ रे, होश गुमाएर गाँजा उडाइनँ रे, भट्टी आतंक मच्चाइनँ रे, सूरा-सुन्दरीसँग कम्मर मर्काइनँ रे, त्यसैले प्रिय मित्र, म गलत भएँ रे ! खै ! के लेखौं र मेरा चमत्कारी नौला खबरहरु , भुइँचालोले भात्किएको घर झैं एक्सिडेन्टमा परेको गाडीको सिसाझैं […]
जेएन दाहाल-मेसाच्युसेट्स-अमेरिका अब तन शुद्ध रहेन मन पनि वशमा भएन निस्किएर फुत्त कतै .. जाउँ कहाँ..? भन्ने प्रश्न बहेन, निसंकोच दोबाटोमा भयो बास मलाई अझै पनि सम्झना छ म हराएको त्यो रात ! नसुने चिल्ला कुरा नपाए तागत अनि बल कुची फालेर चित्र छाडी हिँडेको यही त हो त्यो पल, साँचै साथी त्यस्तै हुँदो रहेछ प्रवास- मलाई अझै पनि सम्झना छ म हराएको त्यो रात !
जगेन गौतम पेन स्टेट, अमेरिका मनभित्रको चोटलाई सुम्सुम्याउँदै हर क्षण रहरहरुलाई आत्मियतामा बदलेर केवल रहरमा नै उभ्याएको छु । रहरमा नै उभिएका रहरहरुले कहिले काहीं चोट बनेर सताउने गर्छन्, म […]
(भूटान साहित्य परिषदद्वारा आयोजित समकालीन नेपाली साहित्यमा भूटानको उपस्थिति र बदलिँदो सन्दर्भ विषयक बिचार गोष्ठीमा प्रस्तुत कार्यपत्र) शिवलाल दाहाल पृष्ठभूमिः चीन र भारत जस्ता दुई शक्तिशाली राष्ट्रहरुका बीचमा रहेको भूटान जनसंख्याको अनुपातमा […]
देउकी ढकाल, अम्सटरडाम बिहान आयो आज तिर्मिरे उज्यालो छर्दै खुल्ला अकाश माझ सेतो बादल भर्दै नयाँ सन्देश बोकी भन्छ बिहान मलाई घुम्न जनु पर्छ छिट्टो अनि टाढा बाटो देखाउँदै बोलाउँछ बिहान फेरी हतार […]
आरके थापा दोलखा, नेपाल लक्ष्य अनि भविष्य त्यो तुनेर जाऊ है । । भत्केको यो मनको कथा सुनेर जाऊ है । । बिग्रँदैछ वर्तमान सँगै भविष्य त्यो, विश्वास गर्ने मनलाई […]
देवी कार्की मिनीसोटा, अमेरिका छोरो बनी सेवा गरेँ छुरा जस्तो धार बन्यौ माया गरी नजिक भएँ भेडो जस्तो मुर्खा बन्यौ गुराँस झैँ फुलाउन खोजेँ मृत्यु झैँ निश्चित बन्यौ सँगै बसी […]
खनाल अविरल (डुके) हिजो, आज र अस्ति आएँ, धायो नभन हिडेँ, बोलेँ र रमाएँ, यसले चा’यो नभन उत्साह, माया र प्रेमको जलनमा पनि जलाएर प्रेममा मेरो गीत, गायो नभन एक्लै […]