Category: Year 15

  • वैशाखमा आउँछ

    मधु घिमिरे पेन्सिलभेनिया,अमेरिका धर्तीमा नव पालुवा र पिपिरा फुल्ने अनेकौं तरु ऑंखामा हरियो दिमाग भरिलो माधुर्य बढ्ने अरू सेतो स्वच्छ हिमाल साथ शिरमा डाँफे चरी गाउँछ मेरो वर्ष नयाँ उमङ्ग […]

  • भम्पा – शरणार्थीका डाक्टर पूर्व शरणार्थीकै आँखाबाट

    विकाश धमला ‘प्राञ्जल’ अस्ट्रेलिया आफ्नो जन्मभूमि छोडेर विदेशिन बाध्य बनाइएका नेपालीभाषी भुटानीहरूका नेता डा. भम्पा राईको आत्मसंस्मरण ‘भम्पा – एक अडान अनेक प्रश्न’ प्रकाशनमा आएको केही महिना बितेको छ। युवा […]

  • लालु पाते ओठ

    इन्द्र प्रकाश खवास अमेरिका आँखा भित्र नानी छेउमा आँसु अल्झी रह्यो , तिम्रो मनको भावनाले यो मनको घाउ बल्झी रह्यो । सप्तरङ्गी इन्द्रेनीको  रङ्ग लिई फेरी आउन, लालु पाते ओठमा […]

  • यात्रा 

    सहयात्री ढकाल अमेरिका कहाँ सम्मको हो तिम्रो यो यात्रा निरन्तर खोला झैँ बगिरहेको छौ सागरलाई पछ्याउँदै एउटा गहिराइ सम्म हो या त, जीवनमा दौडनु मात्र दौडनु हो भनेर अरूलाई देखाएको […]

  • शरणार्थी

    डिल्लीराम शर्मा आचार्य नर्वे शरणार्थी शब्द नै कामु धेनु गाई हो । बसेर,उठेर,घुँडा टेकेर यसलाई जसरी दुहे पनि हुन्छ यसलाई दाना,घाँस,पानी केही दिनु पर्दैन यो भोकाउँदैन अरू गाई जस्तो चर्दैन […]

  • नायग्राफल्स

    भानु ढुङ्गाना क्यानाडा   हाम्रो देशको नायग्राफल्स हाम्रै देशको गहना हाम्रो देशको झर्ना-छटा हाम्रै देशको सम्झना।। झर्ना छाँगा छहरा छन् निला निर्मल छन् ताल-छाल फहरा छन् सररर यसरी तान्छ हाम्रो […]

  • उग्र असहमतिको आवाज: “दन्किँदो भूटान”मा देवीभक्त लामीटारेको विरासतको अनावरण

    गोविन्द रिजाल स्वर्गीय देवीभक्त लामीटारेको “दन्किँदो भूटान”को चौथो संस्करण प्रकाशन भएको छ । यो भोटे, भोटे सत्ता र सामन्ती भोटे सरकारलाई गालीको भाषामा पाठ सिकाइएको दस्ताबेज भन्ने लाग्यो मलाई । […]

  • साना कुरा

    जय हुमगाई  क्यानाडा साना साना कुराको कत्रो ठुलो काम सानै देखि थाले काम पछि रहला नाम। दाना दाना भेला गरे भरि हुन्छ पाथी राम्रो काम गर्दै गए धेरै हुन्छन् साथी। […]

  • ओझेलका मान्छेहरू

    सहयात्री ढकाल  अमेरिका घामको पर्खाइमा बिहानीको पर्खाइमा शीतल जुनको पर्खाइमा उज्यालोको पर्खाइमा यी पारिजातका मान्छेहरू कहिल्यै न्याय नपाउनेहरू यी भुईँ मान्छेहरू। ——– सधैँ चुपचाप बस्नेहरू मात्र सधैँ  सुन्नेहरू टाउको हल्लाउनेहरू […]

  • हाम्रो जिन्दगी बित्दछ

    मधु घिमिरे पेन्सिलभेनिया,अमेरिका हतार छ चटारो छ काम कर्तव्यको सधैँ किस्ता र ऋणको भारी बोक्नु पर्ने सधैँ सधैँ लालाबाला र सन्तान अगाडि पनि लानु छ खोज्दै सम्पत्ति सम्मान हाम्रो जिन्दगी […]

