Category: Nepali

  • म तिमीलाई चिन्छु

    विशु निछा अस्ट्रलिया साँझपख एकान्तमा आहत भएर एक्लैएक्लै बसिरहेको तिमीलाई म चिन्छु। म तिम्रो इमान र ईमान्दारितालाई चिन्छु तिमी ईर्ष्या जान्दैनौ तिमी आहारिश गर्दैनौ म तिम्रो निस्कपट मनलाई चिन्छु। बन्जर […]

  • गोताखोर बाज

    तुम्बेहाङ्ग लिम्बू काठ्माण्डु, नेपाल   समय पोखिएर जीवनको अँजुलीबाट चुहिरहेछ तप तप प्रतिकुलताको सुख्खा बालुवामा । अभिलाषाको काकाकुल ओठहरू चराको भोका बचेरा झैँ मृगतृष्णाको मुख आँ…आँ गरेर मागिरहेछन् तृप्तताको दुई-चार […]

  • सांकेतिक भाषा सञ्चार:- मेरो आवज

    पुष्प ढकाल (सांकेतिक) साउथ डाकोटा, अमेरिका भूटानको साम्ड्रुपजोङ्खर जिल्ला अन्तर्गत हस्तिनापुर ब्लकको बेतहोली गाउँमा जन्मेको थिएँ । मेरा घरमा म र मेरी दिदी बाहेक अरू सबै सुन्ने थिए भने हामी […]

  • गजल-३८५

    प्रज्ञा पोख्रेल सिन्धुली, नेपाल खै   मन  कस्तो  थियो  परिवर्तन भयो अझ  भनौ  एक्लोपना  नै दुस्मन  भयो । झुटा  कहानी   सुनाउन  पराइ   आएर सम्झौता भयो आशुको   समर्थन  भयो […]

  • तिमी र म उस्तै उस्तै!

    गोविन्द लुइँटेल् ओहायो, अमेरिका   बिहान घाम झुल्किदा तिमी कोल्टे परेर सुत्छौ म पनि थकाइ लाग्दो काम सुरु गछु॔ तिम्रो रात मेरो दिन मेरो रात तिम्रो दिन कसरी भेट हुन्छ […]

  • कुण्ठित सपनाहरू

    हरी उप्रेती  ओहायो, अमेरिका   जब जब मेरा आँखहरु खुल्थे आकाशतिर टोहोलाउने गर्दथेँ अनि असीमित सपनाहरू बुन्दथेँ एक दिन त्योआकाशलाई चुमौँ बादलपारिको दुनियाँमा छुट्टै संसार बनाऊँ धर्तीको आश्रय लिएर टुकु टुकु […]

  • गजल-३८४

    नाराद आचार्य ‘सुदामा’ पेन्सिल्भेनिया, अमेरिका   तिम्रो   डाहा   गर्ने   बानी  प्यारो   लाग्छ! अनि  आँखाभित्रको  नानी  प्यारो  लाग्छ!! हेर्दा काटी ~कुटि  कोमल कुब्जा  जस्ती! मलाई    तिम्रो   जवानी   प्यारो   […]

  • मेरी आमा

    रिमेन आलोक अल्बरी, अस्ट्रेलिया मेरी आमा बिहानको झिसमिसेमा भालेको पहिलो डाकसँगै चुलामा दाउरा, सोते र आगोलाई गफमा भुल्याउँदै….लामो सास फेर्दै भाँडो र पानीमा चामललाई नुहाउँदै हाम्रो पेट भर्नु हुन्छ दिनै […]

  • विशेष सम्पादकीय: साहित्य, इलेक्ट्रोनिक युग र हाम्रो दायित्व

    कुनै समय थियो जति बेला हामी आफैँलाई सम्प्रेषण गर्न कुनै त्यस्तै मंचहरुको खोजीमा भौँतारिन्थ्यौँ । हामीसँग अनेकन गुनासा थिए।  गथासा थिए। युगको चेतना विपरीत निरंकुशताले चिथोरेका कहिल्यै खाटा बस्न नसक्ने […]

  • पीडा

    विशु निछा अस्ट्रेलिया अचानक मोबाइलको रिङ्टोन बज्यो । हेरेँ । सेभ नगरेको नम्बरबाट कल आइरहेको रहेछ । मैले कल रिसिव गरेँ । “सुची, म जुना बोलेकी, चिन्यौ?” मैले ‘हेलो’ पनि […]

  • हेर नानु, हेर !

