गजल – ४९४
नेत्रप्रसाद आचार्य पेन्सिल्भेनिया, अमेरिका जसले घाँटी निमोठेको हो लहरा भएर उही जीवन, झाङिइगएको हो हराभरा भएर । मलाई भऱ्याङ् बनायो, उक्लियो र उड्यो बिर्सियो, भूमिमै हुन्छन् पैताला, चरा भएर । कोही माथि उठेपछि यति कुरा सोच्नै पर्छ अडिएका हुन्छन् यी रूख पनि जरा भएर । जब मोलामोल भयो आमाको शवमाथि छोरो निस्किएको हो बाहिर खतरा भएर । आज प्रयोग भएर फालिए पनि यति बुझ्नु अन्न हुँ भोलि सजिन्छु शिरमा जमरा भएर ।