  • आमाको बिलौना

    राधा काफ्ले  क्यनडा नगरेकै बेस हुन्छ यो चोलाको आस खरानीकै थुप्रो सरि एकै ठाउँको बास तागत हुन्जेल तिमीलाई  आफ्नै सम्झी रहेँ नचिनेको पराई झैँ दुर्वचन  सहेँ भोक,  तिर्खा, निद्रा सबै […]

  • स्वार्थी दुनियाँ

    हरि उप्रेती अमेरिका हिजो पूर्वबाट नै घाम झुल्के आज अनि भोली पनि झुल्किन्छन् समय आखिर उस्तै थियो उस्तै छ अनि कालान्तरसम्म पनि फरक त यहाँ तिम्रो,मेरो अनि दुनियाँको बद्लिँदो मानसिकता […]

  • भुली गयौ कसको गरौँ आशा ?

    इन्द्र खवास अमेरिका प्रेममा पागल भए पछि ओठमा कलेटी लाग्छ , तिम्रो त्यो गुलाबी गालामा यो मेरो कलेटी परेको ओठले , तिमीलाई चुम्बन गर्न मन लाग्छ ! बाँस घारीमा कर्मी […]

  • परिचय

    भानु ढुङ्गाना क्यानाडा कैयौँ झापट हानेर गए हावाका झोक्काहरूले हुरुरु-हुरुरु दिएर गए आगोका लप्काहरूले खानु सम्म खाए चड्कन यी मेरा कानहरूले हानेका सिरेटाहरूले रोटी झिक्न पसेका झिरेटाहरुले। कैयौँ सड्कन हानेर […]

  • गजल ५४६

    अबि बाबु अधिकारी पेन्सिल्भिन्या, अमेरिका तिम्रो झुट बोल्ने बानीले देश डुबाएको छ। नेता भनाउँदा खरानीले देश डुबाएको छ ॥ आऊ फर्काएर लैजाऊ यो मायाको चिनु। तिम्रो उर्लँदो जवानीले देश डुबाएको […]

  • पहिचान र नागरिकता

    हरि उप्रेती अमेरिका   मानिसलाई जन्मसिद्ध विवेकशील प्राणीको रूपमा विज्ञानले प्रमाणित गरेको कुरा सर्वविधित नै छ । उसले जन्मँदै आफ्नो पहिचान लिएर आएको हुन्छ अनि पछि मात्र उसले जन्मेको देशको […]

  • स्वीकारोक्ति दर्शन- एक झलक

    गोविन्द रिजाल विश्व यात्रामा लम्केको स्वीकारोक्ति फाउन्डेसन अमेरिकाका सदस्यहरूको प्रथम चरण काठमाडौँमा स्वागत गर्ने, सहकार्य गर्ने र शुभकामना दिने मौका मिल्यो। यसै मौकामा बुझाइएका र मैले बुझेका कुराहरू यहाँ  प्रस्तुत […]

  • दसैँ तिहार

    के.सी. सान्दाइ साउथ अष्ट्रलिया एडिलेड आयो चाड दसैँ तिहार रसिलो आशीष बोकी कन हर्षोल्लास मिठो सबैतिर छरी खुसी गराई मन । बाला वृद्ध सबै अनेक खुसीले नाच्छन् रमाई अति सिँगार्छन् […]

  • हेरिस्वर्गमा ११५ औँ लक्ष्मी जयन्ती सम्पन्न

     त्रिवेणी साहित्य मञ्च हेरिस्वर्गले नोभेम्बर ५, आइतबारका दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ लक्ष्मी जयन्ती हिन्दु धर्म तथा संस्कृति (ओ.एच.आरसी)को भवनमा सम्पन्न गरेको छ । मञ्चका उपाध्यक्ष प्रेम घिमिरेको सभाध्यक्षयतामा […]