    प्रतिमान सिवा ओहायो, अमेरिका (बाल कविता) हेर नानु, हेर ! आकाशमा कति राम्रो जुनटिकी फुलेको, पृथ्वीमा त्यस्तै राम्रो चाँप-चमेली झुलेको, तिमीपनि पढी-लेखी ढकमक्क फुलिदेउन, उपहार म तिमीलाई ताराहरू उनेर दिउँला, […]

  • अतीत

    इच्छा पौडेल अस्ट्रेलिया   तिम्रो जस्तै मेरो पनि तितो मीठो अतीत थियो साथी छुट्यो बाटामा अनि तिमीसँग भेट भयो । सत्य   भन्छु  तिम्रो मात्र हात होइन समाएको पल    […]

  • बाउको सौन्दर्यचेत

    अमिर सुन्दास पश्चिम बङ्गाल, भारत   बाउ मरेपछि बाउसँगै जलाइएको सखुवाको दबाज थियो। मसला भरेको छ:वटा सिसाको गोलीहरू र लत्ता आमाको पुरानो मजेत्रोको टुक्राको। भारमाथि सिउरेको कुनै पनि बेला पड्कनु […]

  • गीत

    श्रीलाल सिवा न्यू ह्याम्पसायार, अमेरिका   सम्झनाका मिठा मिठा पलहरू ल्याऊ । मुटु भरी धेरै धेरै माया बोकी ल्याऊ । हतारिदै छालहरू किनारालाई चुम्छ, चोखो माया पिरतीले मन मुटुलाई छुन्छ […]

  • गजल-३८३

    ईश्वर ढकाल नर्थ क्यारोलाईना, अमेरिका     हेर्दा तिमी हसिलि अनि काली देखिन्छौ सिन्दूर छैन निधारमा, खाली देखिन्छौ । भेट्न त धेरै भेटेँ तर कसैलाई मनले खाएन हजारौँमा तिमी सुन्दर […]

  • गजल – ३८२

    बैरागी माइलो पेन्सिल्भिन्या, अमेरिका   बा  रक्सी  छोड्छु,  पानी  पिउने  बानी  बनाउँछु । खाडी  कै  भए  पनि   एउटा  राहदानी  बनाउँछु ।। देश  बेचिसके  भ्रष्ट  र  घुसखोर  नेता भनाउँदाले। बेच्न बाकी  […]

  • गजल – ३८१

    टेक भण्डारी एडिलेड, अस्ट्रलिया किस्ता  किस्ता  गरेर जोडेको कस्ती डुबेपछि काँडाहरू फुलको विरुद्ध एक   भएर जुटेपछि । यहाँ  घर्ती डराउँछ,  वसन्त  बलात्कृत हुन्छ जब मृत्युका  धुनहरू  पात पातमा फुलेपछि। […]

  • गीत

    मनि शर्मा रिजाल सियाटल, अमेरिका   कालो हुरी चल्छ मन्दिर ढल्न दिन्न, आँधी सामु म छु मस्जिद ढल्न दिन्न । धुवा, धुलो मुस्लो दिशा उड्छ, बिना कसुर नदी बादल सित […]

  • प्रज्ञा प्रतिष्ठानमा पुस्तक परिचर्चा सम्पन्न

    साहित्य परिषद् भूटानको आयोजना तथा घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानको सहआयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा साहित्य परिषद् भूटानको प्रकाशन ‘समकालीन भूटानी नेपाली कथा’ तथा भूटानी कवि तुम्बेहांग लिम्बुको कविता सङ्ग्रह “किनाराको […]

