Category: Poetry

  • नरकवासी

    निराश यात्री नरक भित्रको एउटा सानो कोठा उज्यालो देख्ने प्राय आशा नै थिएन आँसु र चिच्याहटका प्रत्येक पलहरू उसका अनुभवका पोकाहरूमा एकाएक बाँधिन थाले बेलाबेला यमराजको आगमन हुँदा ढोकाहरू आफैँ उघ्रन्थे, […]

  • अचेल हुँदैछ के तिम्लाई ?

    भावना गिरी क्यानाडा वैरीलाई मेरो खबर सोध्दैछौ रे एक्लै बसी मेरो तस्बिरसँग बोल्दैछौ रे खुसीभन्दा मेरो नाम रोज्दैछौ रे आधा रातमा मेरो अँगालो खोज्दैछौ रे। अचेल हुँदैछ के तिम्लाई ? […]

  • आइन्स्टाइन

    रमेश गौतम  नर्वे  आइन्स्टाइन आज सापेक्षतावादको भरभराउँदो भुङ्ग्रोमा पिसोल्टिएको छ। विगतका टुक्रा ‘संसार’हरू आँखाभरि नचाएर आफ्नो अभिशाप जन्मलाई आइन्स्टाइन धिक्कारिरहेछ; आफ्नै पाइलाहरूको घोर निन्दा गरेर तथाकथित आफ्नो बौद्धिकताको आलोचना गरेर […]

  • जोर्ज फ्लोइडको हत्यामा यौटा शोकगीत

    यतिराज अजनबी एड्लेड, अष्ट्रालिया तीन महिनाभन्दा लामो समयदेखि सर्वव्यापी महामारीको घनको कठोर मार खेपिरहेको मानव जातिले भर्खरै भोगेको छ यौटा विक्षुब्ध, अत्यासलाग्दो, अपत्यारिलो, भयानक इतिहास— जोर्ज फ्लोइडको क्रुर तथा निर्दयी […]

  • घर

    यतिराज अजनबी एड्लेड, अष्ट्रालिया चारो चाहार्न चारतिर उड्ने चराले अरुणोदयमै छोडेको शिशिरको रित्तो र सुनसान रूख झैँ थियो घर हिजोसम्म अहिले घर भएको छ प्रार्थनागृह, सम्मेलनगृह, आश्रयस्थल चलचित्र-भवन, मन्दिर, विश्रामालय […]

  • वसुधा रोएको बेला

    रमेश गौतम  नर्वे  यति बेला विश्वास च्यातिएर अभिशप्त छ समय । वसुधा आहत बनेर यही अभिशप्तताले आँसु पुछ्छे- समयको बर्बरताले पिल्सिएको छ वर्तमान ! ‘मान्छे’हरूको सपना आजको संसार संवेदनाको सागरमा […]

  • तिमी र वर्षा

    डिल्लिराम रेग्मी ओहायो, अमेरिका वर्षाको एक थोपाले, डोका ढकढक्याउँदा यस्तो लाग्यो तिमी आयौ, होहल्ला तिम्रै थियो। सुनसान हिँड्दै जाँदा वर्षासँगै छोएर हावाले साथ दियो यस्तो लाग्यो तिमी साथमा, स्पर्श तिम्रै […]

  • अमेरिकन राष्ट्रपतिलाई यौटा एसियनको चिठ्ठी

    यतिराज अजनबी एड्लेड, अष्ट्रालिया  प्रिय राष्ट्रपति ! मेरो घरको झ्याल मात्र हैन ढोका पनि छैन मेरो घर भनेकै रुखको फेद, सडक पेटी, ओडार वा पुलको आड हो यद्यपि आजीवन बेघर […]

  • हामी लकडाउन

    हामी लकडाउन बादल ओमाहा,नेब्रेसका कहिले परिवारका निम्ति समय नहुने जहिले बिजी जहिले बेफुर्सद I म आमा हुँ , मेरो पनि इच्छा थियो चाहना थियो मेरो परिवारलाई पेटभर खाना दिने चुलो-चौकाको […]

  • जन्मभूमिदेखि कर्म भूमिसम्म

    गङ्गाराम रिजाल टेनिसी,अमेरिका थियो सानो गाऊँ प्रकृतिमय शोभा वरिपरि बसेको बेसी हो गृहनगर हेर्दै दिनभरि।। सबै खेती बाली रसमय थियो अमृत घडा । कुनै बेला आयो कठिन दिलको मानव खडा […]

  • समयको जन्म

    रमेश गौतम  नर्वे  समय एउटा भौडीमा जन्मियो शायद एउटा ओडारमा जन्मियो। समय आस्था भएर फैलियो विश्वासको / सपनाको झरना भएर मौलायो। आँखाभरि अनन्त भविष्य नचाएर काखभरि मृदु कामना सजाएर हृदयभरि […]

