Category: Writers

  • ती शहीदहरुलाई के खबर सुनाइदिनु

    देबी सुवेदी-पेन्सिलभेनिया-अमेरिका नेताभन्दा  पार्टी धेरको इतिहास दोहोरिने खबर सुनाइदिनु सेवकभन्दा संस्था धेरको ताजा खबर पुऱ्याइदिनु  । जनताभन्दा पार्टी ममताको इतिहास दोहोरिने खबर सुनाइदिनु समाजभन्दा संस्था ममताको ताजा खबर पुऱ्याइदिनु  । […]

  • विवादित समय कि म ?

    जे.एन दाहाल, म्यासाच्युसेट्स, अमेरिका “हरी बोल हरी बोल” भन्ने यी जिब्राहरुले लड्दै उठेर हिड्ने तिग्राहरुले खुलाई  भित्री पर्दा उघार्ने आज व्याक्तिविशेष आरोप लगाउने ?   मौनताबाटै गरी संरचना गर्दैछु म […]

  • यसपालिको चाड

    डम्बर घिमिरे- एडिलेड दक्षिण अष्ट्रेलिया ऋतुको भिरालो पाखाबाट ओरालो लाग्दै चाडबाडको पहिरो निरन्तर बगेर कसैको इच्छा ओइलायो, कोषौँ दूर क्षितिज पारिका आफन्तको झिनो आशैआशमा आँखा ओछ्याएर बाटोभरि चुहूलो चम्को सुस्ताएको ट्वालट्वाल्ति […]

  • गजल-२६१

    झगेन धिमाल मेल्बोर्न, अष्ट्रेलिया मौलाए समाजमा किटाडु, अब मार्ने कसरी? झनै तर्क्यो अझै टासिन्छ, पर सार्ने कसरी? समाज होस् या घरपरिवार, छिरिसक्यो सबै भित्र अझै चुपचाप सहन्छौ कति? बरु खोला […]

  • मेरो टोपी नझिक

    चरण बजगाईं मेरिल्याण्ड, अमेरिका मैले महँगो किनेको ढाका टोपी यो मेरा संगीले बलिदान दिएको चिनो कृपया नेपाली टोपी फुकाउ नभन मेरो भाषा र संस्कृति अपरिचित नगन मेरा अग्रज नेपालित्व लिएरै […]

  • सपना बनी आयौ तिमी

    राकेश काफ्ले बोस्टोन, अमेरिका मध्ये रात अँधेरीमा,सपना बनी आयौ किन? थाकिसकेको यो घाउमा, नुनचुक लायौ किन? +++ सपनाझैँ विपना भए, कस्तो मिठो हुन्थ्यो होला, यी नजरले त्यो रूपलाई, दुरीबाटै चिन्थ्यो […]

  • केही रुबाईहरु

    जे.एन दाहाल मासाचुसेट्स अमेरिका निदाउन सकिन म , लास देखेँ सपनीमा भोका अनुहारहरुको त्रास देखेँ सपनीमा पुरै संसारमा ,एक्लै भए जस्तो लाग्दा सायद जिन्दगी उदास देखेँ सपनीमा। डाडाले घामलाई डाकी सक्यो […]

  • उनी र म

    टेक भण्डारी एडिलेड, अष्ट्रेलिया अहा त्यो रात जब म उनको साथ थिएँ बास्नाहरु यौवनका ह्वारह्वार्ती पोखिएर उनको कोमल बदनमा लठ्ठै परेका थिए आतुर ओठहरु तँछाड र मछाड गर्दै चुम्बनका गुच्छाहरु […]

  • गजल-२६०

    झगेन धिमाल मेलबोर्न, अष्ट्रेलिया आयो दसैँ तिहार आयो पक्कै खुसी छाउँदै होला गाउँ भरी रंगिचंगि राता टिका लाउँदै होला ।। कुर्दै होलान् आमा बुबा पक्कै छोरो आउँछ भनी पल्ला घरे […]

  • भन्नुहोस् महाशय, मेरो देश कस्तो छ?

