Editor

  • कृति परिचय १७: वासदेखि पुनर्वाससम्म

    कृति:        वासदेखि पुनर्वाससम्म कृतिकार: डा० लक्ष्मीनारायण ढकाल प्रकाशक: साहित्य परिषद् भूटान विधा:      आत्मसंस्मरण मूल्य:      $२०/- र नेपाली रुपैयाँ ३००/- डा० ढकालले भूटनमा जन्मिएर […]

  • कृतिचर्चा: वासदेखि पुनर्वाससम्म

    आचार्य घनश्याम रेग्मी   ओहायो, अमेरिका जीवनभरिको मानसिक मानवीय मूर्त विधा पनि हो इतिहास I यसलाई कथाको, उपन्यासको, कविताको र मानव जीवनमा भएका सुख-दु:ख, हर्ष-विष्मत, घृणा-निन्दा, जाग्रत-स्वप्न, सुसुप्तिकै वरिपरिको उपज हो पनि […]

  • पूजादी

    सुशील कुमार पोख्रेल, सिब्सू [यो कथा ड्रुक लोसेलको फरवारी-मई वर्ष ४-अङ्क ४, वर्ष ५-अङ्क १, सन् १९८३ मा प्रकाशित कथा हो । अर्थात् लेखकज्यूको अनुमतिले यो कथा ३७ वर्षपछि पुनः […]

  • मरण स्मरण

    डिल्लीराम विष्ट अस्ट्रेलीय कालले झुकाउनु अगि झुक्न सिकौँ आफ्नो कुकर्मदेखि फुक्न सिकौँ कुकर्मबाट अब चुक्न सिकौँ काल सम्झी अब फेरि अघि झुक्न सिकौँ अन्तिम घडीमा जब पुस्तक फुत्तछ उसै बखतमा […]

  •   आइदेऊ

    भावना गिरी क्यानाडा मेरो  दिलको चाह  बुझेर  आइदेऊ दिल  भिज्यो  तिम्रो   रे ? लौन  रुझेर  आइदेऊ I गुनिऊ  चोलीमा पटुकी  बानेर  आइदेऊ ए लाटी  चौबन्दीको तुना  चैँ  तानेर  आइदेऊ I शृङ्गारको नाममा मुस्कान  पोतेर  आइदेऊ बाको मन  बुझाई  हलो  चैँ  जोतेर  आइदेऊ I अबेर  होला  फर्कन  राँको  तिमी  बोकेर  आइदेऊ प्रेमको कुरा  गरौँ   हतारिने  मनलाई रोकेर  आइदेऊ I चाहको कुरा   प्रिय दिलमा कोरेर  आइदेऊ […]

  • कोरनाले जन्माएको प्रेम

    बैरागी माइलो हेरिश्वर्ग, अमेरिका सिमसिम पानी परिरहेको थियो I झ्याल आधा खुलेको थियो ..मन्दमन्द पवनले मेरो शरीरमा स्पर्श गरिरहेको थियो । कोरना भाइरसको महामारीले कतै लकडाउन त कतै घरमै बस्ने […]

  • कसरी बाँच्नु भएको छ ?

    अजित रूपाबुङ भर्मण्ट, अमेरिका म त यस्तो ठाँउमा छु जहाँ मान्छेहरूको ठेलम्ठेल छ अजङ्गका आलयहरूले घेरिएको छु तर छिमेकी छैनन् वन घना छ साना साना झरनाहरू छन् बिहानी उही सुनौलो […]

  • रातो चुरा

    तिलक राई झमझम पानी पर्यो वर्षा यामसँगै गरी खाने किसानहरु अनि, मजदुरहरु गड्याङ्ग गुडुङ्ग र कारखानाको मिश्रित चर्को आवाजसँगै पलाष्टिक बेरेर लुसुलुसु छिर्नु पर्ने बाध्यकारी मनहरुलाई फेरी एक पल्ट साउने झरीले मन चिसाउनुको सट्टा पचास डिग्री सेल्सियसको तापक्रमले पोलेपछि,उखुं भएपछि सोध्न बाध्य छन् I कहिल्यै हिलो नछुने हातहरुमा हरियो चुरा र मेहंदी किन ? यो सवाल त अधिकारको रे नारी पहिचानको रे नारी श्रृंगारको रे अनि, सामाजिक स्तरको झङ्कार रे यति नभए महिला अधिकारको सम्मान हुँदैन रे […]