  • बादल

    रमेश गौतम नर्वे हात्तीवनको एउटा गगनचुम्बी अपार्टमेन्ट बिल्डिङको छतमा बसेर एकोहोरो हेरिरहेछु गणेश हिमालतर्फ । क्रमशः बिदा भएको छ मनसुन काठमाडौँबाट र बिस्तारै उज्यालिँदै छ वातावरण । निलो गगनमा सुस्त […]

  • घरीघरी तर्साइरहने मेसेज

    जे.एन. दाहाल अमेरिका प्रत्येक बिहान काठमाडौँको कुटीबाट तल म बाटोतिरको भीड हेरी विचरण गरी रहेको हुन्छु । यति बेला बजारबाट ठुलो हल्ला आइरहेको हुन्छ । बजारमा सौदाबाजी गर्ने मान्छेहरू थोक […]

  •  कलिलो कोपिला

    जय हुमगाइँ क्यानडा मुस्कान भर्छन् कोपिला फुलको रहरले लर्काई लर्काई बोटलाई पिर्छन् हर्षले चिसो तातो सहेर हावा पानी खाएर झुम्ने गर्छन् बोटमा आनन्दले रमेर। पात बिचमा लुकेर हाँगा बिँगा  मच्चाउँदै […]

  • साइबर सिद्धान्तका आधारमा “आमालाई इमेल” कविताको विश्लेषण

    टंकप्रसाद भट्टराई  सहप्राध्यापक  त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा  लेखसार प्रस्तुत समालोचनात्मक लेख आमालाई इमेल कविताको विश्लेषणमा केन्द्रित रहेको छ। प्रस्तुत कविता रमेश गौतमको चिताको आगो साँच्चै तातो हुँदोरहेछ कवितासङ्ग्रहमा समाविष्ट छ […]

  • अविस्मरणीय क्षण

      सन् १९९० को भुटानी हावा हुन्डरीले उडाएर इन्डियाको डर लाग्दो जङ्गलमा राता–रात फ्याँकी दिएका बालक देखि वृद्धसम्म र सुत्केरी आमा देखि दुधे बच्चा सम्मको जता ततै छरपस्ट थाहा छैन […]

  • देन्चुका र योजना

    भानु ढुङ्गा क्यानाडा शिरमा माथि थाम पोखरी छ मालिङ्गो काखमा साम्सु र तुर्सा सिँचाइ दिन्छन् ग्रामीण आँतमा।। जरिङ्गो टुसा, हलेदो,ओखर , इन्द्रेणी लहरा पोखरीबाट निकास झर्ने प्यूँनाको छहरा। । [ […]

  •  जब स्याल कराउँछन्   

    हेम गुरागाईं नेपाल  छाया बढ्दै जाँदा दिन ढल्दै जान्छ घाम मृत्युशय्यातिर उन्मुख हुँदै जाँदा साँझ पलाउँदै जान्छ। झ्याउँकिरीको लोरी सुन्दै जब नीदको नशाले दिन अचेत हुन्छ तब साँझको पालुवा छिप्पिँदै […]

  • मौलिकता हरायो किन?

    अबि बाबु अधिकारी पेन्सिल्भिन्या, अमेरिका फोस्रो आज सबै म देख्छु दुनियाँ मौलिक् हरायो किन? पुर्ख्यौली घरका अलौकिक कुरा ऐले कतै देख्दिन॥१॥ ठेकी छैन मदानी छैन घरमा जाँतो र ढीकी किन? […]

  • बिचरा बाबा-आमा

    तारा दाहाल ओहायो, अमेरिका  मैले भूटानमा कक्षा आठ सम्म अध्ययन गरेको हुनाले भूटानको परिवेश राम्ररी जान्दछु । मेरो जन्म साम्ची जिल्लाको एक दुर्गम गाऊ दोरोखामा भएको हो । म दक्षिण […]

  • आमाको चिठी

    राधा काफ्ले  क्यानडा मेरा प्यारा सन्तानहरू हो, आज लामो समयको अन्तरालमा तिमीहरूलाई केही लेख्न मन लाग्यो । यदि समय मिल्छ भने सबैले पढ है । मलाई आशा छ तिमीहरू सबैलाई […]

