Category: Fiction

  • दाइ! तिमी अब प्रेत होइनौ पितृ हौ

    इन्द्र पि. ढुङ्गेल काेलम्बस, अमेरिका सायद मलाई अलि- अलि मात्र थाहा छ त्यो मेरो स्वर्ग जस्तो घर।त्यो पारी  डांड़ाको टुप्पाबाट जूल्केका घामको पहिलो किरण घरको सिकुवामा खसेको तिरिमिरीले,अगाडिको रमणीय वागमा […]

  • अपराधी दागो

    सि एम निरौला  पेन्सिल्भेनीय, अमेरिका मेरो नाम कुलबहादुर हो । कामको चाप त छँदैछ, आजकल टिकटक र ट्विटरमा पनि त्यति नै रमाउन थालेको छु । ट्विटरका भित्तामा नो अवार्ड टु दागो छिरिङ- […]

  • सौदा सम्बन्ध

    बुद्धमणि ढकाल केन्टकी, अमेरिका ज्ञानु बजार गएको दिन अबेरसम्म आलेटाले गरेर बिताउथी। घरको सौदा भर्न आमा वा भाउजुसँग बजार गएको दिन पनि ऊ बेलामा घर फर्किन्नथी। “आज प्रह्लादले फोन गर्छु […]

  • बेताल कथा

    भक्त घिमिरे-   “उहिले नै एउटा गुरुकुलमा तीनजना विद्यार्थी पढ्न आएका थिए । गुरुकी एक सुन्दरी पुत्री थिइन् । हिस्सि परेका, सुन्दर, सुकोमल युवकहरु देखेर तिनीहरुसित उनको हिम्चिम बढ्यो । […]

  • उज्यालो हेरेको अपराधमा मृत्युदण्ड

    (यूनानी कथा) भक्त घिमिरे-   पर्खाललाई संसारको अन्तिम भाग बुझ्ने उनीहरु आफूले भिरेका जञ्जीरलाई गहना सम्झिन्थे ! आफ्नो जञ्जीरलाई अरुको भन्दा राम्रो देखाउन उनीहरु चिसा भित्ताहरुमा घोटी-घोटी चम्काइरहन्थे । आफूलाई […]

  • विकाश हो कि अविकाश हो…..( एकांकी )

    नैनसिंग मगर रोचेष्टर,अमेरीका ठाउॅ :– रोचेष्टर शहरको प्रमुख जजमान गर्जमानको घर समय :– बिहान दस बजे, दशैंको टिकाको दिन । (गर्जमान बिहानै स्नान गरेर नयॅा लुगा लगाएर मन खुसी पार्दै, […]

  • बिरामी छोरो र गिरफ्तारी

    प्रकाश धमला  अस्ट्रेलीया  “आमा यो मध्य दिउँसो पनि किन बाजी- बाजी गर्नु भएको?” म पूजा गर्ने बेला आमा बाबालाई “बाजी-बाजी” गर्नु भएको हो?” भनेर सोध्थेँ। मावली हजुरबुबा-हजुरआमाले मलाई मावल जाँदा […]

  • साहित्य परिषद् भूटानका अध्यक्षकाे दशैँ शुभकामना सन्देश

    आदरणीय महानुभावहरू, ढिलो छिटो नेपालीहरूको महान् चाड दसैँ हाम्रा घर आँगनमा आइपुगेको छ र हामी पनि दशैका नजिक पुगेका छौँ ! २०२०को प्रारम्भसँगै वैश्विक महामारीकारूपमा फैलिएको कोविड १९ले विश्वमा १० […]

  • सत्संगको फल

    डा.लक्ष्मीनारायण ढकाल-केन्टकी/अमेरिका सिद्धार्थ गौतमले कठोर तपस्या पछि आत्मज्ञान प्राप्त गरे । त्यसपछि सिद्धार्थ बुद्ध भए । उनी गाउँ गाउँ घुमेर ज्ञान बाँट्न थाले । केही मूर्खहरू उनको खुब विरोध गर्दथे । एकदिन एउटा अंगुलीमाल नाम गरेको डाकु बुद्धका […]