  • कविताइतरको बाटो

    सम्पादकीय  भूटानको नेपाली साहित्यमा कविताइतरका विधामा धेरै कम कृतिहरू छापिएका छन् । धेरै लेखिएको र छापिएका सिर्जनामा कविता र गजल पर्दछन् । पछिल्लो केही वर्ष यता त्यसमा केही परिवर्तन आएको […]

  • पर्खाइ

    टीका ढुङ्गाना विनसाेर, क्यानाडा जिन्दगीमा केही पाउनु छ भने, केही गुमाउनु पनि छ केही सपना देख्नु छ भने, त्यसलाई पुरा गर्नु पनि छ। सजाऊ ती सपनाहरूलाई, जसरी सृजना सजाइन्छ ती […]

  • कोरोनाभन्दा खतरनाक छ जातीय विभेदको मुद्दा

    सम्पादकीय मानवजाति जति नै सचेत र विकसित भएता पनि स्वभावगत विभेदको दास हो। यो विभेद चाहे धार्मिक, साम्प्रदायिक, राजनैतिक, आर्थिक या जातीय कुनै पनि प्रकृतिको होस्, हानिकारक नै हुन्छ। अरू […]

  • आइसोलेसनको पुकार

    इन्जिनियर राकेश कार्की लस एन्जलस,अमेरिका मैलो छ ओछ्यान फोहोर दुर्गन्ध छ वरिपरि आइसोलेसन वार्डमा अब बस्ने हो के गरी सङ्क्रमित सारा बथानलाई सामूहिक धारा कैले ढोका भाँच्चिएको शौचालयमा पालो कुरी […]

  • सम्पादकीय: सङ्क्रमणको बेलामा सृजना र पठन संस्कृति

    गोला/बारुद र अत्याधुनिक हतियारको प्रयोगले पलभरमै विश्वलाई ध्वस्त पार्न सक्ने मानवजाति आज एउटा अति सूक्ष्मभन्दा सूक्ष्म विषाणु [भाइरस]देखि आजित भएको छ । हारेको छ । यो त्रासदीपूर्ण कालखण्डमा सम्पूर्ण मानवजाति […]

  • गजल – ४८१

    प्रेम उप्रेती (पिपलटारे) न्युयोर्क, अमेरिका मेरो  प्यारो  साथी   अचेल   बोतल  भएको  छ बिग्रियो नासियो सकियो रे, हलचल भएको  छ । मध्य रातमा  भट्टी  बाहिर  लर्बराउदै  कराउँदा शान्त टोल […]

  • गजल – ४८२

    अनन्त आचार्य अस्ट्रेलीया स्निग्ध हृदय हे मेरी ! चोरी लगेउ पीरमा । घायल भई लौ फेरि चोरी लगेउ  पीरमा ॥ छाती चिरेर मायालु मनै लग्यौ नि छीनमा । मोहनी रूपले  […]

  • डा० ढकालको ‘वासदेखि पुनर्वाससम्म’को अनलाइनमा लोकार्पण गरिने

    विश्वव्यापी कोरोना भाइरस महामारीले मानवलाई मात्र प्रभाव पारेको छैन I यसले सम्पूर्ण प्रकृति लगायत प्रकाशित कृतिहरूलाई पनि बन्दी भएर बस्न बाध्य गरायो I विगत मार्च २२ तारिकका दिन लोकार्पण गर्न […]

  • सम्पादकीय: डटकम बाह्रवर्षमा प्रवेश

    Bhutaneseliterature.com आज बाह्रौँ वर्षमा प्रवेश गरेको छ । बाह्रौँ वर्ष प्रवेश गरेको अवसरमा हामी हाम्रा आदरणीय लेखक तथा पाठकवर्गलाई आभार व्यक्त गर्न चाहन्छौँ । हाम्रा लेखक तथा पाठकवर्गको अपार माया […]

  • मुगलान बारे मेरो भनाइ

    डा. कमला साङ्कृत्यायन दार्जिलिङ, भारत (डा. कमला साङ्कृत्यायन (सन् १९२०–२००९) महापण्डित राहुल साङ्कृत्यायनकी धर्मपत्नी स्वयम् पनि एक सुविख्यात स्रष्टा,समीक्षक र साहित्य साधक हुन् । ४० वर्षअघि उनलाई भेट्न म दार्जिलिङ […]

