Category: Nepali

  • शृङ्खला कविता

    भोटाङ विशेष-१९९६ (अन्तिम भाग)  [दश] जीवनभन्दा नीलो छ युद्ध रगतभन्दा रातो छ प्रेम र मृत्युभन्दा कालो निर्वासन ।   त्यसैले; कालो रङ्ग कस्तो हुन्छ भन्ने निर्वासितलाई मात्र थाहा छ । […]

  • मेरो दरबार छैन

    (गीत) सरोज घिमिरे-तनहुँ/नेपाल तिमीलाई सुख दिन मेरो दरबार छैन सधैंभरि खुशी दिने मेरो घरबार छैन… मेरो मुटुमा तिमी अँट्न सक्दिनौ मेरो मनमा तिमी बस्न सक्दिनौ- सुनको महलमा बस्छ्यौ  झुपडी सुहाउँदैन महल […]

  • मन (गीत)

    अम्बर सुब्बा ओहायो-अमेरिका काँडा बनी घोच्ने यो मन, आगो बनी ठोस्ने यो मन- लुकाउँ भनी छोप्न खोज्दा, सल्किएर पोल्छ पो झन्…, मेरो अतीत बल्झिएर, परेली यो छुन खोज्छ यो मन […]

  • गजल

    लक्ष्मी गौतम नर्थ केरोलिना-अमेरिका सपना नि के के देखें चितामाथि हाँसीरा’थें । रुँदै थिएँ आफ्नाहरु मचैं फेरि नाचिरा’थें ॥ “हरे ! बास बैकुण्ठको राम नाम सत्य” भने । लाश देखे […]

  • बन्दीको डायरी

    जितेन ‘मुस्कान’  म बन्दी भएको बेला, अखबारको आँगन हुँदै, गुगलको गाउँसम्म उदांगिएको थिएँ, अनुहारमा पोखिएको थियो आरोपहरुको औंशी, चारै दिशा पिरामिडझैं उभिएका थिए उजुरी पत्र । प्रश्नै प्रश्न लिएर, तीरझैं […]

  • शृङ्खला कविता

    भोटाङ विशेष-१९९६  -राजा पुनियानी                      [एक] भन्छ- घाइते दुश्मन आगोभन्दा खतरनाक हुन्छ ! भोटाङलाई पनि घाइते छाड़िएको छ- हुन्छै-हुन्छ भोटाङ खतरनाक […]

  • गजल

    हरि पराजुली झापा, नेपाल शहर भित्र खोजी हेर्छौ के छ र शहरमा तुवाँलोले छेक्छ सधैं सानो तिम्रो रहरमा। जाली हुन्छन् मान्छेहरु आफन्तकै बंशभित्र चमत्कारी खेल खेल्छन् मात्तिएर जहरमा। पैसा-पैसा-पैसाभित्रै ताना तानको खेल खेल्दा रगत बग्न थाली सक्यो कुलो अनि नहरमा । कति देख्नु कति लेख्नु घिन लाग्दो नगर त्यो शहर भन्दा गाउँ नै राम्रो यो ‘हरि’ को ठहरमा ।।

  • गजल

    पदम आधिकारी ‘हिमशिखर’ बाल्टिमोर, अमेरिका आखिर न मुटु रेट्दा, न त छाती चिर्दा माया लायौ कुरेर तिमीलाई नै न त घर फिर्दा माया लायौ, बद्लियो समय बद्लियो मौसम बद्लियो सबै-सबै यात्रा […]

  • अनुभूतिका क्यानभासमा दार्जीलिङ भ्रमण

    शिवलाल दाहाल धेरै वर्षदेखिको एउटा सपना थियो दार्जेलिङ् घुम्ने यसपालि पूरा भयो । रहर गरेर मात्र कहाँ हुँदोरहेछ र  मनभित्रको धोको पुर्‍याउन समयनै आउनु पर्दोरहेछ  । हुन त एक हुल […]

  • धनेहरु, निरन्तर हिँडिरहे ! कविता सङ्ग्रहः एक विम्बपरक विश्लेषण

    शिवलाल दाहाल विम्ब भनेको शाव्दिक रुपमा छाया, दर्पण वा प्रतिच्छवि भए पनि साहित्यमा प्रयुक्त विम्ब शब्दले काव्यबिम्बलाई जनाउँछ । यो एक किसिमको कल्पनागत वा मानसचित्र हो जसले कुनै न कुनै […]

  • म गलत भएँ रे !