  • ममता मोक्तानलाई तिन प्रश्न

    ममता मोक्तान गजल लेखनमा परिचित नाम हो । ‘वेदना ‘ गजल सङ्ग्रह प्रकाशित उहाँ खमारे, साम्ची भुटानमा जन्मनु भएको हो । मोक्तान हाल ग्लोबल भुट्निजलिट्रेरी अर्गनाइजेस्चन (जी बि एलो ) […]

  • तिम्रो लागी

    उमा गौतम  अमेरिका बिहान देखीको धन्नाले जुठेल्नो भरिएको छ खेलौनाहरूले घर भरिएको छ लुगा धुन नपाएको थिए हैप्तौ भयो घरबाट बाहिर निस्किने दिन गायो मामुले खाना त बिहान पनि नखाएकै […]

  • गजल-५४५

     गोविन्द लुइँटेल “यार” अमेरिका मनलाई धनले बाँधे पनि तनले सक्दैन तनलाई रूपले बाँधे पनि मनले सक्दैन जिब्रो एउटा सत्य दुइटा बोल कसरी बोल्यो भ्रष्टलाई चोरले बाँधे पनि जनले सक्दैन आफैँ […]

  • बिन्दु

    लक्ष्मी दुलाल  अमेरिका भ्रम यति राम्रो धागोले बुनेको छ ब्रह्माण्डको अस्तित्व सदियौँ कालदेखि जहाँ, भ्रमले युगको बुद्धि लुकाएको छ (एक कस्मिक डिजाइन ) रहस्य अन्त्य,अन्त्य रहेनछ अन्त्यको रहस्य अर्को सुरुवात […]

  • माता-पिता र देवालयहरू के कस्ता तीर्थ हुन् ?

    रचना-: गङ्गाराम रिजाल टेनिसी,अमेरिका आमा नै सबकी अती नजिककी वात्सल्यले भर्दिने । आफ्ना सन्ततिमा सधैँ खुसी हुने जुन काम हो गर्दिने ।। नौ मैना भरि पेटमा जब हुँदा सङ्कष्ट भोग्दै […]

  • “भम्पा : एक अडान अनेक प्रश्न” को विमोचन सम्पन्न

    बेलडाँगी/११ असोज : भूटानी लेखक वीरेन मगरद्वारा लिखित डा. भम्पा राईको आत्मकथा ‘भम्पा : एक अडान अनेक प्रश्न’ पुस्तकको असोज ११ बिहीबारका दिन भूटानी शरणार्थी शिविर बेलडाँगीमा विमोचन भएको छ […]

  • भम्पा- आधारबाट शिखरको उत्खनन

    गोविन्द रिजाल  श्री वीरेन मगरकृत ‘भम्पाः एक अडान अनेक प्रश्न’ डा. भम्पा राई, वा डा. साहबको मरणोपरान्त जीवनी हो । मरणोपरान्त भनिए पनि यो लेखन डा. साहब जीवित हुँदै उहाँ […]

  • कुचीका मास्टर

    अजित रुपाबुङ अमेरिका भौतिक रूपमा जे पनि गुमाउन सक्छौँ, कसैले खोसी दिन सक्छन् तर व्यक्तिमा भएको विचार/कला कहिल्यै गुम्दैन र कसैले खोस्न सक्दैन दैव छाडेर। त्यसको ज्वलन्त एक उदाहरण हुन […]

  • शरणार्थी जीवनका केही पानाभित्र

    गंगाराम रिजाल टेनिसी,अमेरिका १ सानैथ्यो झुपडी थिएन त्यसमा आशा कुनै हुर्किने। टार्नुथ्यो दुईछाक जीवन कठै संझेर त्यो भन्दिने॥ मागेका भरमा जहान घरमा रून्थे सधैँ धर्धरी। यस्तै जीवनका कठीन क्षणका राख्दैछु […]

  • एस् एण्ड के एजुकेसनकाे निःशुल्क शैक्षिक सामाग्री

    विगत केही बर्षदेखि यस् एण्ड के एजुकेसन(S & K Education )ले बालबालीकालागि उपयोगी नेपाली पाठ्य सामाग्री निमार्ण गर्दै आएको छ । यी सामाग्रीहरु निम्न वेवसाइटमा गएर निशुल्क डाउन्लोड गरेर आफ्ना […]

