Author: Ramesh Gautam

Norway Founder and Managing Editor - Bhutaneseliterature.com Publication Director - Literature Council of Bhutan
  • आखिर जीत मेरै भयो

    कथा जीवन भोगाइबाट सुरु हुन्छ बाल चाहना र आकाङ्क्षाका हत्याहरू निर्जीव यथार्थताहरु काला सत्यताहरू सबै एक साथ सुरु हुन्छन् । एउटा जन्म ! अभिशाप जन्म ! वा आशाको केन्द्रबिन्दु र […]

  • तिमी, म र यो स्निग्ध गोधूलि

    म तिम्रा पाइला पछ्याइरहेछु स्फूर्त ! गोधूलीको स्निग्धताभित्र तिमी छ्यौ, म छु र एउटा नीरव परिवेश छ। फुसफुस झरिरहेछ सेतो हिउँ सुकोमल कपास जस्तै। नजिकैको पोखरी- जहाँ जहिल्यै रमाइरहेका हुन्थे […]

  • गजल-६२

    जता जान्छौ उतै पीडा त्यसै जीवन जिइँदैछ कुशुम जस्तै बिहानी त्यो लुगा जस्तै सिइँदैछ धुझिँदैछन् सबै आस्था निशा जस्तै विहानी छन् सुकोमल त्यो जवानी नै उदासीमा खिइँदैछ फुलेका छन् गला […]

  • साहित्यमा नवीनताको खोजी-२

    [दुई वर्ष अघि भूटानी कोपिला ( अङ्क: १०; वर्ष: २००८) मा प्रकाशित यो लेख केही संशोधनसहित यहाँ प्रकाशित गरिएको छ-  सं.] गताङ्कबाट क्रमश:………… सन्दर्भ : हाम्रोसाहित्य हाम्रो साहित्यलाई मूलत: नेपाली […]

  • साहित्यमा नवीनताको खोजी-१

    [दुई वर्ष अघि भूटानी कोपिला ( अङ्क: १०; वर्ष: २००८) मा प्रकाशित यो लेख केही संशोधनसहित यहाँ प्रकाशित गरिएको छ-  सं.] विषय प्रवेश साहित्यलाई सदियौँ अघिदेखि समाजको दर्पण भनिएको छ; […]

  • भानुभक्त, वर्तमान भूटानी समाज र साहित्य

    विषय प्रवेश आज हामी १९७ औँ भानुजयन्ती मनाउँदै छौँ। आजभन्दा लगभग पचास वर्ष आगाडी सिक्किमको गान्तोकबाट भानुजयन्ती मनाउने परम्पराको श्रीगणेश भएको थियो । त्यसअघि र त्यसपछि गरी भानुभक्तसम्बन्धी अनेकन् लेख, […]

  • धमिलो आकाश

    आकाश धमिलिँदै छ- आइसल्याण्डिक ज्वालामुखीको धुवाँले आकाश धमिलो भएको छ । पोलिस राष्ट्रपति र अरू धेरै मान्छेहरू एकै ठाउँमा बिलाएका छन् – एउटा वियोगान्त क्षण ! हाइटीमा भूकम्प गएको छ […]

  • तिमी र एक्लो म

    कुनै दिन निर्जन एउटा बस्तीमा तिमीलाई भेटेको थिएँ अपरिभाषित एउटा विशेष पल व्यंग्य हाँसिरह्यो म एक्लो थिएँ म रुग्ण थिएँ अझ म विवश थिएँ । तिम्रा आँखाहरुले धर्ती फाट्यो भन्थे […]

  • तिम्रो अनुपस्थिति

    तिम्रा ती मोहक नयनहरू जो मलाई कहिल्यै हेर्दैनन् उत्सुकतापूर्वक हामी सँगै छौँ सधैँ सधैँ…… कुनै समुद्री तटमा सँगै बसेर सूर्यको कोमल रश्मिसँगै हामी माछाहरूको क्रीडा हेर्दैनौँ वा पूर्णिमाको रातमा चन्द्रमाको […]

  • ऐनाभित्र म

    म धेरै दिन अघि एउटा ऐना चाहन्थेँ आफ्नै रुप हेर्न आफ्नै अनुहार हेर्न राम्ररी ! ऐना भेट्न समय लाग्यो भेटेर पनि आफ्नो अनुहार हेर्न आफ्नो रुप हेर्न समय लाग्यो अनि

  • लाखौँ सलामी दिएर वर्तमानलाई

    म समयलाई पलभर नियालेर आस्थाहरू उमार्दिन विश्वासका रेखा कोर्दिन अस्वीकरोक्तिको खहरे अनियन्त्रित बोकेर म समयको द्रुततालाई लाखौँ सलामी दिएर अनुचर बन्न सक्तिनँ आज्ञाकारी ! प्लेटो-अरस्तुहरुको योगदान बुद्ध-क्राइष्टहरुको सपना सुकरातहरुको समर्पण […]

