Category: Nepali

  • शान्ति कहिल्यै आउँदैन

    पूर्ण गिरी-मेचिगन/अमेरिका त्यहाँ शान्ति कहिल्यै आउँदैन जहाँ पितालाई पर खेदी मातालाई मिली चुस्छन् अनि प्रेतहरूसित मिली देवतालाई मास्न जुट्छन् ! जहाँ पिताको गाथा मेटी पुत्रको वीरता लेखिन्छ अनि पुत्रका ती […]

  • सत्संगको फल

    डा.लक्ष्मीनारायण ढकाल-केन्टकी/अमेरिका सिद्धार्थ गौतमले कठोर तपस्या पछि आत्मज्ञान प्राप्त गरे । त्यसपछि सिद्धार्थ बुद्ध भए । उनी गाउँ गाउँ घुमेर ज्ञान बाँट्न थाले । केही मूर्खहरू उनको खुब विरोध गर्दथे । एकदिन एउटा अंगुलीमाल नाम गरेको डाकु बुद्धका […]

  • यस्तो नगरोस

    एकांकी नैनसिंह सारूमगर रोचेष्टर/ न्यूयोर्क, अमेरिका स्थान :- एउटा अस्पतालभित्र । समय :- बिहानको दस बजेको छ । (एकजना महिलालाई बोकेर बलेको प्रवेश) बले : (काउनटरको झ्याल अगाडि पैसा गन्दै) […]

  • वार्ता

    तिलक राई समस्या सुल्झाउन होइन त्यसलाई बल्झाउन र अल्झाउन नाटक मञ्चनमा भाग लिँदै प्रमुख पात्रको भूमिका खोज्यौ र पायौ पनि तिमीले तर तिम्रो भूमिका फिक्का भयो तसर्थ सामु बसेर दोहोरो संवाद होइन मुखदर्शक श्रोता भएर उपदेश र झोलाभरी उपहार लिएर आयौ । बिमारीको कुरै नसुनी आफ्नो मनोमानी औषधी लेख्ने बडो जान्ने डाक्टर भएर उभियौ तिमी र त, विस्तारवादले हातमा राखि दियो द्विपक्षीय रोगको एक्सरे अनि हामीलाई ग्यास च्याम्बरमा कोचेर श्वास फेर्नै नदिईकन पूर्वी ढोका बन्द गर्दै पश्चिमा कारङ्कुरूङ र बकुलाहरू हाम्रो छातीमाथि टेकेर हाम्रै वन मनपरी चर्ने अवसर प्रदान गर्यौ तब हाम्रा झुपडीका बन्दनहरू टुटे चैते हुरीको भुमरीमा उड्दै उड्दै कता पुगे कता । सिनो खाने भन्दै अरूमाथि गिद्दले आरोप लगाउदै घृणा गर्छ भने […]

  • गजल-४८७

    त्रिबिक्रम अधिकारी  केन्टुकी, अमेरिका भोक-निन्द्रा गायब भो, कुन हालमा छु म बाजाको के कुरा गर्नु, बेकसुर तालमा छु म। खै यस्तै हुन्छ भन्छन्, माया गर्नै पारखीहरू ह्वात्त आउँदै-जादै गरिरहने छालमा […]

  • श्रद्धा र आस्थाको अँजुलीसँग

    रमेश गौतम  नर्वे  म खुसी भएँ – जीवन भोगाइको अनुभूति हाम्रो परीक्षित समय उसको जीवन दारुणताको बिम्ब एक्लो परिवेश नितान्त एक्लो स्याहारेर एक्ली देवता ऊ बाँचेकी छे एउटा जीवन उच्चताको […]

  • समयको परिचय

    यज्ञ काश्यप नर्थ डाकोटा, अमेरिका  कहिले झुटा सपना देखाएर जान्छ समय कहिले फाटेका मन सिलाएर जान्छ समय ऊ अमृत पिलाउँछु भन्छ अमर बनाउन भुमरीमा पारी आफैँ नै पिएर जान्छ समय […]

  • प्रणय

    डिल्लिराम रेग्मी ओहायो, अमेरिका तिमीसँग लगाएको “प्रणय” मा आज केवल “प्रण” बाकि छ “प्राण” त तिमिसँगै २ वर्ष पहिला नै गइसक्यो। मेरो आँखा सपनाको ओझेलमा पस्न नपाउँदै म हाम्रो घरको […]

