Category: Poetry

  • मनका कुरा

    -विद्या शर्मा-काठमाडौ/ नेपाल शब्दमा उत्तर चाहेको हैन शब्दमै प्रश्न सोधेको छैन हिक्का पठाई बोलाउँछु आँखाले नै बात मार्छु शत्रु झैँ छ यो दुनियाँ हाम्रो हर ईशाराले गफ गर्छु आगो तिमी […]

  • मामाघर

    तारा पराजुली-मोरङ/ नेपाल यही घर हो जहाँ मेरी आमाले कलिलो इतिहास लेखिन् । आमाले पहिलो श्वास फेरेको हावा अझै यिनै पोथ्राहरुमा अल्झिएको होला यहीँ खसेको हो आमाको आँखाबाट पहिलो थोपा […]

  • समुन्द्र अलि माथि सरी दिए हुन्थ्यो

    म जन्मेको देशले समुन्द्र नछोएकै कारण परायको दासत्व स्वीकार्नु पर्यो मेरो जस्तै जिब्रा भएका कयौं तल्लो दर्जाका मान्छे बनी सर्वस्वहरणको बिल्ला भिर्नु पर्यो ! म हुर्केको अर्को देशले समुन्द्र नछोएकै […]

  • आत्मीयता

    सञ्जीव श्रेष्ठ-काठमाडौ हरेक बिहान एलेन्सबर्गको चौरमा म, सँगै चरिरहेको घोडा हेर्दैछु सेतो अनि रातो रंगको ती दुवै रंगभित्रको एक म, आफूलाई पाउँदथें फरक थियो त केवल ती दुई अनि म […]

  • अँजुलीभरिका फूलहरू

    तारा पराजुली-मोरङ / नेपाल ए सप्तकोसीका किनारहरू कतिन्जेल बस्छौ चुपचाप यसरी भन न ऊ कहिले आउने होला ? यो मनको राजमार्गै राजमार्ग भएर यो बाटोभरि पैतालाले लेख्दै त्यो हरियो दहमा […]

  • मेरो देश, मेरो नेपाल

    दिव्या आचार्य काठमाडौँ, नेपाल मेरो देश, मेरो नेपाल हिमश्रृङ्खला अनेक छन् जहाँ, छन् नदी नाला प्रकृतिले घेरेको छ जहाँ मेरो जन्म भयो त्यहाँ मेरो देश, मेरो नेपाल । हरियो डाँडाले […]

  • धमेन्द्रको बैली बाख्रो

    शिवलाल दाहाल केन्टकी, अमेरिका एउटा बैली बाख्रो छ मासु माग्ने मान्छे थुप्रै छन् गाउँमा धमेन्द्र बुढालाई बडो सकस छ क–कसलाई पुऱ्याउनु ! एउटालाई दियो अर्काको मुख बाङ्गो नदिनु पनि भएन, […]

  • छोरा जन्मिएको दिन

    तारा पराजुली/ मोरङ-नेपाल छोरा ! यसैगरी शुरु भएथ्यो एउटा शरणार्थी गुणबाट मेरो दैनिकी ! अपरिचित जस्तो लाग्ने परिचित भएको छु अचेल भान्से भनेर चिन्छन् मलाई सुविदारको भान्से ! सायदै सुन्न […]

  • गजल- ३२९

    तुलाराम ढकाल “सहयात्री” अाउँछ त्यहाँ एक दिन सुनौलो बिहानी हेर ए शासक लाग्दैछ गोली छातीमा निशानी हेर, कति मुल्यवान छन् ती धेरै निर्दोष अाँसुहरु फर्किएर एक चोटि भिजेको सिरानी हेर, […]

  • गजल-३२८

    सुदर्शन पोखरेल (कुमार) डेन्मार्क आस्थाका नाममा झुक्नेहरु धेरै छन् लक्ष्यविहिन यात्रामा भुक्नेहरु धेरै छन् अर्कालाई पिर छोडी रमाउने स्यालहरु पर्दापछाडि हेर्न लुक्नेहरु धेरै छन् आफू पनि कहाँ छु उसैलाई था´छैन् […]

  • भानु

    दिव्या आचार्य काठमाडौँ, नेपाल भानु तिम्रो सम्झनामा हिमाल हाँसिरहन्छ तिम्रै सम्झनामा डाँफे नाँचिरहन्छ २९ गते तनहुँमा जन्म लियौ तिमीले धेरै कृति लेखी सबको मनमा जग्गा बनायौ तिमीले घाँसीको प्रेरणाले लेख्न […]

  • लाखे है !

