Year 11 – Issue 10

  • डा. ढकालको संस्मरणात्मक कृति “वासदेखि पुनर्वाससम्म” लोकार्पण हुँदै

    भूटानको संक्षिप्त इतिहास,शरणार्थी जीवन र पुनर्वासको कथालाई समेटेर साहित्य परिषद्,भूटानले भर्खरै प्रकाशन गरेको संस्मरणात्मक कृति “वास देखि पुनर्वाससम्म” अमेरिकाको कोलम्बसमा विमोचित हुँदै छ I कृतिका लेखक अमेरिकामा पुनर्वास भएका भूटानी […]

  • तिमी “देश” भन्छौ भने ……

    वसन्त तिम्रा र मेरा निम्ति कहिल्यै कोइली जन्माउँदैन यो तिमीलाई पनि थाहा भएको होला ! हरपल हामी न्याउल रोएको आवाज सुन्छौँ जाबीका चराहरूको दर्द सुन्छौँ टुहुरा-बेवारिस रोदन-क्रन्दन सुन्छौँ। आऊ तिमी […]

  • कृति परिचय १२: यादले (गजल सङ्ग्रह)

    कृति: यादले विधा: गजल गजलकार: सौरभ तिम्सिना प्रकाशक: द रिफ्युजी हिराल्ड प्रकाशन मिति: बि०स० २०६८ (सन् २०१२) भूटानी नेपाली साहित्य जगतमा गजल एउटा स्थापित विधाको रूपमा विकसित हुँदै गर्दा गजलकार […]

  • एक अँगालो लालुपाते फूल

    शिवलाल दाहाल केन्टकी, अमेरिका आकाशले अनुहार धोएको छ आज सुन्छु एका बिहानै चराहरू गन्गनाएको सायद आजको चिसोले खुब ठुँगेको छ उनीहरूलाई बाटाका किनारहरूमा कताकता ………… पानी छ पक्षघातले थलिएर बसेको […]

  • कथाभित्रको कथा- एक चर्चा

    जे एन दाहाल पेन्सिल्भिन्या, अमेरिका “एउटा मान्छे बेलडाँगी झापाबाट आकाशको यात्रा गर्दै न्यूजिल्याण्डसम्म पुग्छ । उसलाई जहाजको झ्यालबाट बाहिर हेरी अनजान ठाउँकाबारे जान्ने प्रबल उत्सुकता हुन्छ। उज्यालो धर्ती, सडकमा दौडी […]

  • एक च्वाँक चुम्बन र एकथुँगो गुलाफ !

    भ्यालेन्टाइन् डे भनेको एक च्वाक चुम्बन र एकथुँगो गुलाफको परिभाषामा बुझ्नेहरुको संख्या दिनदिनै बढिरहेको छ । यो बुझाइमा न कुनै जीवनदर्शन छ न त कुनै समाजको संस्कृति ! यो त […]

  • पैसा, बैँस र भूगोलसँग माया लगाएपछि

    प्रिये! तिमी साँच्चै माया गर्छौ भने केवल मान्छेसँग माया लगाऊ ! धनसँग लगाएको माया धन सकिँदा धनसँगै सकिन्छ ! अनुहारसँग लगाएको माया रूप झर्दा-झर्दै सकिन्छ विदेशसँग लगाएको माया विदेश पुगे […]

  • टोपीको कुरै नगर न

    धेरै वर्ष अघिको कुरा हो । असाध्यै मिल्ने साथी कर्णे र धने एउटै गाउँमा बसोबास गर्दथे । त्यतीमात्र कहाँ हो र, दैनिक जीवनका उपभोग्य कर्म, मेलापात, घाँस-दाउरा, गाई-बाख्रा चराउने र […]

  • मेरो देश

    मेरो देश, मेरो भाषा र मेरो जन्मभूमि। त्यो देश, जहाँ मेरो कला र संस्कृति जन्म्यो, मेरो देश, जहाँ हरियाली नै हरियाली छ, त्यो देश, जहाँ हामी नेपालीको, रगत र पसिना […]

  • यस्तो लाग्छ

    १) धेरै  कुरा  देखे  पनि, थोरै  कुरा  याद  आउँछ ! किन किन, त्यै मोरीको अहिलेसम्म याद आउँछ। समय त लामो भयो उनीसँग छुटिएको, तर पनि किन अझै उनकै फेरि याद […]

  • पुत्लिभिर र मेरा बाबा

    एउटा देश भित्र मेरा जवान हजुर बालाई दास बनाउन लगिएको देश जहाँ घोरेटो र गोरेटो सम्भवतः कतै-कतै भएको गाडी गुड्ने त कुरै थिएन राजधानी थिम्पु जाने बाटो पुत्लिभिर जुन भिर […]