  • गजल-४८६

    दिपेश चापागाँई पेन्सिल्भेनीया, अमेरिका नेपाली भाषाको शृङ्गार गरने चोली हौ तिमी नेपाली जातिले भाका हाल्ने मीठो बोली हौ तिमी ।। सरल नवरत्न भाषाशैलीमा, रामायण अनुवाद गरी साहित्य प्रेमीले हृदयमा सजाउने, […]

  • कोरोनासँग लड्दाको अनुभव

    विकास रेग्मी तथा कुमारी पोखरेल रेग्मी  सिराकस, अमेरिका सन् २०१९ को डिसेम्बर महिनाको प्रारम्भमा चिनको युवानमा कोरोना भाइरस फैलिएको सुनियो । समाचारको आधारमा सन् २०२० को मार्च पहिलो सातातिर यो कोरोना […]

  • जाऊँ सँगै जाऊँ – मायाको त्यो गाउँ

    टङ्क आचार्य केन्टकी, अमेरिका जाऊँ सँगै जाऊँ – मायाको त्यो गाउँ जुनी भरको चोखो माया मिली-जुली लाऊँ (जाऊँ सँगै जाऊँ )२ जीवनका पाइलाहरू सँगै-सँगै हिँडौला दुःखसुख जे-जे हुन्छ , हाँसी- […]

  • धर्तीको परिक्रमा

    डा. लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका  एकबार कैलाशमा शिवपार्वती आफ्ना दुई छोराहरू कार्तिकेय र गणेशका बालक्रीडाको आनन्द लिइरहेका थिए । बालक कार्तिकेय जेठाे र गणेश कान्छो सन्तान थिए शिव पार्वतीका । […]

  • कवि एक्जाइल्ड भूट्निजका दुई छोटा कविताहरु

    एक्जाइल्ड भूट्निज झापा, नेपाल १. इतिहास उहिल्यै त हामी दुखलाई दुख नै भन्थ्यौँ सरकार ! उहिल्यै त हामी दुखलाई दुख नै भन्थ्यौ । ‘जि.एन.एच’ अर्थात ‘ग्रस न्यस्नल ह्यप्पिनेस’ भन्दैन थियौँ […]

  • नाल गाडेको आँगन

    गङ्गा लामिटारे अाेहायाे, अमेरिका उत्तरतिर चाँचे खोला पूर्वतिर डम्फू पश्चिम तिर सुनकोस छ दक्षिणपट्टि मिथुन सिरिरिकी त्यो हावा सम्झेर मन रुन्छ विदेशमा बसेर । उत्तरतिर चिराङ डाँडो दक्षिणतिर पाखे सम्झनाले […]

  • चुपचाप तैरिरहेका डुङ्गाहरू

    तिलक राई हावाको बेगले एकापट्टि हाने पछि पानीको लहर जुरुक्कै उठेर किनारसम्म जवानी पोख्न हतार हतार आएर मीठो स्पर्श गर्दै जिउन सिकाएको हजारौँ वर्ष भयो। किनार वरिपरि हेर्दा लाग्छ यिनै […]

  • मानव जीवन, शिक्षा र नैतिक शिक्षा

    डा. लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका ईश्वरको यो विशालतम सृष्टिमा अरबौँ जीवन छन् I ती जीवनहरूलाई मुख्य रूपमा तीन विभागमा बाँड्न सकिन्छ:- १) स्वेदज (पसिना बाट उत्पन्न हुने) जस्तै जुम्रा र […]

  • गजल – ४८४

    अनन्त आचार्य अस्ट्रेलिया तिम्रै लागि सौम्य फूल  बोकी ल्याएँ मैले। तिम्रै लागि दिव्य मणि हो कि ल्याएँ मैले। नसुक्ने एउटा फूल दिन्छु जोगाएर राख्नु। तिम्रै लागि मनको फूल झिकी ल्याएँ […]

  • जिन्दगी जानु छ

    ईन्द्र प्रकाश खवास् नर्थ क्यारोलाईना, अमेरिका आमा पनि गइन अनि बाबा पनि जानु छ प्रेमिका पनि गइन अनि आफू पनि जानु छ, जिन्दगी जानु छ आज हो कि भोलि तर […]

  • कृतिम आत्मीयता

    डी० पी० दुलाल आइओवा, अमेरिका  ढक्क .. ढक्क … ए प्यारो साथी आज यो अँधेरी रातमा तिम्रो घरको ढोका ढकढकाएँ पाहुना बनेर आएँ अरू कसैलाई … तिम्रो घरको ठेगाना मागेर […]

  • सफल मान्छे

    मधु घिमिरे वस्टर, मासाचुसेट्स् छन्द :- भूजङ्गप्रयात छ बानी  र  वाणी  लिएको  वसैमा उहीं  पुग्छ  मान्छे  सधैं  टाकुरामा अरुको कुरा यो छ सुन्ने  त  कम्ती उही गर्छ सेवा छ आफै […]