    माराम्लोङ साम्पाङ उत्तम राई सिन्सिनेटी, अमेरिका हौ नानी ! कहाँ हो कता हो… ? तिमीलाई देखेँ देखेँ जस्तो लाग्छ कहीँ कतै तिमीसँग पक्कै भेट भा’कै हो मेरो- अँ ! आइतबारे […]

  • माखो

    रूप पोखरेल अमेरिका विकसित जीव जगतको एक सदस्य तँ विकसित पंतीको जीवमै गनिन्छस् सबै आ-आफ्नै तरिकाले भिन्न छन् तिनीहरू भिन्न छन्, म र म जस्ता भिन्न छन् तर, तँ भने […]

  • नलेखिएको एउटा कविता

    तारा पराजुली मोरङ, नेपाल बाँधेर कठोर साङ्लाले लिन आइपुग्छ अतीत प्रेमको आदिम चौतारीमा जहाँबाट लगभग अन्तिम पटक छुट्टिएका थियौँ हामी उस्तै छुइनँ आज म भिजेको छ जीवनको किताब ओसिएका छन् […]

  • म स्काफोल्डर

    हरि पराजुली  झापा-नेपाल थोरै आशा धेरै भरोसा धेरै मेहनत थोरै प्राप्ति एउटा शून्य बस्तीहरुबाट एउटा भीड सल्बलाउँछ त्यही भीडमा म हराउँछु कहिले यता, कहिले उता असफल घेराहरु तोडेर लम्कन्छु  लमतन्न … सुदर्शन चक्र झैँ घुम्छ  ‘स्पानर’ नियमित सिर्फ हातका औंलाहरुमा आकाशमा देवताहरु बस्छन् रे, म आकाश छेड्ने प्रयासमा छु ‘स्टेन’ बढ्छ आकाशतिर मानौं, अब आकाश छेडिने छ, उदांगो बन्नेछ  पृथ्वी खस्नेछन् देवताहरु आकाशका यत्र तत्र … लाखेश ! म वार्ता गर्ने  छु ती निर्दयी देवताहरुसँग मिटिङ्ग गर्ने छु , के देवताहरुमात्र माथिल्लो तहमा मोज गर्ने ? खोइ हामी निरीह मान्छेहरूको बाँच्ने आधार ? खोइ हामी स्थिर मान्छेहरूको चढ्ने सिँढी ? कहाँ छन् मान्छेहरुमा स्वतन्त्रताका स्वर्गहरु ? के हामीमा स्वर्ग प्राप्त गर्ने अधिकार छैन ? म स्वर्ग जाने एक्सिस ल्याडर बनाइरहेछु […]

  • बाटुलो

    काँशी घिमिरे, भर्मोन्ट, अमेरिका गोल नीलमणी अपार संसार सागर, बसेको छ पृथ्वी समेदन सिन्धुमा बिचित्र ! माछा, कछुवा, गंगटा र बिच्छी आकारमा, फैलेको भुङ्ग्रो किरण कतै परिष्कृत शिखरहरू । अष्टबक्र […]

  • भूटान सरकार – तिमी धन्य छौ

    सुदर्शन पोखरेल डेन्मार्क भूटान सरकार तिमी कति धन्य छौ, सोच्यौ होला तिमीले हाम्लाई दुख मात्र देऊ, तर होइन तिमीले आफ्नो घर बिगार्‍यौ, छिमेकी हसायौ, विश्वलाई थाङ्नामै सुतायौ, जनता खेदाइ खुसी […]

  • अब शरणार्थी नबनाऊ

    बलि भट्टराई (माया), केन्टुकी-अमेरिका     शरणार्थी भन्ने अब कहिले सम्मलाई हो यो उपनाम, मागी खानु पऱ्या छ सधैँ, गरौँ भने छैन केहि काम   घरबार छैन,देश छैन-छैन खाने बस्ने […]