  • बली चढेको एउटा अबोध गुलाफ

    सुवासको मग्मगाहटमा रक्तिम आभा फैलाएर निर्धक्क मुस्कुराइरहेको त्यो अबोधलाई झिनो शङ्कासम्म छैन आजको यो सुनौलो बिहानी कसैको प्रेम इजहार गर्न आफू चटक्कै चुँडिएर उसको हृदयमा थुनिएको प्रेम? को कोसेली बनेर […]

  • शीर्षकविनाको कथा

    नैनसिङ मगर न्यूयोर्क, अमेरिका ज्यामिरे गाउँमा फुपू साह्रै बिरामी थिइन् । बेलुका चिन्ता राख्ने कुरो सुनेपछि घरको काम सकेर म फुपूको घरमा पुगेँ । फुपाले बाहिर सिकुवामा थान बनाउँदै थिए […]

  • गजल – ४७४

    दुखेको छ मलाई कहाँ भन्नै सकिनँ । बिजेकोछ बेसरी जहाँ भन्नै सकिनँ ॥ मलाई  खोइ  के  भयो खोज्नै सकिनँ । कहाँ पोल्छ दुख्छ त्यहाँ भन्नै सकिनँ ॥ जलिदिन्छ भित्र  नै […]

  • तिम्रो संसार खोइ जयमाया ?

    जयमाया ! तिमी पीडाकी समुद्र हौ अनिश्चितताको गह्रौँ भारी बोकेर तिमी अस्तित्वको खोजीमा यत्रतत्र भौँतारिएकी छ्यौ तर फेरि शून्य संसारको गहनताले एक्लो परिवेशको स्तब्धताले तिमी लुटिएकी छ्यौ तिमी ठगिएकी छ्यौ […]

  • ओथारो बसेको शब्द

    एक बथान अक्षरहरू भावको खोजीमा पलायन भएका फर्केर अझै आएका छैनन् ओथारो बसेको मेरो शब्द भावको पर्खाइमा छ ता कि काव्यात्मक गुण जन्माउने आशमा । त्यसै होला अचेल, झर्को मान्छ […]

  • गजल – ४७३

    हो अचानक उसलाई परिवर्तन एउटै रातले बनायो मित्र घटायो शत्रु बढायो आफ्नै औकातले बनायो । सपना बासी भएर पनि निराश हुँदिन बचपन सोचेर मलाई त्यो बच्चा बाट यतिको बासी भातले […]

  • गजल – ४७२

    गोविन्द लुइँटेल ओहायो, अमेरिका ठुलो शब्द राख्दैमा साहित्य बन्दैन ठुलो स्वर गर्दैमा कसैले गन्दैन बाँचुन्जेल हाँस्-खेल गर्नु पर्छ सबैले नै तर सीमा नाघ्नुलाई रमाइलो भन्दैन कुरा काट्ने बानीलाई आजै त्याग्नु […]

  • सन्तुष्टि गुमाएको मान्छे

    म देश अनि भेष हराएको मान्छे अधिकार प्राप्तिका लागि तनावै तनावमा बाँच्दा टाउकाभरिको केश हराएको मान्छे! म कहिलेकाहीँ हिँड्दाहिँड्दै अल्मलिएर, थकित भएर, जानेर, अनि अन्जानमा गन्तव्य हराएको मान्छे! म पढ्दा-पढ्दै किताबका […]

  • कलम

    जय हुँमागाई क्यानाडा  हेर्दामा राम्रो कलम मेरो, प्यारो छ मलाई। लर्तरो छैन यो होचो होइन, घुमाउँछ मलाई।। छातीमा बस्छ सटको टाँक मास्तिर सजाउँछु। गोजीमा बोकी छातीमा टाँसेँ उत्तिकै रमाउँछु।। सानु […]

  • सरस्वती वन्दना

    कमल फूलका चित्रमा बसेकी जन जनमा सरस्वती पसेकी। श्रद्धा छ पूजा त वसन्तकी पर्व वसन्त पञ्चमी विशेष सर्वै सर्व। तन मन राखेर वन्दना गर्छौँ, सरस्वती माता ! शरणमा पर्छौँ। आज […]

  • गीत

    यज्ञ काश्यप नर्थ डाकोटा, अमेरिका दुई मुटु एक हुने कहानी बेकार भो जतन गरी राख्या जवानी यो बेकार भो। प्यासी तनमा सितका लव तिर्खा हेर उस्तै मायाको त्यो जाल मेरो […]