Poetry

  • विवादित समय कि म ?

    जे.एन दाहाल, म्यासाच्युसेट्स, अमेरिका “हरी बोल हरी बोल” भन्ने यी जिब्राहरुले लड्दै उठेर हिड्ने तिग्राहरुले खुलाई  भित्री पर्दा उघार्ने आज व्याक्तिविशेष आरोप लगाउने ?   मौनताबाटै गरी संरचना गर्दैछु म […]

  • यसपालिको चाड

    डम्बर घिमिरे- एडिलेड दक्षिण अष्ट्रेलिया ऋतुको भिरालो पाखाबाट ओरालो लाग्दै चाडबाडको पहिरो निरन्तर बगेर कसैको इच्छा ओइलायो, कोषौँ दूर क्षितिज पारिका आफन्तको झिनो आशैआशमा आँखा ओछ्याएर बाटोभरि चुहूलो चम्को सुस्ताएको ट्वालट्वाल्ति […]

  • मेरो टोपी नझिक

    मैले महँगो किनेको ढाका टोपी यो मेरा संगीले बलिदान दिएको चिनो कृपया नेपाली टोपी फुकाउ नभन मेरो भाषा र संस्कृति अपरिचित नगन मेरा अग्रज नेपालित्व लिएरै मरे मेरा भावी पिडीलाई […]

  • उनी र म

    अहा त्यो रात जब म उनको साथ थिएँ बास्नाहरु यौवनका ह्वारह्वार्ती पोखिएर उनको कोमल बदनमा लठ्ठै परेका थिए आतुर ओठहरु तँछाड र मछाड गर्दै चुम्बनका गुच्छाहरु बर्साइरहेका थिए । सागर […]

  • भन्नुहोस् महाशय, मेरो देश कस्तो छ?

    केसी सान्दाइ एडिलेड, अष्ट्रेलिया भन्नुहोस! महाशय!! मेरो देश कस्तो छ? पूर्व धनसिरीदेखि पश्चिम जलढक्कासम्म मन्त्रमुग्ध भई लहर लागेका पिलरहरू युध्द हारेर थाकेका सिपाही जस्तै बाँमे सर्दै-सर्दै नेपाल पसेकाबेला! महाशय! तपाईँ […]

  • कहिल्यै नथाक्ने घाउ

    वोस्टन, अमेरिका यो हिँड्ने पाउको पीडा त के पीडा हो र डाक्टर साब ? वास्तविक पीडा त छातीमा छ बढिरहेछ जसको राप दिनदिनै मेरो खुट्टाको त उपचार हुन्छ तिमी नै […]

  • बेथितिको उत्सव अर्थात् बर्थडे उत्सव

    किन गरिन्छ यो बेथितिको संस्कार बर्थडे उत्सव- न मिल्छ बार, समय र पूर्ण मुहूर्त यदि मिल्यो भने पनि अवश्य नै साल त मिल्दैन नि हो ! सबैलाई थाहा छ बितेको […]

  • पागल उपमा

    खुल्ला आकाश तोड्ने  अनि धर्ती सब माझ छोड्ने यस्ता बकमफुसे कुरा मैले कसैसँग बोल्या छैन, खोल्या छैन तर पनि जिन्दगीले कहिले उकाली र ओराली खेदाउँदा लड्दै, उफ्रँदै,  कराउँदै भाग्ने त […]

  • भानु, आऊ फेरि

    भानु, आज तिम्रो जन्मजयन्तीले मेरो खोसिएको देश सम्झायो लुटिएको गाँस सम्झायो खाटा बस्न लागेको घाउ फेरि बल्झाई दियो शायद फाटो परिसकेका मनहरू अब एक बनाउनलाई होला दुखेको मनमा अझ प्रसवपीडा […]

  • रियालिटी शोसँग साक्षात्कार

    – भीम ठटाल, सिक्किम   रोग अनि भोकग्रस्त नानीहरु सडकछेऊ मर्दैछन् सिने स्टार अनि सुपर मोडेलहरुका यिनीहरुलाई बचाउने च्यारिटी कसमसँगै रोग अनि भोकग्रस्त नानीहरु सडकछेऊ मर्दैछन् । समयले सबै कुराहरुको खेती गरेको […]

  • होशियार यात्रीहरु

    होशियार यात्राका यात्रीहरु ! यत्रतत्र जिन्दगीहरु संघर्षरत मान्छेहरु, छरपस्ट मनहरु पल -पलको हरक्षणको होशियार ! गन्तव्ययात्रा बाटैमा टुंगिएला हाँस्दा-हाँस्दै दुईथोपा आँशु झर्ला मात्तिएका साँढेहरु डुक्रँदै आउलान् भोका गिद्धहरु झँम्टदै आउलान् […]

  • भुइँमान्छे

    रुख भइसकेको भुँइमान्छेको फेदमा बिहानबिहान आची गर्छ सरकार अंग्रेजी अनुवादको दोस्रो संस्करणमा आएका कल्चुँडाहरू खोतल्छन्‌ । कसलाई गन्हाउँछ फोहोर? यो जुन फोहोर छ त्यहॉंबाट निस्किएको लामखुट्टे पार्टी कार्यालय, न्यायालय, संसद […]