  • सिन्दूर

    जय हुमगाईँ क्यानडा सिन्दूर नाथो नसम्झ कहिले नारीको धन हो शरीर शुद्ध पारेर नित्य निधारमा लाउने हो सिन्दूर शक्ति ठुलो छ बुझौँ लर्तरो नठानौँ जोडेर नाता दाम्पत्य जीवन विश्वमा करोडौँ। […]

  • मातृभूमिको सम्झनामा

    के सी ‘सान्दाइ’ एडिलेड साउथ अष्ट्रेलिया फुल्थे चाँप गुराँस रम्य वनमा छर्दै छटा सुन्दर गाऊँथे वन कोइली सुरसिला भाका घुमाई पर नाच्थे फुर्फुर ती मयूर खुसिले डाँफे चरी साथमा काहाँ […]

  • आमा

    नारायण सरण कोइराला  अस्ट्रेलिया आमा जननी हजुर धरती समान अमर रहने । जत्ति बोझ रत्तीभर पनि नसम्झने ॥ सारा कीट्पतङ्ग र पशुप्राणी अनि मानिसको । असह्य बोझलाई सहजै पचाउने कत्रो […]

  • शिर दहन

    कुबेर कुईकेल ‘भुवानेटारे’ मासाचुसेट्स अमेरिका   मरण असली भूटानीको भान्से असती उ हरन सकली भूटानीको ठालू नकली उ अगि पनि भो त्यो पञ्चेको पापिष्ठ प्रपञ्च पछि पनि भो भ्रष्टेको त्यो […]

  • जाल र जालहारी

    राधा काफ्ले क्यानडा खुब मजाले सझि सझाउ गोट्टी महँगा मिलाई बुनी आफैँ ताना बाना छेउ कुना सजाई बुटा भरि च्याट्ट चिट्ट सुन्दर सिताराले हिमाल देखि तराईसम्मै ढाक्ने बिचारले जालहारीको लोभ्याइमा […]

  • प्रेमिका – रम्बास कविता

    टेक भण्डारी एडिलेड, अस्ट्रेलिया   द बेस्ट अफ द बेस्ट लेडी मेरी प्रेमिका। स्वर्ग नै हल्लिन्छ जब उनि देखिन्छिन् सामान्य पहिरनमा। नतमस्तक भइदिन्छु चाँदनी रातमा तारा हेर्छु ढुकढुकीको इसारामा मन […]

  • बाछिटाहरू

    नारदप्रसाद आचार्य ‘सुदामा’  पेन्सिलभेनिया अमेरिका १ शोकमा मातृत्व सुधा भोकमा २ कलम चेतना बुटी मलम ३ हावामा उडन्ते लड्छ कुवामा ४ पहाड गुराँस हाँस्दा बहाड ५ उठेका सीमाका किल्ला जुटेका […]

  • किन ?

     गोविन्द लुइँटेल ‘यार’ सिन्सिनाटी, ओहायो राम्ररी अनुभव, स्पर्श र माया गर्न नसकेको, पढेको वा पढाइको, परीक्षामा बढो मिहिनेत गरी कोरेको, जहाँ बाबु-बाजेले पसिना रोपेको, प्राकृतिक हिसाबले सुन्दर तर सानो भूमि […]

  •   मृत्युदण्ड र राज्याभिषेक

    लोक कथा संकलक इन्द्र प्रकाश खवास अमेरिका   धेरै वर्ष अघि एकादेशमा एक जना राजाले राज्य गर्थे । राजा धेरै बुद्धिमानी र शक्तिशाली पनि थिए । राजाको सन्तानमा एक जना […]

  • तिन प्रश्न

    राधा काफ्ले कविता लेखनमा परिचित नाम हो । उहाँ बिचगाउँ सर्वाङ भुटानमा जन्मनु भएको हो । पुर्नवास पछि अहिले टोरन्टो क्यानडामा बसोबास गर्नुहुन्छ । भुट्नीज क्यानेडियन एसोसिएसनकी निवर्तमान भाइस प्रेसिडेन्ट […]