  • यस्तो नगरोस

    एकांकी नैनसिंह सारूमगर रोचेष्टर/ न्यूयोर्क, अमेरिका स्थान :- एउटा अस्पतालभित्र । समय :- बिहानको दस बजेको छ । (एकजना महिलालाई बोकेर बलेको प्रवेश) बले : (काउनटरको झ्याल अगाडि पैसा गन्दै) […]

  • धर्तीको परिक्रमा

    डा. लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका  एकबार कैलाशमा शिवपार्वती आफ्ना दुई छोराहरू कार्तिकेय र गणेशका बालक्रीडाको आनन्द लिइरहेका थिए । बालक कार्तिकेय जेठाे र गणेश कान्छो सन्तान थिए शिव पार्वतीका । […]

  • डाढे मुसो र हात्ती

    केशव काफ्ले एक समयको कुरा हो हात्ती र डाढे मुसो घनिष्ठ मित्र थिए । मुसोलाई गाह्रो पर्दा हात्तीले सहयोग गर्थ्यो र हात्तीलाई सारो पर्दा मुसाले सहयोग गर्ने गर्थ्यो । समय […]

  • पूजादी

    सुशील कुमार पोख्रेल, सिब्सू [यो कथा ड्रुक लोसेलको फरवारी-मई वर्ष ४-अङ्क ४, वर्ष ५-अङ्क १, सन् १९८३ मा प्रकाशित कथा हो । अर्थात् लेखकज्यूको अनुमतिले यो कथा ३७ वर्षपछि पुनः […]

  • जीवन सोचेभन्दा फरक हुन्छ

    नैनसिंह सारुमगर रोचेष्टर न्यूयोर्क, अमेरिका मैले जानेको शिबिरमा त नाम अर्कै थियो, अमेरिका आएपछि नाम फेरिएको हो ‘माइकल’ । दुईजना नानीहरू भएपछि दम्पती छुट्टिए आ-आफ्नै दोषारोपणका कारणले । छुटिएका केही […]

  • कोरनाले जन्माएको प्रेम

    बैरागी माइलो हेरिश्वर्ग, अमेरिका सिमसिम पानी परिरहेको थियो I झ्याल आधा खुलेको थियो ..मन्दमन्द पवनले मेरो शरीरमा स्पर्श गरिरहेको थियो । कोरना भाइरसको महामारीले कतै लकडाउन त कतै घरमै बस्ने […]

  • ध्रुवतारा (बाल कथा)

    डा. लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका  हामी अँधेरी रातमा खुल्ला आकाशमा लाखौँ ताराहरू देख्ने गर्छौँ । भनिन्छ आकाशमा नौ लाख ताराहरू हुन्छन् । ती ताराहरूमा उत्तर दिशामा देखिने एउटा तारो धेरै […]

  • नदि फेरि सुसाउँछ

    शुकदेव अधिकारी ओहायो, अमेरिका धुलो, धुवाँ र कोलाहलमा हराएको सहर । मानिसहरूको भीड । हरेक अनुहार पराई । त्यो बिरानो ठाउँमा नयाँ जिन्दगी खोज्न ओर्लिएँ म मोटरबाट । नयाँ सपनाको […]

  • वेदनाका कथा

    बैरागी माइलो पेन्सिल्भिनिया, अमेरिका बाक्लो बस्ती; एउटै पानी धारो अनि स्कुल पनि एउटै थियो हाम्रो । स्कुले जीवन मै हामी बिचमा आँखा जुध्न थालेको थियो । बिस्तारै मन पनि एउटै […]

  • कतितिरको डर लिनुपरेको……..?

    नैनसिंह सारू मगर न्यू योर्क, अमेरिका साथीकी आमा सात दिनदेखि मर्सी अस्पतालको ICU मा राखेको खबर फोन मार्फत सूचना प्राप्त भयो र त्यहाँ पुग्नुपर्ने थियो त्यसैले ह्यारिस्वार्क पेन्सिलभेनिया जाने चाँजो […]

  • ईटालीमा हनिमून

    रमेश दियाली ओहायो, अमेरिका त्यो दिन…..!! बोली सुन्न बित्तिकै मेरो आँखा रसायो। उनी कामी रहेकी थिइन। डरले ओठ थर्रथयाईरको थियो। केही भन्न खोजे झैँ। मेरो निन्द्रा छुट्यो। अहँ! म पटक्कै […]

