Category: Nepali

  • आत्मीयता

    सञ्जीव श्रेष्ठ-काठमाडौ हरेक बिहान एलेन्सबर्गको चौरमा म, सँगै चरिरहेको घोडा हेर्दैछु सेतो अनि रातो रंगको ती दुवै रंगभित्रको एक म, आफूलाई पाउँदथें फरक थियो त केवल ती दुई अनि म […]

  • अँजुलीभरिका फूलहरू

    तारा पराजुली-मोरङ / नेपाल ए सप्तकोसीका किनारहरू कतिन्जेल बस्छौ चुपचाप यसरी भन न ऊ कहिले आउने होला ? यो मनको राजमार्गै राजमार्ग भएर यो बाटोभरि पैतालाले लेख्दै त्यो हरियो दहमा […]

  • गीत

    भूमिका दुलाल (अधिकारी), यूटाह-अमेरिका यूद्ध नथाली हारिन्छ यहाँ, भावनामा बगेको बेला, छायाँले धरि छोडी दिन्छ साथ, शंकाको हावा चलेको बेला हिमपातमा पनि पग्लिन्छ मन, स्वयंको खुशी बेचिएको बेला, उभिनै गाह्रो […]

  • गजल-३३१

    भक्त घिमिरेः आज स्वाभिमान मेरो झुकीरहेजस्तो लाग्छ मुटुछेउमा कतै आगो फुकीरहेजस्तो लाग्छ विस्वासका आधारहरु भत्किएछन् क्यारे सारा खुशीको मुहान दिनदिनै सुकीरहेजस्तो लाग्छ चेतना र विवेक पनि नपुगेको पक्कै होइन तर […]

  • मुलुक विहीन विज्ञ

    डा. तारालाल श्रेष्ठ काठमाडौँ, नेपाल जति टुटेफुटे पनि विपद्का बेला नेपाली जुट्छन् । सिस्टम कम तर बढी सद्भावले चलेको मुलुक हो, नेपाल । नेपाली भूमिमै बसोबास गर्नुपर्दैन । भूकम्पका बेला […]

  • मेरो देश, मेरो नेपाल

    दिव्या आचार्य काठमाडौँ, नेपाल मेरो देश, मेरो नेपाल हिमश्रृङ्खला अनेक छन् जहाँ, छन् नदी नाला प्रकृतिले घेरेको छ जहाँ मेरो जन्म भयो त्यहाँ मेरो देश, मेरो नेपाल । हरियो डाँडाले […]

  • गजल-३३०

    दुर्गा रिमाल अस्ट्रेलिया एउटा मान्छेको बथान आएर सहरदेखि किन भड्काइदैछ गाउँले, गाउँ-घरदेखि काॅडा पालेर मनमा अर्ति काँहा छरिन्छ ? उम्रदैन सुन्दर बृक्ष यो सुख्खा बगरदेखि याँहा सबैले बुझ्नेछन् समय आएपछि […]

  • गीतकार गोविन्द हुमगाँई “संयोग” लिएर आउँदै…

    राकेश काफ्ले प्रकृतिको काखमा रहेको सुन्दर देश भूटानको माटोमा पहिलो पटक धर्तीलाई स्पर्श गरेर यो संसारको मुहार हेर्नु भएको थियो। आफ्ना कलिला ती पाउहरुले देशको माटो खेलाउन पाउँदा-नपाउँदै मातृभूमिको ममताबाट […]

  • धमेन्द्रको बैली बाख्रो

    शिवलाल दाहाल केन्टकी, अमेरिका एउटा बैली बाख्रो छ मासु माग्ने मान्छे थुप्रै छन् गाउँमा धमेन्द्र बुढालाई बडो सकस छ क–कसलाई पुऱ्याउनु ! एउटालाई दियो अर्काको मुख बाङ्गो नदिनु पनि भएन, […]

  • छोरा जन्मिएको दिन

    तारा पराजुली/ मोरङ-नेपाल छोरा ! यसैगरी शुरु भएथ्यो एउटा शरणार्थी गुणबाट मेरो दैनिकी ! अपरिचित जस्तो लाग्ने परिचित भएको छु अचेल भान्से भनेर चिन्छन् मलाई सुविदारको भान्से ! सायदै सुन्न […]

  • त्रिचन्द्रमा एउटा आलेख

    बुद्धमणि ढकाल हाल: अमेरिका स्नातक दोस्रो वर्षमा पढ्न त्रिभुवन विश्वविद्यालयको त्रिचन्द्र क्याम्पस प्रवेश गर्न स्ववियु सचिव गगन थापासँग मैँले भेट गर्नु पर्ने भयो । विज्ञान संकायको दोस्रो वर्षमा मात्रै त्रिचन्द्रमा […]

