Category: Writers

  • ऐनामा प्रतिबिम्बित देश

    जे एन दाहाल पेन्सिल्भेनीया, अमेरिका ‘ऐनामा देश’ सि एम निरौलाद्वारा लिखित कथा सङ्ग्रह हो ।  सन् २०२१ मा बजारमा आएको यस पुस्तकमा २४ वटा कथा छन् जस मध्ये शीर्षक कथा […]

  • तिज, लैङ्गिक (अ)समानता र पुरुष पहिचान

    रमेश गौतम नर्वे  कोरोनाको कहरबीच चाड-पर्वहरू सुरु भएका छन् । तिजको रौनक सुरु भएको छ । संसारभर लाखौँको ज्यान लिएको कोरोना महामारीले पोहोर जस्तै यो साल पनि पर्वका उत्सवबाट रङ्गहरू […]

  • तीज

    कुमारी पोखरेल अमेरिका  वर्ष दिनको अन्तरालपछि तिज आयो बरिलै! नारीहरूको मुहारमा हाँसो खुसी छायो बरिलैI हाँसौँ नाचौँ बनौँ सुखी बरिलैI नबनौँ है कोही दुःखी बरिलैI दिदीबहिनी भेला भई नाचौँ गाउँ […]

  • जुत्ता

    शिवलाल दाहाल केन्टकी, अमेरिका केही दिन अघि मैले काम गर्ने कम्पनीको ११४ वर्ष गाँठ मनाउनेक्रममा वन भोजका लागि बलाइयो । सुपरभाइजरले कपडा गर्मीमा सजिलो हुने खालका लगाउनु होला किन भने […]

  • बा किन ओझेलमा?

    अन्जान मुना न्यूजीलैण्ड आज कुशे औँसी; बाबाको मुख हेर्ने दिन । उहाँलाई यस विशेष अवसरमा सु-स्वास्थ्य एवम् दीर्घायुको अनुपम शुभकामना । बाबा हुनु भनेको घर बलियो हुनु हो, सन्तानका मुहारमा […]

  • साबुन

    अजित रुपाबुङ कोल्चेष्टर/भर्मण्ट म पसलतिर निस्किनै लाग्दा स्वास्नीले मेरो कमिजमा हेरेर भनिन्, “के बिघ्न मैलो पार्नु भएको ? हिजो सफा गरेको कमिज आज यस्तो अँध्यारो मुहारको ।”  मैले प्रष्ट महसुस […]

  • भाषिक अस्तित्वबोध र सत्ता-राजनीति

    भक्त घिमिरेः पेन्सिलभेनिया/अमेरिका ‘भाषा हो सभ्यता हाम्रो सारा उदय, उन्नति जीत, वैभव भाषामै बाँच्तछन् पछिसम्म यी’-   आफ्नै परिवारका राणाहरुको सर्वसत्तालाई त्यागेर लोकतन्त्रको पैरवी गर्न तम्सिएका लेखक बालकृष्ण शमको यो […]

  • खोजी

    रमेश गौतम  नर्वे  सडक छेउ ट्राफिक बत्तीहरू “रातो” बल्दै थिए। बाटो सफा थियो कहिल्यै मान्छे नहिँडे जस्तो सूचना पाटीमा पनि “बाटो बन्द छ” लेखिएको थियो; साँच्चै तार घेरा थियो गेटमा […]

  • दाइ! तिमी अब प्रेत होइनौ पितृ हौ

    इन्द्र पि. ढुङ्गेल काेलम्बस, अमेरिका सायद मलाई अलि- अलि मात्र थाहा छ त्यो मेरो स्वर्ग जस्तो घर।त्यो पारी  डांड़ाको टुप्पाबाट जूल्केका घामको पहिलो किरण घरको सिकुवामा खसेको तिरिमिरीले,अगाडिको रमणीय वागमा […]

  • कार्गो

    यतिराज अजनवी अष्ट्रेलिया एक बेला यो कार्गो पनि कुनै देशको नागरिक थियो बनाइयो त्यसलाई शरणार्थी र ट्रकमा कोचेर ल्याइयो अर्कै देश कुनै समय यो कार्गो शरणार्थी भए पनि मान्छे थियो […]

  • गलत – सही

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका जो गलत पनि होइन र सही पनि होइन यदि सही होइन भने किन होइन? र गलत हो भने सही जस्तो किन लाग्छ? कसले ठम्याउँछ के गलत, […]

  • माङ्मा लुङ रिसाउँछ

    तिलक राई झापा, नेपाल उकालो चढ्दा पसिनाले जीउ लुथ्रुक्कै भएको बेला थकाइको सुस्केरा सुटुक्क खुईया मुखबाट निस्कियो भने फलाँटको रूखहरूले कानमा कानेखुसी गर्छन् ए …! मनुवा हो यसरी आवाज ननिकाल […]

  • खै ! कहाँ छ देशको अस्तित्व

    इन्द्रप्रकाश खवास अमेरिका नाङ्गै भएछन् लुगा फेर्न भनी कमाउन जानेहरू, देशको अस्तित्व भुले पछि । भरी सकेछन् गाउँ सहर विदेशहरूले, देशीहरू बिदेसी भए पछि । दङ्ग परेका छन् मपाईँ म […]