  • एक जँड्याहाको कथा

    तुम्बेहाङ लिम्बू त्यो मान्छे मातेको छ। छिमेकीहरू भन्छन्– ऊ सधैँ मातिरहन्छ। साथी-सङ्गी भन्छन्– ऊ मातेकै हुन्छ । इष्ट-मित्र भन्छन्– मात्नु उसको नित्यकर्म भइसक्यो । थिम्फूको चिसो ठिहीमा ट्याक्सी चलाउँथ्यो त्यो, […]

  • बुढी आमा

    बैरागी माइलो पेन्सिल्भिनिया, अमेरिका हाम्रो भेट नभएको पनि दुई दशक भएको रहेछ, भेट हुनसाथ पुरानै शैलीमा गफिन थाल्यौँ । कुन सालको हौ बाबु भनेर कसैले सोध्यो भने कोरोनाले संसार भर […]

  • गरिबी र कोरोना भाइरस

    धर्मेन्द्र तिम्सिना “क्षितिज” ओहायो, अमेरिका घोटिँदा घोटिँदा पातलिएका पाङ्ग्राहरू, फाट्न लागेको बस्ने सिट, पुरानो भएर खिया लागेको रिङ, बिस्तारै हाँक्न मिल्ने रिक्सा लिएर हिँड्यो आज पनि दिनचर्याको लागि । कालो […]

  • टोपीको कुरै नगर न

    इन्द्र प्रकाश खवास नर्थ क्यारोलाईना, अमेरिका धेरै वर्ष अघिको कुरा हो । असाध्यै मिल्ने साथी कर्णे र धने एउटै गाउँमा बसोबास गर्दथे । त्यतीमात्र कहाँ हो र, दैनिक जीवनका उपभोग्य […]

  • शीर्षकविनाको कथा

    नैनसिङ मगर न्यूयोर्क, अमेरिका ज्यामिरे गाउँमा फुपू साह्रै बिरामी थिइन् । बेलुका चिन्ता राख्ने कुरो सुनेपछि घरको काम सकेर म फुपूको घरमा पुगेँ । फुपाले बाहिर सिकुवामा थान बनाउँदै थिए […]

  • तमोमय

    नैन सिङ मगर/ न्यू योर्क, अमेरिका   दृश्य एक :पविमायाको घर (समय बिहानको सात बजे चार जना नानीहरू स्कुल जान तरखर हुँदैछन्, चिया नास्ता खादै, कपडाहरू लगाउँदै । प्रत्येकका फोनमा […]

  • माया यस्तो हुनुपर्छ

    नैनसिङ मगर् न्यू योर्क, अमेरिका गोरे र गोरीका जीवनचक्र जेनेतेने चल्दै थिए । केही कालपछि न्यूयोर्कमा आइपुगे । एक वर्षपछि ग्रीनकार्डको लागि दुवैजना बफेलो ईमिग्रेशन कार्यलयमा पुगे । त्यहाँ केही […]

  • स्मृतिका पानाबाट..

    –ईश्वर प्रवासी/ युटा, अमेरिका धेरै पछि मेसेन्जरमा उसले ‘हाई’ लेखेर पठाई । मलाई ताज्जुब लाग्यो । यतिका वर्षसम्म गुमनाम ऊ आज अकस्मात कसरी सलबलाई…? यो प्रश्न मेरो मगजमा अनुत्तरित बन्यो । […]

  • ट्रेकिङमा यसपालि

    शुकदेव अधिकारी ओहायो, अमेरिका खुल्ला राजमार्गजस्तो पर्दा विहीन मेरा आँखामा छिरेको त्यो दृश्य आँखाबाट निस्कन पटक्कै मानिरहेको छैन । कानमा छिरेको त्यो वेदनाको आवाज फर्केर बाहिर आउनै सक्तैन । मुटुमा […]

  • जेशनको विश्वशान्ति अभियान

    गङ्गा लामिटारे ओहायो, अमेरिका भनिन्छ, स्वर्ग यही धर्तीमा छ र देवता पनि । धर्तिपुत्र मानव नै देवता हो र धर्ती नै वास्तविक स्वर्ग । स्वर्ग र नरक छ छैन, त्यो […]