  • गजल – ४८५

    डिल्लु चम्लागाई ओहायो, अमेरिका नसोच्नु  सौन्दर्य  हुनेहरूले  सजिएर  बस्नुपर्छ फूलको मालाले पनि गलामा उनिएर बस्नुपर्छ। तिमी पोखिन्छौ छचल्किएर अलिकति भरिँदा हर पल आमाका गहले आँसु भरिएर बस्नुपर्छ। चार जात छत्तिस […]

  • कृति परिचय १७: वासदेखि पुनर्वाससम्म

    कृति:        वासदेखि पुनर्वाससम्म कृतिकार: डा० लक्ष्मीनारायण ढकाल प्रकाशक: साहित्य परिषद् भूटान विधा:      आत्मसंस्मरण मूल्य:      $२०/- र नेपाली रुपैयाँ ३००/- डा० ढकालले भूटनमा जन्मिएर […]

  • पहिचान र साहित्य

    सम्पादकीय  पहिचानको शब्दकोशीय अर्थ चिनाजानी, परिचय वा प्रत्यभिज्ञान हुन्छ । नेपाली बृहत् शब्दकोशले पहिचानलाई कुनै वस्तुको गुण, मूल्य आदि जान्ने काम भनेर पनि परिभाषित गरेको छ । बृहत्तर अर्थमा पहिचानले […]

  • छोरी देवी बुहारी दासी

    भक्त घिमिरे-पेन्सिलभेनिया/अमेरिका स्त्रीजातिको रूपमा पुजिएको भए माइतमा हुञ्जेल पुजिएकी छोरी ससुराली पुगेकै दिनदेखि दासी हुन्छे । लोग्ने र लोग्नेपटिका परिवारका हरेक सदस्यका पाउ ढोग्ने र पुज्ने अभिभारा उसैलाई आइलाग्छ । […]

  • कृतिचर्चा: वासदेखि पुनर्वाससम्म

    आचार्य घनश्याम रेग्मी   ओहायो, अमेरिका जीवनभरिको मानसिक मानवीय मूर्त विधा पनि हो इतिहास I यसलाई कथाको, उपन्यासको, कविताको र मानव जीवनमा भएका सुख-दु:ख, हर्ष-विष्मत, घृणा-निन्दा, जाग्रत-स्वप्न, सुसुप्तिकै वरिपरिको उपज हो पनि […]

  • डाढे मुसो र हात्ती

    केशव काफ्ले एक समयको कुरा हो हात्ती र डाढे मुसो घनिष्ठ मित्र थिए । मुसोलाई गाह्रो पर्दा हात्तीले सहयोग गर्थ्यो र हात्तीलाई सारो पर्दा मुसाले सहयोग गर्ने गर्थ्यो । समय […]

  • पूजादी

    सुशील कुमार पोख्रेल, सिब्सू [यो कथा ड्रुक लोसेलको फरवारी-मई वर्ष ४-अङ्क ४, वर्ष ५-अङ्क १, सन् १९८३ मा प्रकाशित कथा हो । अर्थात् लेखकज्यूको अनुमतिले यो कथा ३७ वर्षपछि पुनः […]

  • मरण स्मरण

    डिल्लीराम विष्ट अस्ट्रेलीय कालले झुकाउनु अगि झुक्न सिकौँ आफ्नो कुकर्मदेखि फुक्न सिकौँ कुकर्मबाट अब चुक्न सिकौँ काल सम्झी अब फेरि अघि झुक्न सिकौँ अन्तिम घडीमा जब पुस्तक फुत्तछ उसै बखतमा […]

  •   आइदेऊ

    भावना गिरी क्यानाडा मेरो  दिलको चाह  बुझेर  आइदेऊ दिल  भिज्यो  तिम्रो   रे ? लौन  रुझेर  आइदेऊ I गुनिऊ  चोलीमा पटुकी  बानेर  आइदेऊ ए लाटी  चौबन्दीको तुना  चैँ  तानेर  आइदेऊ I शृङ्गारको नाममा मुस्कान  पोतेर  आइदेऊ बाको मन  बुझाई  हलो  चैँ  जोतेर  आइदेऊ I अबेर  होला  फर्कन  राँको  तिमी  बोकेर  आइदेऊ प्रेमको कुरा  गरौँ   हतारिने  मनलाई रोकेर  आइदेऊ I चाहको कुरा   प्रिय दिलमा कोरेर  आइदेऊ […]