  • मनको पीडा

    इन्द्र पि. ढुङ्गेल काेलम्बस, अमेरिका मनभित्र पीडाले छटपटाई रहेर यति धेरै पिरोल्न थालेपछि हिरा पनि तुच्छ हुन्छ यहाँ ढुङ्गा हो भनी फलेपछि हिमालको के महत्त्व छ यहाँ हिउँ पग्ली बग्न […]

  • सानो हाम्रो देशमा

    इन्द्र खवास अमेरिका सारङ्गीको धुनले हाम्रो मनै चुँडाउँछ अतीत हाम्रो गाथा सम्झी तनै गुडाउँछ । चन्द्रमा झुल्किए पनि देख्न गाह्रो भयो , कसो गरी बाँच्ने होला दिनै रात भयो । […]

  • याद आयो

    इन्द्र पि. ढुङ्गेल काेलम्बस, अमेरिका सिमाना सिमानामै रह्यो आशा सबै झिनो भयो अनि धेरै वर्षपछि फेरि पनि मातृभूमि भूटानको याद आयो सँगै धुलो र हिलोमा खेल्ने यी पाउमा आज फेरि […]

  • माङ्मा लुङ रिसाउँछ

    तिलक राई बेलडाँगी  उकालो चढ्दा पसिनाले जीउ लुत्रुक्कै भएको बेला थकाइको सुस्केरा सुटुक्क खुईया मुखबाट निस्कियो भने फलाँटको रूखहरूले कानमा कानेखुसी गर्छन् ए …! मनुवा हो यसरी आवाज ननिकाल यहाँ त अनिष्ठ हुन्छ र माङ्मा लुङ रिसाउँछ । डाँडा चढ्नेहरू खुसी भएर रमाउनु हुँदैन स्वतन्त्र भएर हिँड्नु हुँदैन प्रगतिको कुरा गर्नु हुँदैन हाँसी रहेको आकाश रिसाएर एक छिनमा कालो बादल भएर हुस्स कुहिरोले छोप्ने छ सबैको उत्साहमाथि अङ्कुश लगाउँदै डर पैदा गरेर माङ्मा लुङ रिसाउँछ । माङ किन रिसाउँछ ती किबुहरूलाई थाहा छैन तर बिलाउनेहरू तिनै पोथ्राहरूमाथि आरोप लगाई रहेका छन् […]

  • रुखो सत्य

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका एउटा कुरा भन्छु, पत्याउनु हुन्छ? साँच्चै! मैले ढाँटेकै हैन, म डाँट्दिनन् म निन्द्रैमा थिएँ अनि मलाई खुबै सजाइएको थियो म देखिरहेको थिएँ कि मलाई नङ्ग्याई रहेको […]

  • धैर्यताको पहाड र पहिरो

    तुम्बेहाङ् लिम्बु झापा, नेपाल जब धैर्यताको पहाडमा पहिरो जान्छ सबथोक भत्किँदो रहेछ सबथोक बगेर जाँदोरहेछ जो धैर्यताको पहाडमा अटल रहन सक्छ उसैले मार्नेरहेछ बाजी उसैले गर्नेरहेछ नसोचेको चमत्कारिक कर्म धैर्यताको […]

  • देश अमर रहोस् सधैँ

    इन्द्र प्रकाश खवास अमेरिका  जाँदा–जाँदै बाटो बिर्सिएर बटुवा कता–कता पुग्छ, अमूल्य जीवन पाएर पनि नजाने जीवन कतै आँसुमा डुब्छ । आधा कल्चे अतीतको त्यो घाउ फुटेर जहीँ तही लथालिङ्गै हुन […]

  • समय रहेन अब

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका म जो थिएँ आज म त्यो रहिन म जे हुनेछु, म त्यो पनि थिइनँ…… सुन न , मलाई महसुस गर्न सक्छौ हैन! आऊ मेरो छेवैमा आएर […]

  • तिम्रो साथ 

    रमेश गौतम  नर्वे  कसैले देखेनन् आज तिमी र म सँगै बजार डुलेको सपिङ मल छिरेको अनि एउटा रेस्टुरेन्टको एकान्त क्याबिनमा बसेर क्यापेचिनोको चुस्कीसँगै  रोमाञ्चक गीत सुन्दै एक-आपसभित्र हराएको तिमीले पनि […]

  • अपराधी दागो

    सि एम निरौला  पेन्सिल्भेनीय, अमेरिका मेरो नाम कुलबहादुर हो । कामको चाप त छँदैछ, आजकल टिकटक र ट्विटरमा पनि त्यति नै रमाउन थालेको छु । ट्विटरका भित्तामा नो अवार्ड टु दागो छिरिङ- […]

  • मिस्टर दागो

    मोहन गौतम  एड्लेड, अस्ट्रेलिया   दागो, तिम्रो नाम नै काफी छ तिमी टाइगर थियौ तिमी ड्रयागन थियौ तिमी ‘द टाइगर नेस्ट’ भूमिमा निरङ्कुशताकाे एक चट्टान थियौ सुन्कोश, पारो छु, सामाका गर्जमान […]

  • भाग्य 

    रमेश गौतम  नर्वे  कस्तो भाग्य लिएर जन्मिएछ बिचरो ! आफूलाई बेहद माया गर्ने आफूले असीम श्रद्धा गर्ने आफ्नै छाया जस्ती आफ्नी प्रियतमाका लागि एउटा योग्य वर खोजिरहेछ !!