    हरि पराजुली, झापा-नेपाल  म मौनतामा रमेको बेला शान्ति र सत्चिदानन्दमा चढेको बेला बुद्धत्वको खोजीमा निस्किएको बेला गान्धी र आइन्सटाइन उत्प्रेरित भै जब म स्वस्थ विचार लिएर उभिन्छु सगरमाथा, शान्ति बनेर बग्छु समुन्द्र, तटस्थ विचारहरुमा अडिग लक्षहरुमा, तब आक्रोशमा उफ्रनछन् मेरा सज्जन मित्रहरु ! साथी, म एक्लो भएँ रे, म बेमेल भएँ रे, मैले सँगै बसेर ताश उठाइनँ रे, होश गुमाएर गाँजा उडाइनँ रे, भट्टी आतंक मच्चाइनँ रे, सूरा-सुन्दरीसँग कम्मर मर्काइनँ रे, त्यसैले प्रिय मित्र, म गलत भएँ रे ! खै ! के लेखौं र मेरा चमत्कारी नौला खबरहरु , भुइँचालोले भात्किएको घर झैं एक्सिडेन्टमा परेको गाडीको सिसाझैं […]

  • म हराएको त्यो रात

    जेएन दाहाल-मेसाच्युसेट्स-अमेरिका  अब  तन शुद्ध  रहेन मन पनि वशमा भएन निस्किएर फुत्त कतै .. जाउँ कहाँ..? भन्ने प्रश्न बहेन, निसंकोच दोबाटोमा भयो बास मलाई अझै  पनि सम्झना छ म हराएको त्यो रात ! नसुने चिल्ला कुरा नपाए तागत अनि बल कुची फालेर चित्र  छाडी हिँडेको  यही त हो त्यो पल, साँचै साथी  त्यस्तै हुँदो रहेछ प्रवास- मलाई अझै  पनि सम्झना छ म हराएको त्यो रात !

  • सामिप्यता र बिछोड

    जगेन गौतम पेन स्टेट, अमेरिका मनभित्रको चोटलाई सुम्सुम्याउँदै हर क्षण रहरहरुलाई आत्मियतामा बदलेर केवल रहरमा नै उभ्याएको छु । रहरमा नै उभिएका रहरहरुले कहिले काहीं चोट बनेर सताउने गर्छन्, म […]

  • भूटानमा नेपाली साहित्यको विगत र वर्तमान स्थिति

    (भूटान साहित्य परिषदद्वारा आयोजित समकालीन नेपाली साहित्यमा भूटानको उपस्थिति र बदलिँदो सन्दर्भ विषयक बिचार गोष्ठीमा प्रस्तुत कार्यपत्र) शिवलाल दाहाल पृष्ठभूमिः चीन र भारत जस्ता दुई शक्तिशाली राष्ट्रहरुका बीचमा रहेको भूटान जनसंख्याको अनुपातमा […]

  • बिहान आयो आज

    देउकी ढकाल, अम्सटरडाम बिहान आयो आज तिर्मिरे उज्यालो छर्दै खुल्ला अकाश माझ सेतो बादल भर्दै नयाँ सन्देश बोकी भन्छ बिहान मलाई घुम्न जनु पर्छ छिट्टो अनि टाढा बाटो देखाउँदै बोलाउँछ बिहान फेरी हतार […]

  • गजल-२४६

    आरके थापा दोलखा, नेपाल लक्ष्य अनि भविष्य त्यो तुनेर जाऊ है । । भत्केको यो मनको कथा सुनेर जाऊ है । । बिग्रँदैछ वर्तमान सँगै भविष्य त्यो, विश्वास गर्ने मनलाई […]

  • जन्मभूमिलाई

    देवी कार्की मिनीसोटा, अमेरिका छोरो बनी सेवा गरेँ छुरा जस्तो धार बन्यौ माया गरी नजिक भएँ भेडो जस्तो मुर्खा बन्यौ गुराँस झैँ फुलाउन खोजेँ मृत्यु झैँ निश्चित बन्यौ सँगै बसी […]

  • गजल-२४५

    खनाल अविरल (डुके) हिजो, आज र अस्ति आएँ, धायो नभन हिडेँ, बोलेँ र रमाएँ, यसले चा’यो नभन उत्साह, माया र प्रेमको जलनमा पनि जलाएर प्रेममा मेरो गीत, गायो नभन एक्लै […]

  • गीत

    झगेन धिमाल मेलबोर्न, अष्ट्रेलिया घायल बनाइदियौ जीवन सिसा झैँ तुक्राइदियौ मुटु। हासौं कसरी आँसु बोकी आँखामा बाँचु कसरी पीडा बोकी मनमा। राखेथें तिमीलाई यो मेरो मुटुमा सधैँ सधैँ माया पाउँछु […]