  • सम्पादकीय: भानु जयन्ती र हाम्रो सन्दर्भ

    भूटानी साहित्यिक सन्दर्भमा भानु जयन्ती विविध कार्यक्रम गरी मनाइने गरेको सन्दर्भ नयाँ होइन। हामी नेपालका शिविरहरूमा हुँदा प्रत्येक वर्ष यस्ता कार्यक्रमहरू हुने गर्दथे। सन् २००९ मा Bhutaneseliterature.com को स्थापना भएपछि […]

  • अब ता भानुजयन्ती बिरानो भएछ

    भोला सुबेदी  क्यानाडा पूर्वीय सभ्यताको बिहानीसँगै रक्तिम ज्योति छर्दै नेपाली भाषामा छन्द माधुर्यताको सुवास छर्दै उदाएथ्यौ तिमी आषाढ २९ गते युगको आशा उमार्दै लेखियौ तिमी सरस्वती वरदपुत्र नेपाली व्यंजनहरुमा दीप […]

  • छोटो भानु कथा

    श्याम प्रसाद खानेल ओहायो, अमेरिका  हेप्यारा जग बन्धु हीत जन हो!साथी, भला मित्र हो!। छोटो भानु  कथा  म पस्कन गएँ लौ सूनि दीनू पर्यो ।।१।। आकाशै बिच भानु आदि गनिए […]

  • मनको अदालत

    यज्ञ काश्यप नर्थ डाकोटा, अमेरिका  मामला बोकेर हिँडेकी छौ रे मनको अदालतमा। सुनुवाइ कहिले हुने होला मनको अदालतमा।। उजुरी पो कस्तो पेसिएको छ मनको अदालतमा। बचाबट कसरी गर्नेहोला मनको अदालतमा।। […]

  • नयाँ नम्बर

    दिपक थापा केन्टकी, अमेरिका   छुकछुकाएका घडीका काँटासँग मितेरी गाँस्तै समय कति चाँडो बितिसकेछ। नयाँ ठाउँ अनि नयाँ परिवेस। आँकुरा पलाउन थालेका रुख बिरुवाहरू, खुसीले रमाएका चराहरूको चिरबिर अनि उक्काली ओराली […]

  • साँच्चै, देशको सिमाना कहाँसम्म हुन्छ ?

    दुर्गाप्रसाद रिमाल अल्बेरी, अस्ट्रेलिया देश भनेको भूगोल हो कि देश भनेको माटो हो कि देश भनेको क्षेत्रफल हो कि देश भनेको पर्खाल हो कि देश भनेको के हो .. ? […]

  • गजल- ३८१

    भावना गिरी  क्यानाडा  कलिलो घाम झैँ उदाउनु छ शीतल जुन झैँ छाउनु छ। दुनियाँ जत्ति नै कडुवा भए पनि गुलियो र रसिलो भइ रसाउनु छ। तित्तो होस् या टर्रो यो […]

  • २०५ औँ भानु जयन्ती

    जे एन दाहाल  पेन्सिल्भिनिया, अमेरिका भानुभक्त आचार्यको जन्म, असार २९ चुन्डी रम्घा तनहुँ वि.सं १८१४ मा भएको थियो।ब्राम्मण परिवारमा जन्मलिई, उनले आफ्नै घरमा हजुरबा श्रीकृष्ण आचार्यबाट धार्मिक शिक्षा लिएका थिए। भानुभक्तले […]

  • गजल – ३७९

    सहयात्री ढकाल ओहायो, अमेरिका   मण्डेलाको जस्तो पो दम हुनुपर्छ बिश्व हाँक्न सिर्फ कलम हुनुपर्छ । ए ! बैज्ञानिक नरसंहार गर्न होइन बिश्वलाई उर्जा दिने एटम हुनुपर्छ । सक्छौ भने बिश्व […]

  • गजल – ३८०

    नेत्रप्रसाद आचार्य टेक्सास, अमेरिका  (मेरा देवता तुल्य माता-पिता प्रति समर्पित) आफ्नो अर्को देख्छु भने, म त्यही सिकाउँदै छु सन्ततीको  भागमा  रहने,  त्यही  सिकाउँदै छु। मीठो बोली दुई गाँस दिनु यो मेरो […]