  • एकान्त र सपनाहरु

    एउटा शून्य कोठाभित्र मेरा बिम्बचित्रहरु नाचिरहेथे- अस्तित्वको परिमार्जित/परिभाषित रेखाङ्कित गोलार्धभित्र बिम्बचित्रहरु निरीह टल्कन्थे विदीर्ण रुन्थे पनि बिम्बचित्रहरु एक्ला थिए नितान्त एक्ला शून्य/निर्जर/नीरव वातावरणमा! म दूर क्षितिजमा कतै बसेर नियालिरहेको थिएँ/नियाल्नु […]

  • पूर्णिमा

    अहा! के होला त्यो सुन्दरता? बादलका टुक्राहरू- त्यो मधुरता, त्यो कोमलता बादलले ढाकेको चन्द्रमा! एक छिनमा अँध्यारो भयो चारैतिर शून्यता, एकाकीपन अनि फेरि बादलका टुक्राहरू त्यो मधुर पूर्णिमाको रात? त्यही […]

  • गजल-४

    देश भन्दै मरेँ म त तिमी चाहिँ बाँचिदिनू बगरका सुसेलीमा एक नासले नाँचिदिनू। अब छैन समय त्यो प्रेमालापमा खुल्ने मेरो परीक्षाका सवालहरु एक्लै एक्लै भाँचिदिनू। यतिबेला देश एक्लै सधैँ सधैँ […]

  • विशेष अनुरोध

    आदरणीय लेखक, पाठक तथा शुभेच्छुक वर्ग, खास गरी भूटानी नेपाली साहित्यका लागि भनी सुरु गरिएको एउटा ब्लगले छोटो समयावधिमा निक्कै फैलने मौका पाएको छ। भर्खरै यसलाई आफ्नै डोमेनमा रूपान्तरण गरिएको […]

  • गजल-२

    चन्द्रमालाई छोप्न खोज्दा पीडाहरु भरेछौ नि कल्पनाको  स्वर्ग तर जाल रची हरेछौ नि। यस पालि त वनैभरि बाघहरु नाँचे अरे मानवको बस्तीभरि वीषवर्षा गरेछौ नि। टाकिन पनि हाँस्यो अरे त्यो […]

  • एउटा पत्र

    नेपाली साहित्यका वरिष्ठ समालोचक डा गोविन्दराज भट्टराईलाई समसामयिक भूटानी नेपाली साहित्यका सन्दर्भमा लेखिएको पत्र जस्ताको तस्तै यहाँ राखिएको छ। आदरणीय गोविन्द सर, लामो समयदेखि हजुरसँग धेरै गन्थन लेख्ने रहर थियो। […]

  • भूगोलहीन: एउटा अमूर्त प्रेम

    ऊ जीवनलाई संघर्ष मात्र देख्ने गर्थ्यो। आई. एस्सीको अध्ययन पूरा गरेपछि जीवनलाई अझ संघर्षमय पायो। परिणामस्वरुप ऊ एउटा साधारण शिक्षक भयो। “सर! तपाईँ कहाँबाट आउनुहुन्छ?” ” दमक” “त्यति टाढाबाट……” “गाडीले […]

  • अभाव: एक टुक्रा समय

    सायद कुनै समय मसँग ‘विशेष समय’ थियो आफ्नो सबै खुसी थियो र व्यथित भए पनि बाल्यकालका अनुभूतिहरु थिए एउटा लाञ्छित समयको दारुण उपहार ! आज सर्वत्र निर्णयहीनता छ समाप्त भइसकेको […]

  • गजल-१

    मुटु सधैँ रोइरह्यो तिम्रालागि गीत भयो नयनको अश्रुधारा तिम्रालागि शीत भयो। मान्छे हुँ म, मुटु रै’छ, कता-कता दुख्ने गर्छु सधैँ जसो त्यो दुखाइ तिम्रालागि हित भयो। चिरिएको छातीभित्र स्वर्ग खोज्ने […]

  • मरुभूमि र अस्तित्व

    मुटु अर्थात संवेदनाले भरिपूर्ण शरीरको कुनै अंग कुनै समय रोमान्चित थियो। खण्डहर जिन्दगीका कथाहरु सायद् आफू सिर्जित विवशताका गथासाहरु!  मैँले कहिल्यै सोचिनँ- जीवन यति अनिश्चित बन्छ जीवन यति भयाक्रान्त बन्छ। […]

  • बिदाइको बेला

    उभिएको छु गतिहीन एउटा उष्ण बगरमा र नियालिरहेछु माछाहरुको क्रीडा उष्णता र पीडा! स्थिर पानी र पानीको स्थिरता! सामुन्नेको झाडीका चराहरुको चिरी-बिरी! गोमन चालहरु! न्याउल पीडाहरु! एक साथ हेरिरहेछु मूल्यांकनका […]