    केसी सान्दाइ एडिलेड, अष्ट्रेलिया भन्नुहोस! महाशय!! मेरो देश कस्तो छ? पूर्व धनसिरीदेखि पश्चिम जलढक्कासम्म मन्त्रमुग्ध भई लहर लागेका पिलरहरू युध्द हारेर थाकेका सिपाही जस्तै बाँमे सर्दै-सर्दै नेपाल पसेकाबेला! महाशय! तपाईँ […]

  • कहिल्यै नथाक्ने घाउ

    राकेश काफ्ले वोस्टन, अमेरिका यो हिँड्ने पाउको पीडा त के पीडा हो र डाक्टर साब ? वास्तविक पीडा त छातीमा छ बढिरहेछ जसको राप दिनदिनै मेरो खुट्टाको त उपचार हुन्छ […]

  • डेन्जोम साम्पाङसंग रमेश गौतम

    डेन्जोम साम्पाङ लामो समयदेखि कलम चलाउँदै आएका भूटानी स्रष्टा हुन्। साहित्यलाई मन र मस्तिष्कको फ्युजन मान्ने साम्पाङको भर्खरै स्वीकारोक्ति नामक एउटा साहित्यिक सिद्धान्तको पुस्तक बजारमा आएको  छ। स्वीकारोक्ति एउटा साहित्यिक अभियान पनि हो। […]

  • बुढो रूख

    तेजमान रायका   मेरो पुर्ख्यौली पाखा- र खेतबारीबीचमा एउटा बुढो रूख उभिएको छ । त्यो रूखको सेपले मेरो पुरै जमिन भरि कहिल्यै कुनै बाली सप्रन सकेन । यो रूखले न […]

  • पागल उपमा

    खुल्ला आकाश तोड्ने  अनि धर्ती सब माझ छोड्ने यस्ता बकमफुसे कुरा मैले कसैसँग बोल्या छैन, खोल्या छैन तर पनि जिन्दगीले कहिले उकाली र ओराली खेदाउँदा लड्दै, उफ्रँदै,  कराउँदै भाग्ने त […]

  • भानु, आऊ फेरि

    तेजमान रायका-जर्मनी भानु, आज तिम्रो जन्मजयन्तीले मेरो खोसिएको देश सम्झायो लुटिएको गाँस सम्झायो खाटा बस्न लागेको घाउ फेरि बल्झाई दियो शायद फाटो परिसकेका मनहरू अब एक बनाउनलाई होला दुखेको मनमा […]

  • यो नजरमा

     जेएन दाहाल- मेसाच्युसेट्स-अमेरिका;      समय जस्तै एक नासले बगी रहने गंगा, जल या  पानी शब्दहरु अनेक अहंकारविहीन त्यो मोहित मुहार हजारमा एक, विचारमा अनेक ।   सफा अनि निस्वार्थी भावानारहित एक पात्रमा छ, गुण  र विवेक नियाली कर्म  हेर्ने आज भोलि छन् पराइ अनेक, आफन्त एक गंगा, जल या  पानी शब्दहरु अनेक हजारमा एक, विचारमा अनेक ।।

  • गजेको बाँसुरी

    (कथा) बुद्धमणि ढकाल-अमेरिका;  गजे दिनभर गाई-वस्तु चराउन जङ्गल जाने गर्थ्यो र बेलुका ती वस्तुको लामो ताँती अघि लगाएर घर   फर्कन्थ्यो । तल राते र सेती खोलाको दोभानमा गजेको बाँसुरी सुनेपछि डाँडामा […]

  • यो इतिहास सन्ततीलाई सुनाउनुपर्छ

    तेजमान रायका-जर्मनी सात समुद्र पारिको भूगोलमा बादल पारिको देशमा ! जुन देशको मानचित्रमा मेरो एउटा गाउँ छ त्यो देश, त्यो गाउँ, म चाहेर पनि भुल्न सक्दिन । सपनीमा पनि त्यही […]

