Category: Writers

  • म कसरी मनाउँ जितको तिहार ?

      प्रकाश धमला एड्लेड अस्ट्रलिया दिलमाया, तिमीले यो साल, मखमली फूलको माला उन्ने तारतम्य मिलाएछौ माइती पुज्ने एक अठोट लिएछौ तर म माइती, परदेशको एउटा कुनामा भूगोलले कोरेको सीमारेखासंगै मेरो […]

  • म मरेको छैन!

    अनन्त आचार्य अस्ट्रलिया प्रिय…! म मरेको छैन। दुई गास भात खाएकै छु । दुई थोपा आसु पिएकै छु । एकसरो लुगा लाएकै छु । दुई पाइला अघि पनि हिड्छु। एक […]

  • समयको पाइलासंगै

    अनन्त आचार्य अष्ट्रेलिया युगको कालखण्डमा, हाम्रो अस्मिता, हक-हित र सास्कृतिक, अखण्डतालाई धराशही बनाई ज्वालामुखी भूकम्प र कालो मापदण्डपछि संसारभरि छरिन विवष, प्राणीले गम्भीर, परिस्थितिमा पनि राष्ट्रप्रतिको महिमा अनि मूल्य र […]

  • उठिबास

    विद्यापति मिश्र बेलडाँगी असारको महिना थियो । केही दिनअघि भएको लगातार वर्षाले शिविरका प्राय जसो छाप्राहरु निथ्रुक्क भिजेका देखिन्थे । जमिनमा पनि यत्रतत्र प्रसस्तै पानी जमेको थियो । दिउसोको समय […]

  • बिदाइको बेलाः अन्तर्निहित पीडाको एक आत्मप्रकाशन

    शिवलाल दाहाल हरेक मानिससँग आफ्नै किसिमको विचार, चिन्तन र प्रवृत्ति हुन्छ । कवि-लेखकहरुसँग त झन् त्यस किसिमको भावना, चिन्तन र प्रवृत्ति नहुने कुरै भएन । कवि-लेखक पनि समाजकै अंग हुन् […]

  • गजल-१६६

    झगेन धिमाल मेल्बोर्न, अष्ट्रेलिया जति खानु खाइसक्यौ अब जीवन गाँस होइन खेलौना झैं खेलाएथ्यौ अब जीवन तास होइन ! आँखा चिम्लेथें सायद झूटो मायामा फस्नु अघि जर्सी गाईले चपाउने अब […]

  • आमाको पत्र

    अनन्त आचार्य अष्ट्रेलिया मातृबात्सल्यबाट- म यहाँसम्म आइपुग्दा कालो रातमा, मैँले एउटा पत्र प्राप्त गरे – “मबाट छुटाएर लगेपछि सदैव शान्ति रहेन ममा मेरो वरिपरि खजुरा र बिच्छीहरु देख्छु सर्पहरु मलाई […]

  • म आतंकवादी

    यतिराज अजनबी एड्लेड अस्ट्रलिया मेरो मस्तिष्कको आगनमा भावनाका च्याङ्बा र मैचाङहरू भौतिकताको ठटाउँदै डम्फु र मादल सेलोमा आडम्बरको नाचिरहन्छन् हमेसा निमन्त्रणा आउँछ मलाई त्यो नृत्यमा भाग लिन धन्यवाद ज्ञापन गरी […]

  • तिमी हाँसी मात्र राख

    टी.आर. रेग्मी, खुदुनावारी उतिखेर प्रत्येक क्षण देख्थेँ म तिम्रा आँखामा मात्र प्रेमका स्पर्षहरु करुणाका सागरहरु तर अचेल खोइ के भयो ? देख्छु तिनै आँखामा कताकता असन्तुष्टिका लहरहरु मेरो मायाको कमीले […]

  • अमूर्त रङ्गहरु

    रमेश गौतम नर्वे विश्वविद्यालयको पुस्तकालयमा बसेर एकोहोरो हेरिरहेछु प…..र आकाशमा उडिरहेका चराहरु बाहिर बाटिकामा रातो गुलावको ओरिपरि नाँचिरहेका पुतलीहरु अनि सूर्यको मधूर कान्तिसँगै प्रेम आलिंगनमा मस्त केही जोडीहरु ! नजिकैको […]

  • गजल-१६१

    प्रकाश धमाला, एडिलेड, अष्ट्रेलिया हत्केलामा संसार राखी साझा नारा लाउँछ मान्छे हड्डी घोटी चन्दन लाए जाजा नारा लाउँछ मान्छे मर्छन् गरीव काँधमा बंगलालाई थापी थापी शङ्ख बज्नु कहाँ हो कहाँ […]

  • गजल-१५४

    थुत्तेनदोर्जी ड्रुक्पा, डेनमार्क आँसु सुक्यो सत्य फुक्यो भूल गरें शीर झुक्यो माफी मागें दिल चुक्यो हल्ला चल्यो सबले थुक्यो कमल आयो महेश लुक्यो

  • गजल-१५३

    रमेश गौतम नर्वे आज यौटा विशेष गजल लेख्नै पर्छ, कनिरा’छु कति बाँचे दिवास्वप्न सबै सबै गनिरा’छु धेरै गर्‍यौं साहित्यमा हल्लाहरु जथाभावी अब सत्य परिस्कृत सयर गरौँ भनिरा’छु यौटा उमेर त्यसै […]