  • यो नजरमा

     जेएन दाहाल- मेसाच्युसेट्स-अमेरिका;      समय जस्तै एक नासले बगी रहने गंगा, जल या  पानी शब्दहरु अनेक अहंकारविहीन त्यो मोहित मुहार हजारमा एक, विचारमा अनेक ।   सफा अनि निस्वार्थी भावानारहित एक पात्रमा छ, गुण  र विवेक नियाली कर्म  हेर्ने आज भोलि छन् पराइ अनेक, आफन्त एक गंगा, जल या  पानी शब्दहरु अनेक हजारमा एक, विचारमा अनेक ।।

  • यो इतिहास सन्ततीलाई सुनाउनुपर्छ

    सात समुद्र पारिको भूगोलमा बादल पारिको देशमा ! जुन देशको मानचित्रमा मेरो एउटा गाउँ छ त्यो देश, त्यो गाउँ, म चाहेर पनि भुल्न सक्दिन । सपनीमा पनि त्यही गाउँको, त्यै […]

  • सियो र धागो

    जेएन दाहाल- मेसाच्युसेट्स-अमेरिका सधैं सियोमा धागो उनिन्थो धागाहरु सियामा खुरु खुरु पस्थे तर, अब समय बदलियो, क्रमहरु बदलिए, धागामा सियाहरु उनिँदैछन् धागाहरु पर्खिरहन्छन, भने सियाहरु एकपछि अर्को गर्दै पसिरहेछन् ! […]

  • प्रियः बन्द आँखी-झ्याल खोल न

    डूकनाथ नेपाल, गान्तोक/सिक्किम-   वर्षौं भएन र अब त, तिमी र म यहाँ आएको ? यो खोली जस्तो घर, माचिसका डिब्बाजस्ता कोठाहरु, यही कोठाको सामुन्ने खुल्ने, एउटा नक्काशीदार ढोका, त्यही […]

  • घर, भूकम्प अनि राजनीति

    भीम ठटाल, सिक्किम-   भूकम्प अति सत्य हो अनि भूकम्प आउनु झन सत्य हो- मृत्युजस्तै ! भूमिले जब आफूभित्र अतिसय ताप अनि आक्रोश बोकेको हुन्छ फुटेर सुन्दर फूल फुले जस्तै […]

  • म जीवन रोप्छु

    तेजमान रायका, जर्मनी- अनिश्चित प्रायः रात ! अट्टहासपूर्ण रात ! मध्य रातमा ऐठन हुन्छ म ब्यूँझन खोज्छु एउटा ठूलो साहसपछि मेरो चेतना खुल्छ तर अन्धकारमा किम्कर्तव्यबिमूढ हुन्छु ! निदाएको बेला […]

  • एकछिन बुद्ध

    चुल्हाको दाउराबाट झिलिलि झिलिलि झिल्काहरू जोड जोडले रिसाउन थालेपछि म पत्कर, घर छोडेर भागेको हुँ, एकछिन । एकछिन त हो तुफानको चुरिफुरी एकछिन त हो छालको रवाफ, एकछिन त हो […]

  • एउटा व्यूरोक्र्याटको दिनचर्या

    भीम ठटाल, सिक्किम-   रातभरि असिना र हुरीले कति घर-बाली नाशेको अमिSSSSलो घुट्की निल्दै भर्खरै जिल्ला प्रशासनमा सरुवा भएको म व्यूरोक्र्याट बिहानै ब्युँझिन्छु ।   दिउँसो कार्यालयमा त्येही युवक आफ्नो […]

  • ‘हिजो जस्तै आज उस्तै’

    जेएन दाहाल- मेसाच्युसेट्स-अमेरिका माया जस्तै, छायाँ उस्तै तिमी साँच्चै छौ दुरुस्तै हिजो जस्तै आज उस्तै पवित्र त्यो गंगा जस्तै ! खेल्छौ सधै कुस्ती देखिन्छौ तनदुरूस्तै बायाँ जस्तै, माया उस्तै तिमी […]

  • तिम्रो खोजीमा

    आशाका किरणहरु बटुलेर सुस्त सुस्त आँसुका ढिका समेटी तिम्रो खोजीमा बेताब यी नजरलाई अब छेक्दैनन् अन्धकार बादलहरुले रोक्दैनन् अग्ला टाकुराहरुले- हराउने छैनौ तिमी निभेका बत्तीहरूबीच मुस्कानको एउटै टुक्रा नभए के […]

  • चिताको आगो साँच्चै तातो हुँदोरहेछ

    आजको यो कविता म एउटा आदिम बस्तीमा उभिएर लेख्दैछु। मलाई यो कविता लेख्न पटक्कै मन थिएन म चाहन्थेँ- यति बेला म तिमीलाई सम्झँदै केही रोमान्टिक बनौँ प…र क्षितिजमा डुब्दै गरेको […]

  • म्याराथन दौडभित्रको जिन्दगी

    सञ्चमान खालिङ पीए / अमेरिका १ भाटीको तालमा दम फेर्छ छाती एक पछि अर्को गोरेंटो हुँदै कहाँ छुट्यो कहाँ देउराली र छोर्तेनहरु त्यो क्षितिजलाई सोध उसले देखेको छ मैले त […]

  • परिवर्तनको झूर कुरा

    यतिराज अजनबी एड्लेड अस्ट्रलिया देशबाट लखेटिँदा पहिलो पल्ट गाडी देख्ने घ्याब्रिंग काका जम्बो जेट चढेर विश्व भ्रमणमा निस्केकाछन् , छिमेकीको बच्चाले ललिपप खाएको देखेर आमाबाको टाउको खाने नानीहरू झगडा गर्न छाडिसकेकाछन् […]