  • स्वदेश

    यतिराज अजनबी एड्अलेड, ष्ट्रालिया अहिले विदेशमा छु यहाँ दुःखैदुःख छ तै पनि यो दूर देशमा रमाए झैँ गर्दै छु केही कमाउँदै छु केही गुमाउँदै छु यो जिन्दगीको बाँसुरी बजाउँदै छु […]

  • स्वास्थ्यकर्मीहरूप्रति

    मधु घिमिरे मेसाचुसेट्स, अमेरिका हे प्यारा सब नर्स डाम्टरहरु मेरो नमस्कार छ सेवामुखी यि हात-दिलको औधि नि सम्मान छ कोरोना अति त्रास रोगबिच जो खट्ने यि रातोदिन साक्षात् देवि र […]

  • डढेलो

    डिल्लिराम रेग्मी ओहायो, अमेरिका रमेश! तँलाई त थाहा नै छ म जस्तो देख्छु त्यस्तै भन्छु म आफूलाई आजकाल अरू कसैभित्र श्वास फेरेझैँ पाउँछु एकतमासको ऐँठन भइरहन्छ। बाहिर, पर परसम्म सन्नाटै […]

  • वैशाख राम्रो थियो

    भानु ढुङ्गाना क्यानाडा चौतारी  बिचमा  बसेर कविता  लेखौँ  भनी  रौसिएँ देखें   पुष्पलता  अनेक   थरिका  उत्सर्गमा  हौसिएँ  । यो साँच्चै अमरावती  नगरि  झैँ  देखिन्छ  बैशाखमा लेख्तै यी कविता कला […]

  • पानीका फोकाहरू

    बुद्धमणि ढकाल केन्टकी पानीका फोकाहरू यो मौसमको झरी बलेँसीमा पानीका फोका म देख्छु फोकामा इन्द्रेणीको सातै रङ एउटा अर्को बन्दै फुट्दै थुप्रै अरू बलेँसीमा बग्दै छन् मेरो पहाडको/उद्गम ठाउँको जीवन […]

  • पानीको दहमा देखिएको अनुहार

    शिवलाल दाहाल केन्टकी, अमेरिका आज धर्तीले भारी बिसाएको छ र आङ कन्याएको छ धेरै लामो यात्रापछि छलामछिनको वरपिपल चौतारीमा यहाँ म जमानाम सुनतोलाको भारी बिसाएर थकाइ मार्थे उकालो चड्दाको कठिनाइ […]

  • यादहरू

    ओम पोख्रेल क्यानाडा तिम्रा यादहरूमा म बॉंचिरहूँ मेरा यादहरूमा तिमी बॉंचिरहूँ हामी बिचको यो प्रेम सधैँ बाँचिरहोस् हामी यादहरूमा अमर रहूँ आज वर्षौँ भो तिमीसँग छुट्टिएको तर पनि मेरा सम्झनाहरूमा तिमी […]

  • सिर्जना यस्तो हुनु पर्छ !

    गोविन्द लुईटेल ओहायो, अमेरिका वसन्तमा हरेक फुल फुले झैँ हर सिर्जना फुल्न सक्नु पर्छ हरेक मन मस्तिष्कमा सुवास छर्न सक्नु पर्छ सिर्जना यस्तो हुनु पर्छ ! सबै गलाहरूले उनेर लाउन […]

  • बाको बखान 

    यतिराज अजनबी एड्हालेड, अष्ट्रालिया   बाका सदीमा एकै घरका चार जना दिन बिराएर बित्दा त्यो घरका बाँचेकाहरूलाई पन्ध्र दिन अघि रात्तै पारेर काटेको कान्लामा पलाएको हरियो बन्सो देखाएर सम्झाएका थिए रे […]

  • सन्नाटाको आँधी

    शिवलाल दाहाल केन्टकी, अमेरिका यस पालीको इस्टर पनि इस्टर जस्तो भएन यस पालीको नयाँ वर्ष पनि नयाँ वर्ष जस्तो भएन सन्नाटाको आँधी चलेको छ घरबाहिर– गाउँ र बस्तीहरूमा सडकहरू खाली […]

  • छाल र किनार

    डिल्लिराम रेग्मी ओहायो, अमेरिका उसलाई यो थाहा नभएको होइन म अज्ञानी भएको पनि होइन उसलाई यहाँ आउनासाथ घिसारेर लगिन्छ सायद उसको र मेरो सामीप्य सहन हुँदैन अरूलाई। दुनियाँको ईर्ष्यालाई बेवास्ता […]

  • आतङ्क

    शिवलाल दाहाल केन्टकी, अमेरिका ब्रह्माण्डको कुनै भागमा सदियौँदेखि कालो भ्वाङ भाग्दै गरेका ताराहरू टिपेर खान्छ छिचिमिरा जस्तै ताराहरू त्यहाँ पुग्छन् र सदाका लागि हराउँछन् त्यही ब्रह्माण्डबाट एउटा तारापुञ्ज खस्छ कुनै […]