  • अधूरो सपना

    सुशील पोखरेल दक्षिण अष्ट्रेलिया “आफू संस्कृत विद्यालयमा मात्र सीमित नरहेर कुनै उदाहरणीय काम गर्ने, भूटानमा शास्त्रीय नृत्यलाई प्रचार–प्रसार एवम् प्रशिक्षण दिने, संस्कृतलाई कर्मकाण्ड पण्डित्याईँमा सीमित नराखेर यसबाट कुनै ठोस काम […]

  • गीत

    थुत्तेनदोर्जी ड्रुक्पा, डेनमार्क तिम्लाई के था’ कति दुख्छ पिरतीको घाउ दुखाउनेलाई थाहा हुन्न कहाँ दुख्छ घाउ तिम्लाई के था’ किन दुख्छ पिरतीको घाउ डुब्न लाग्यो साथी मेरो जिन्दगीको नाउ तिम्लाई […]

  • म फर्कन्छु

    अनन्त आचार्य अष्ट्रेलिया ‘राम, यो के गर्दैछौ तिमी?’ ‘काका, म के भनौं, कुन जन्मको पाप भोग्नुपरेछ हामीले?’ ‘आफ्नो मनलाई बाँध्न सक्नुपर्छ नानी ।’ ‘‘तर काका हाम्रा पुर्खाहरुले विकासको निम्ति रगत,पसिना […]

  • माथ्लाघरे काका

    डा. लक्ष्मी ढकाल, द नेदरल्याण्ड्स् साइत हेरेनन् अनि तिथि पर्खेनन् बुझ्न स्थान ध्रुव ताराको आवश्यक ठानेनन् न त रात, न त साँझ त्राश तीनको बाधा बनेन मात्र रहे आशा अनि […]

  • गोजमुमो प्रमुख विमल गुरुङलाई पत्र

    सुशील पोखरेल दक्षिण अष्ट्रेलिया माननीय विमलज्यू, हार्दिक अभिवादन, गोजमुमोको ४ वर्षको निरन्तर शान्ति आन्दोलनको परिणाम स्वरुप गोर्खा टेरिटोरिएल एड्मिनिष्ट्रेशन (जीटीए) प्राप्त गर्न सफल हुनुभयो । यस उपलब्धिको निम्ति तपाईँ र […]

  • महानन्द नदीदेखि वासिङ्टनसम्म

    देवी पोखरेल, दक्षिण अष्ट्रेलिया विवेकले मलाई फेसबुकको च्याटमा, “हे वाज अप” भन्दै सम्बोधन गर्यो। म अचम्मित हुँदै, “आइ एम गुड” को जवाफ दिएँ। उसले मलाई प्राय अंग्रेजीमै साधारण गफगाफका एक […]

  • झ्यालखानको भतिजो

    विद्यापति मिश्र काठमाण्डौं “अंकल आउनोस् माथि हाम्रोमा जाऊँ,” बबिनले भन्यो । उसले त्यसो भनिरहंदा उसका कलिला आँखाबाट आँसु बरर झरिरहेका थिए । त्यसपछि उसले मेरो दाहिने हात समातेर आफूतिर तान्न […]

  • सतरञ्ज खेलाडीलाई चेतावनी

          यतिराज अजनबी एडिलेड, अष्ट्रेलिया आफ्नो बुद्धिजाल फिंजाएर सतरञ्ज खेलाडी मोहरा चाल्छ | राजा-रानीलाई टिकाई राख्न, संरक्षण दिन चौसट्ठीकोठे थर्कीमा सीमित राखिएका आजीवन युद्धरत निर्दोष राजभक्त प्यादाहरूको हत्या […]

  • देशको बाटो

    टी.आर. रेग्मी खुदुनाबारी जब म सोध्थें बयान गर्थे मेरा बाबा-आमा त्यो हरियाली वनजंगलको, ती हिमशिखरहरुको, ती खेत,खर्क र बारीहरूको. ती खोला-नाला र वनपाखाहरुको, पूर्खाहरुको वलिदान र त्यागको, आफ्नो प्यारो जन्मभूमिको, […]

  • भानु अंकललाई सुझाउ

    सुशील पोखरेल अष्ट्रेलिया आदरणीय भानु अंकल, सादर अभिवादन, लामो समयपछि तपाईलाई यो पत्रमा केही सुझाउहरु लेख्ने जमर्को गर्दैछु । हामी जाति छौं, तपाई पनि स्वर्गमा ढुक्क बस्नु भएको छ जस्तो […]

  • मस्तिष्कमा चिहान

    यतिराज अजनबी एडिलेड, अष्ट्रेलिया मान्छे मसानघाट सुन्दा मात्रै पनि डरराउँछ चिहानसँग झस्कन्छ तर मैले मस्तिष्कमा त्यही मान्छेको मान्छेको चिहान भेटें एउटा मित्र मलाई भन्छ, “म साह्रै बिरामी भएँ|” मित्रतावलम्बी भएकोले […]

  • सात समुद्रपारि ‘अम्रिका’

    सुशील पोखरेल दक्षिण अष्ट्रेलिया अनिता आफ्नो छाप्रो अगाडिको सानो आँगनमा बोह्राको चट्टी ओछ्याएर चामल केलार्इ रहेकी हुन्छिन् । एकैछिनमा माथ्लो छाप्रोकी सीता र देउका पनि नाङ्लोमा चामल लिएर आइपुग्छन् । […]

  • मित्रको सम्झना

    गोमा आचार्य सिड्नी, अष्ट्रेलिया साना छँदा आगनमा लुका-मारी खेल्थ्यौँ, कहिले बाझ्दैकहिले हाँस्दै कहिले हामी रुन्थ्यौं | जान्थ्यौं स्कूल एकै साथ हातेमालो गरी, बिदा भई छाडी आउँदा रुन्थ्यौं आँसु झारी | […]