  • हामी लकडाउन

    हामी लकडाउन बादल ओमाहा,नेब्रेसका कहिले परिवारका निम्ति समय नहुने जहिले बिजी जहिले बेफुर्सद I म आमा हुँ , मेरो पनि इच्छा थियो चाहना थियो मेरो परिवारलाई पेटभर खाना दिने चुलो-चौकाको […]

  • जन्मभूमिदेखि कर्म भूमिसम्म

    गङ्गाराम रिजाल टेनिसी,अमेरिका थियो सानो गाऊँ प्रकृतिमय शोभा वरिपरि बसेको बेसी हो गृहनगर हेर्दै दिनभरि।। सबै खेती बाली रसमय थियो अमृत घडा । कुनै बेला आयो कठिन दिलको मानव खडा […]

  • स्वास्थ्यकर्मीलाई सम्मान

    खगेन्द्र भण्डारी जन्तरे ओहायो, अमेरिका (छन्द: शार्दूलविक्रीडित ) यो संसार म जित्न सक्षम भनी बोल्ने  अहङ्कारले सानो सुक्ष्म विकीर्ण भाइरसले  थाकेर  जम्मै  गले । मान्छेले धरती र मृत्यु वशमा  राखेर  के  […]

  • गजल – ४८०

    डिल्लु चम्लागाई ओहायो, अमेरिका किन हो किन ? अधर पटक्कै मुस्कुराउन सकेन सबै सुम्पिए पनि दिलले  पिरती  बचाउन सकेन । जतन गरेर हुर्काएको  सन्तानले चोट सहनुपर्‍यो सम्झेर आमाका गहले ती […]

  • यादहरू

    ओम पोख्रेल क्यानाडा तिम्रा यादहरूमा म बॉंचिरहूँ मेरा यादहरूमा तिमी बॉंचिरहूँ हामी बिचको यो प्रेम सधैँ बाँचिरहोस् हामी यादहरूमा अमर रहूँ आज वर्षौँ भो तिमीसँग छुट्टिएको तर पनि मेरा सम्झनाहरूमा तिमी […]

  • जीवन

    डिल्लीराम विष्ट अष्ट्रेलीय   एउटा दियो जसरी बल्छ उसरी नै जीवन चल्छ आत्मा तेल बाती छ मन दियो भाँडो भए छ तन तेलले दियो खोज्छ बस्ने ठाऊँ जलाउँछ बातीलाई भई […]

  • गजल – ४७९

    बहादुर वालिङ राई मेरिल्यान्ड, अमेरिका मीठो   मिलन  अघि  क्षितिजजस्तै  दुरी  हुनुपर्छ प्रेम  अमर  रहन  थोरै  दुरी  र  मजबुरी  हुनुपर्छ । हो ! म अपराधी हो सत्य बोल्नु अपराध  हो […]

  • सिर्जना यस्तो हुनु पर्छ !

    गोविन्द लुईटेल ओहायो, अमेरिका वसन्तमा हरेक फुल फुले झैँ हर सिर्जना फुल्न सक्नु पर्छ हरेक मन मस्तिष्कमा सुवास छर्न सक्नु पर्छ सिर्जना यस्तो हुनु पर्छ ! सबै गलाहरूले उनेर लाउन […]

  • यतिराज अजनबीको भिरालै भिरालो गीतको म्युजिक भिडियो सार्वजनिक

    पछिल्लो एक दशकमा भूटानी गीत–सङ्गीत क्षेत्रमा थुप्रै प्रतिभाहरू उदाएका छन् । त्यसै भीडमा उदाएको एउटा नाम हो यतिराज अजनबी । अजनबीको शब्द रचना रहेको ‘अजनबी’ गीति एल्बम सन् २०१८ को […]

  • कृति परिचय १६ :- परिवेश रोएको बेला (मुक्तक सङ्ग्रह)

    कृति:        परिवेश रोएको बेला विधा:        मुक्तक सङ्ग्रह लेखक:     स्व० राकेश काफ्ले संस्करण: पहिलो, २०१७ प्रकाशक: पाथीभरा ज्वेलर्स, कोलम्बस विश्वभरि छरिएर बसोबास गर्दै […]

  • लेखककी छोरी:- सिंहावलोकन गर्दा

    मदन दुलाल पेन्सिल्भिनिया, अमेरिका ‘लेखककी छोरी’ सामाजिक विषयवस्तुमा आधारित कथा हो । जे एन दाहालको प्रथम प्रयास भएपनि यो कथाकृति पढ्दै गर्दा पहिलो प्रयास मात्र भएको आभास हुँदैन । आन्तरिक […]