  • धेरै बाँच्नु छ

    माराम्लोङ साम्पाङ उत्तम-सिन्सिनिटी/ओहायो आफन्त पराई अनि पराई आफन्तको बीचमा आशा बाँच्न नजानेर लथालिङ्ग हिँडीरहेको एक बिसञ्चो अनुहार भनिरहेछ, ‘अझ धेरै बाँच्नु छ मलाई ।’ एक मुठ्ठी ठेलाहरूमा साटेको थोरै सन्तुष्टि […]

  • प्याज र यादहरू

    रवि खनाल मिचिगन, अमेरिका जीवनको पहाड आरोहण गर्दै गर्दा बेस क्याम्पको याद आयो कहिले डुब्दै … कहिले तैरँदै…. स्मृतिमा डुबुल्की मारिरहेँ अनायसै, अतीत एउटा मिठो मृगतृष्णा अणु अनि परमाणुको अनपेक्षित […]

  • त्यो परि

    आईपी अधिकारी एड्लेड, अष्ट्रेलिया कालो मैलो वरपर अनी पाल त्रीपाल कालो बाँस्का भाटा सबतिर छिरी बल्दथ्यो त्यो दियालो पानी पर्दा सब खलललै बग्थ्यो ओछ्यान भित्र साँझै पर्दा जुन टह टही […]

  • धर्ती फाटेको बिचित्र दृश्य

    खगेन्द्र गौतम क्यानाडा अन्धकार रातमा धर्ती हल्लिएको आभास भयो सिरिङ्ग भएको शरीर उठाउँदै, सिरानीमा रहेको तिम्रो तस्बिर हेरें कौतुहलताले मुटु जल्न थालेपछि, आफ्नै देशको खबर पढेँ । अखबारका पानाहरूमा प्रकृति […]

  • झट्ट सम्झँदा ……….

    सुदर्शन पोखरेल डेनमार्क आङ सिरिङ्ग हुन्छ्, चौहान सरको पेटि आजसम्म पनि दागै पो रहेछ्, आ था था झट्ट सम्झँदा ……………………… आङ सिरिङ्ग हुन्छ्, चौहान सरको पेटि आज सम्म पनि दागै […]

  • छ्योडेन छेत्री

    मारेम्लोङ साम्पाङ उत्तम/ ओहायो    छ्योडेन छेत्री- दोस्रो न्वरान 90 को दशकमा गरेको हो उसले ! मानवाधिकारका परेवाहरू आकाश ढाकिन्जेल उडेको हो तर बिडम्बना! ड्रयागनको हैकमवादले एउटै बस्न पाएन र […]

  • भत्किएको पुर्खौली बस्ती

    दुर्गा रिमाल अल्बेरी, अष्ट्रेलिया हिजो मेरो सपनाको झुपडी भत्किँदा लाग्थ्यो संसार भत्किएको छ तिरस्कारका बन्चराहरू प्रहार गर्नेहरूसगँको प्रतिसोधका ज्वालाहरू दन्किएको छ गुनासो माटोसँग होइन, माटो टेक्नेहरूसँग छ एक हुल तिरस्कार […]

  • मृत्युको मैदान

    एल.बि रिखाम मगर उत्तर क्यारोलिना, अमेरिका धुँवाको मुस्लोसँगै एक पोको भविष्य अलिकति बाँच्ने आशा सन्दुकीमा कैद छ मृगतृष्णा – जो भौँतारिरहेछ युगौयुगको अस्तित्व बचाउन मृत्युको मैदानमा यतिखेर हजारौँ सपनाहरू पर्खालले […]

  • भाषा संघर्ष

    नेत्र आचार्य टेक्सास, अमेरिका भाषा त्यो फुलबाटिका जमिनमा छर्दै र रोप्दै गयौं आए सास निमोठि दुर्जनहरु खोस्दै ति मोती कयौं मूलायम् नरमै शताब्दि भरिका पुस्तक् जले फाँटमा ईतिहास बगे नदी […]