  • गजल- ३२९

    तुलाराम ढकाल “सहयात्री” अाउँछ त्यहाँ एक दिन सुनौलो बिहानी हेर ए शासक लाग्दैछ गोली छातीमा निशानी हेर, कति मुल्यवान छन् ती धेरै निर्दोष अाँसुहरु फर्किएर एक चोटि भिजेको सिरानी हेर, […]

  • ओखरबोटे कान्छो

    सिएम निरौला, न्यू ह्याम्पशायर- “दाइ नमस्कार !” एक अपरिचित युवाले दश औंला जोडेर भन्यो । नमस्कार नमस्कार । एक हात आफ्नै खप्परतिर तेर्स्याए जवाफ् फर्काएँ । “दाइ मेरो नाम ओखरबोटे […]

  • गजल-३२८

    सुदर्शन पोखरेल (कुमार) डेन्मार्क आस्थाका नाममा झुक्नेहरु धेरै छन् लक्ष्यविहिन यात्रामा भुक्नेहरु धेरै छन् अर्कालाई पिर छोडी रमाउने स्यालहरु पर्दापछाडि हेर्न लुक्नेहरु धेरै छन् आफू पनि कहाँ छु उसैलाई था´छैन् […]

  • बडेमानका शिखर वार्ता

    गोविन्द रिजाल कयोटो, जापान अन्यायदाता (अदा) शरीरका सम्पूर्ण खुम्च्याउन मिल्ने अंगहरु पूर्ण क्षमतामा क्कर्याएर कुजुजाम्पो (नमस्कार)को अभिवादनमा घोप्टिएर ध्यानाकर्षण गर्दा फ्याबियो सोफामा बिराजमान अन्यायरक्षक (अर) रिचेबोर्गको घूंटकि र गुर्खा ब्ल्याक […]

  • अन्तराष्ट्रिय भूटानी सिर्जनशील मञ्चको प्रेस विज्ञप्ति

    प्रेस विज्ञप्ति मितिः अगस्त १४, २०१५ अन्तर्राष्ट्रिय भूटानी सिर्जनशील मञ्चको प्रकाशनको पहिलो कोशेली डायसपोराका भूटानी नेपालीहरूको प्रतिनिधि तथा ऐतिहासिक गजल सङ्ग्रह “दबाइएका आवाजहरू”को प्रकाशन भइसकेको जानकारी गराउन पाउँदा हर्षले गदगद […]

  • गीतकार काफ्लेको एकल एल्बम प्रकाशित

    नेपालीभाषी भूटानी युवा गीतकार राकेश काफ्लेका एकल शब्दहरू र विभिन्न छुट्टा छुट्टै भावमा संग्रहित “तुलसी मञ्जरी” गीत तथा गजलहरूको संगालो एल्बम गत माहिना बजारमा आएकोछ ।   एल्बमकी प्रमुख प्रकाशक तुलसा […]

  • कथासंग्रह प्रकाशनबारे जानकारी तथा आह्वान 

    नेपाली -भाषी भूटानीहरु देश निकाला भएदेखि नै साहित्य, संस्कृति र भूटानी नेपाली समाजको अस्तित्वरक्षा खातिर भाषा एवम्  साहित्यको जगेर्नामा  “साहित्य परिषद-भूटान” कार्यरत रहँदै आएको कुरा सर्वविदितै छ । शरणार्थी जीवनकालका […]

  • भानु

    दिव्या आचार्य काठमाडौँ, नेपाल भानु तिम्रो सम्झनामा हिमाल हाँसिरहन्छ तिम्रै सम्झनामा डाँफे नाँचिरहन्छ २९ गते तनहुँमा जन्म लियौ तिमीले धेरै कृति लेखी सबको मनमा जग्गा बनायौ तिमीले घाँसीको प्रेरणाले लेख्न […]

  • केन्समा भानु जयन्ती, कोलम्बसमा कृति विमोचन

    केही ढिलो गरी प्राप्त समाचार अनुसार अष्ट्रेलीयाको केन्स नगरीका नेपालीभाषी भूटानीहरूले जुलाई १८ तारिख शनिबार सामाजिक पर्वको रूपमा २०२औँ भानु जयन्ती मनाए । आदिकवि जस्ता विभूतिको जन्मजयन्ती पढेलेखेका वा सम्भ्रान्त […]

  • लाखे है !