  • गजल-२४४

    रामकृष्ण पौडेल “अनयास” अन्तिम प्राण सम्म बस्दा आज आखिर हरायौ प्रिय मलाई ल्याको प्रेम पुष्प मेरै लाशमा चढायौ प्रिय । ढिलै भएपनि हातमा,गुलाफ बोकी आउदा तिमी सेतो बस्त्र ढाँकी मोठमा,मलाई […]

  • अधुरो प्रेम

    अर्जुन प्रधान मिनिसोटा, अमेरिका  कुटिल मुस्कानमा केही मिठो भुल भयो फूलबारीमा जत्ता तत्तै सुन्दर फूल भयो दुई प्रेमेवरबिच मायाका कुरा साटासाट गर्ने दिन रहेछ आज । आजको दिनलाई विशेष बनाउनका […]

  • यसरी पो बाँच्ता रहेछन् !

    मिश्र वैजयन्ती, मोरंग/नेपाल हिँड्न सिकेपछि हिँड्नुपर्छ कहिले कसैले कता जाऔँ भन्छ कहिले फेरि अर्कोले कतै जाऔँ भन्छ आफ्नै बाटोमा मात्र हिँडिरहँदा पनि गोरेंटो एक्लो एक्लो हुन्छ । पर देखिन्छ अर्को […]

  • गजल-२४३

    हरि पराजुली, झापा, नेपाल केही जीतका कुरा गरौं, केही हारका कुरा गरौं अत्याचार र भ्रष्टाचारका खबरदारका कुरा गरौं, विश्वास घातका कुराहरु जताततै चल्या वेला प्रतिकारका कुरा छोडी सत्विचारका कुरा गरौं, […]

  • गजल-२४२

     खनाल अविरल हिजो, आज र अस्ति आएँ, धायो नभन हिडेँ, बोलेँ र रमाएँ, यसले चायो नभन उत्साह, माया र प्रेमको जलनमा पनि जलाएर प्रेममा मेरो गीत, गायो नभन एक्लै जलेर […]

  • गीत

    अर्जुन प्रधान मिनिसोटा, अमेरिका  केटाः बाँच खुसी, सधैँ मायामा यदि कसैको, घृणा मिल्छ भने बाँच सुसी, सधैँ स्वस्थ्यमा यदि कसैले, शुभ-स्वगत दिन्छ भने केटीः बाँच खुसी, सधैँ शान्तिमा यदि कसैको क्रान्ति […]

  • नेपाली नागरिकता भएका एक ‘भूटानी शरणार्थी’

    विद्यापति मिश्र आजभन्दा ठिक छ वर्ष अघिको कुरा हो । नजिकैको रेडियो सेटमा सुमधूर सङ्गीत ‘फुलको थुङ्गा बगेर गयो गङ्गाको पानीमा…’ घन्किरहेको थियो । म भने विछ्याउनामा पल्टेको थिएँ । […]

  • नारायणी जीवनको गतिमा बग्छ

    रमेश सायन नारायणी आसपासमा छु । साँझको एउटा रातो घाम धनीराम थारुको माछा मार्ने  जालको अगाडिपछाडि पौडिरहेको छ । लाग्छ, यो साँझे घाम धनीराम थारुसँग बिदा माग्न उसको निधार भएर […]

  • म ‘स्काफोल्डर’

    हरि पराजुली झापा-नेपाल थोरै आशा धेरै भरोसा धेरै मेहनत थोरै प्राप्ति एउटा शून्य बस्तीबाट एउटा भीड सल्बलाउँछ त्यही भीडमा म हराउँछु कहिले यता, कहिले उता असफल घेराहरु तोडेर लम्कन्छु लमतन्न ….. […]

  • शब्दहरुको पछिल्तिर

    मिश्र वैजयन्ती-मोरंग/नेपाल पर्खाल बनेर उभिएका छन् शब्दहरु यतिखेर । सबै बुझ्छन् मलाई तर कसैले बुझ्दैन । शब्दहरु अर्थको लेप लाएर सबैमा व्याप्त छन् जति छन् सबै शब्दमा बुझ्छन् अर्थहरुको लिस्नो […]

  • जीवन र भोगाइ

    जगेन गौतम पेन्सिल्भानिया, अमेरिका आफू अलि पर उभिएर आफैंलाई हेरें, भोगाइ र संघर्षको आँधीले जीवन नै थकित भाइसकेछ तै पनि अझै अपुरो नै छु दुई पाइला हिंड्नु धेरै संघर्ष होइन […]