  • सियो र धागो

    जेएन दाहाल- मेसाच्युसेट्स-अमेरिका सधैं सियोमा धागो उनिन्थो धागाहरु सियामा खुरु खुरु पस्थे तर, अब समय बदलियो, क्रमहरु बदलिए, धागामा सियाहरु उनिँदैछन् धागाहरु पर्खिरहन्छन, भने सियाहरु एकपछि अर्को गर्दै पसिरहेछन् ! […]

  • गजल २५८

    डोम काफ्ले-अष्ट्रेलिया   पिउँदा-पिउँदै जिन्दगीकै नशामा उ पर्‍यो भन्दिनु सिउँदै थियो जिन्दगीको चोला अन्तै सर्‍यो भन्दिनु   खुशी चुम्न जिन्दगीको सिखर चड्छु भन्दैथ्यो उ चड्दा-चड्दै जिन्दगीकै खाल्डोमा उ पर्‍यो भन्दिनू   बिहान्, दिउँसो बेलुका उ जिन्दगीलाई बाल्दै थियो समयको फड्केबाट उस्ले साँघु तर्‍यो भन्दिनू   संघर्षको उपवनमा गुलाब, बेली र चमेली सार्दा-सार्दै फुलसरि एक् साँझ  उ झर्‍यो भन्दिनू   किन्यो वैंश, माटो किन्यो, किन्दै थियो जिन्दगी नै आयुको मोल् गर्नै नपाई झोला उसले भर्‍यो भन्दिनू   बाँच्दा-बाँच्दै जिन्दगीकै नशामा उ पर्‍यो भन्दिनू साँच्दा-साँच्दै जिन्दगीकै दशामा उ पर्‍यो भन्दिनू…

  • म जीवन रोप्छु

    तेजमान रायका, जर्मनी- अनिश्चित प्रायः रात ! अट्टहासपूर्ण रात ! मध्य रातमा ऐठन हुन्छ म ब्यूँझन खोज्छु एउटा ठूलो साहसपछि मेरो चेतना खुल्छ तर अन्धकारमा किम्कर्तव्यबिमूढ हुन्छु ! निदाएको बेला […]

  • ‘हिजो जस्तै आज उस्तै’

    जेएन दाहाल- मेसाच्युसेट्स-अमेरिका माया जस्तै, छायाँ उस्तै तिमी साँच्चै छौ दुरुस्तै हिजो जस्तै आज उस्तै पवित्र त्यो गंगा जस्तै ! खेल्छौ सधै कुस्ती देखिन्छौ तनदुरूस्तै बायाँ जस्तै, माया उस्तै तिमी […]

  • गजलः २५७

    कृष्ण भण्डारी ‘काईलो’; आइडाहो, अमेरिका   नेटवर्क खराब कि तिमी-टेलिफोन काम आएन, नेपालैमा रह्यौ तिमी यूएसए-मा घाम आएन । अरु कति धेरै जना यतै आउने प्रोसेसमा छन्, प्रत्येक जिल्ला खोजी […]

  • ‘भूपाली’ शब्दबारे केही प्रसंग

    भक्त घिमिरे केही दिनअघि एकजना मित्रले एउटा सामाजिक सञ्जालमा एक भारतीय इतिहासकारले सन् २००९ मा हामीलाई ‘भूपाली’ भनी सम्बोधन गरेर पुस्तक लेखेको बताउँदै प्रतिक्रिया जनाएका थिए । यतिमात्र हैन, केही […]

  • तिम्रो खोजीमा

    उमा गौतम अमेरिका आशाका किरणहरु बटुलेर सुस्त सुस्त आँसुका ढिका समेटी तिम्रो खोजीमा बेताब यी नजरलाई अब छेक्दैनन् अन्धकार बादलहरुले रोक्दैनन् अग्ला टाकुराहरुले- हराउने छैनौ तिमी निभेका बत्तीहरूबीच मुस्कानको एउटै […]

  • चिताको आगो साँच्चै तातो हुँदोरहेछ

    रमेश गौतम नर्वे आजको यो कविता म एउटा आदिम बस्तीमा उभिएर लेख्दैछु। मलाई यो कविता लेख्न पटक्कै मन थिएन म चाहन्थेँ- यति बेला म तिमीलाई सम्झँदै केही रोमान्टिक बनौँ प…र […]