    माराम्लोङ साम्पाङ उत्तम राई सिन्सिनेटी, अमेरिका हौ नानी ! कहाँ हो कता हो… ? तिमीलाई देखेँ देखेँ जस्तो लाग्छ कहीँ कतै तिमीसँग पक्कै भेट भा’कै हो मेरो- अँ ! आइतबारे […]

  • विरोध

    मनप्रसाद सुब्बा, दार्जीलिङ-भारत संसदमा बहस चलिरहेको थियो । समाजवादी क्रान्तिकारी मोर्चाको एक वृद्ध सांसदले अलिक अल्सिलाग्दो पाराले आफ्नो तर्क पेस गरिरहेको थियो । यही क्रममा उही दलको अर्को एक भद्दा […]

  • गीत

    भूमिका दुलाल (अधिकारी) यूटाह, अमेरिका कहिले शान्त पवन सरी शितलताले छाई दिन्छ, कहिले विशाल हुरी बनी चेतना नै उडाई दिन्छ ! जता ततै फैली दिन्छ दुषित हावा चले सरी , […]

  • माखो

    रूप पोखरेल अमेरिका विकसित जीव जगतको एक सदस्य तँ विकसित पंतीको जीवमै गनिन्छस् सबै आ-आफ्नै तरिकाले भिन्न छन् तिनीहरू भिन्न छन्, म र म जस्ता भिन्न छन् तर, तँ भने […]

  • नलेखिएको एउटा कविता

    तारा पराजुली मोरङ, नेपाल बाँधेर कठोर साङ्लाले लिन आइपुग्छ अतीत प्रेमको आदिम चौतारीमा जहाँबाट लगभग अन्तिम पटक छुट्टिएका थियौँ हामी उस्तै छुइनँ आज म भिजेको छ जीवनको किताब ओसिएका छन् […]

  • म स्काफोल्डर

    हरि पराजुली  झापा-नेपाल थोरै आशा धेरै भरोसा धेरै मेहनत थोरै प्राप्ति एउटा शून्य बस्तीहरुबाट एउटा भीड सल्बलाउँछ त्यही भीडमा म हराउँछु कहिले यता, कहिले उता असफल घेराहरु तोडेर लम्कन्छु  लमतन्न … सुदर्शन चक्र झैँ घुम्छ  ‘स्पानर’ नियमित सिर्फ हातका औंलाहरुमा आकाशमा देवताहरु बस्छन् रे, म आकाश छेड्ने प्रयासमा छु ‘स्टेन’ बढ्छ आकाशतिर मानौं, अब आकाश छेडिने छ, उदांगो बन्नेछ  पृथ्वी खस्नेछन् देवताहरु आकाशका यत्र तत्र … लाखेश ! म वार्ता गर्ने  छु ती निर्दयी देवताहरुसँग मिटिङ्ग गर्ने छु , के देवताहरुमात्र माथिल्लो तहमा मोज गर्ने ? खोइ हामी निरीह मान्छेहरूको बाँच्ने आधार ? खोइ हामी स्थिर मान्छेहरूको चढ्ने सिँढी ? कहाँ छन् मान्छेहरुमा स्वतन्त्रताका स्वर्गहरु ? के हामीमा स्वर्ग प्राप्त गर्ने अधिकार छैन ? म स्वर्ग जाने एक्सिस ल्याडर बनाइरहेछु […]

  • बाटुलो

    काँशी घिमिरे, भर्मोन्ट, अमेरिका गोल नीलमणी अपार संसार सागर, बसेको छ पृथ्वी समेदन सिन्धुमा बिचित्र ! माछा, कछुवा, गंगटा र बिच्छी आकारमा, फैलेको भुङ्ग्रो किरण कतै परिष्कृत शिखरहरू । अष्टबक्र […]

  • म छ लाख दिन्छु

    नेत्र आचार्य टेक्सास, अमेरिका झिस्मिसेमै उठेर नित्यकर्मका लागि फूल टिप्नु, माला गाँस्नु र छाप्रोभित्र रहेको सानो मन्दिर सजाउनु मेरो दैनिकी थियो । हिन्दु धर्ममा आस्था राख्ने हुनाले हनुमान चालिसा, शनिमृत्युञ्जय […]

  • पुनर्विचरणपत्र

    नैनसिंह मगर न्यु योर्क, अमेरिका “जे सुनिरहेको छु, त्यही भनिरहेको छु । जे देखिरहेको छु, त्यही लेखिरहेको छु ।” मेरो व्यक्तिगत स्वार्थका लागि होइन यो निवेदन, सारा मानिसहरू जहाँ विविध […]