  • हवाई पत्रीकाको आगमन

    अमेरिकाको हेरिसबर्ग पेन्सिलभेयामा साहित्यिक पत्रीका सञ्चालनमा आएको छ । यस हवाई पत्रीकाको पहिलो अङ्क जुलाई महिनामा आएको थियो । अहिले अगस्ट महिनामा दोस्रो अङ्क बजारमा उपलब्ध छ । सानो तर […]

  • जे. बी. र बडहरको रुख

    प्रेम मुखिया ‘वैरागी’ नाम्ची, सिक्किम उसलाई बोलाउने नाम जे. बी.। जोशबहादुर उसको पूरा नाम भए पनि अचेल गाउँतिर पी. के., सी. के., एम. बी., बी. बी., डी. बी. आदि भन्ने […]

  • सामाजिक स्तरमा दिलकुमारी भण्डारीका सब्ल्याँटा पक्षहरू

    अर्जुन पीयूष सिक्किम संसारमा जन्म ग्रहण गरेका प्रत्येक व्यक्तिमा आ-आफ्नै प्रकारका विशेष गुण र विशेषता हुन्छन्। यिनै गुण एवं विशेषताका कारण प्रत्येकको व्यक्तित्व अन्य व्यक्तित्वभन्दा भिन्न हुनु प्रकृतिजन्य विधि हो। […]

  • दृश्यहरू

    अमर बानियाँ लोहोरो ‘शब्दाश्रम’ सिक्किम लाग्छ आँखाहरू जुन कुनै आँखाहरू हर कहीँ हुँदा रहेछन् तबै त उनीहरू निर्बन्ध-विचरण गर्दै असीम आकाशमा उडान भरिरहेछन् आहा… कति स्वतन्त्र नि! हर कहीँ उनीहरू… […]

  • गजल ५४२

    अबिलाल राई बेलडाँगी, दमक तिन जाडो छल्ने न्यानो नाना छैन हजुर भोक लाग्दा पेटभरि खाना छैन हजुर । वर्षा याममा झरीले रात दिन रुझाउँछ ओत लाग्ने राम्रो छाना छैन हजुर […]

  • आस्था किरण सजिन्छ

    मधु घिमिरे पेन्सिलभेनिया,अमेरिका मनमन राखौं शुभशुभ भाव हरपल बोलौ हितकर बात दिन दिन खोजौं नवनव बाटो पलपल सोचौं शुभकर माटो १ कलकल खोला झरझर झर्ना मगमग बास्ना कुसुम बगान रवि […]

  • मर्नु अघिको एक क्षण

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका मर्नु अघि के सोच आउँछ होला? कसरी मरूँ जस्तो लाग्छ? मेरो छाया मात्र देख्दा पनि खुसी हुने मेरा नजिककाहरू अझै न……जिक आएर बस्छन् होला म हुनु वा […]

  • अविस्मरणीय व्यक्तित्व रश्मिप्रसाद आले

    अनिता निरौला गान्तोक, सिक्किम मनोबल, आत्मविश्वास, कटिबद्धता र स्वाभिमान, अदम्य साहस र निर्भीकताका चार पोषक तत्त्व हुन्। यी तत्त्वको पोषणबाट सफलताले जन्म लिन्छ। यो शिक्षा सिक्किमका पहिलो शिक्षाविद् र शिक्षा-सुधारक […]

  • गजल ५४१

    नारायणशरण कोइराला मेलबर्न, अस्ट्रेलिया   नेपालमा कोइली बनी भानु आएछौ यहाँ लोकप्रिय रामायण गीत गाएछौ यहाँ । तिम्रा ती नजरमा ज्ञान शुचिको भरिपूर्ण पाखण्डको खण्डन गरी जुवामा दाएछौ यहाँ । […]

  • अस्ट्रेलियामा भानु जयन्ती सम्पन्न

    साहित्य परिषद् भुटान, अस्ट्रेलिया शाखाको आयोजनामा २१० औँ भानु जयन्ती समारोह गत १६ जुलाई २०२३, आइतबार (अस्ट्रेलियाको समय) का दिन सम्पन्न भयो । कोभिड -१९ को महामारी पछि संसारले सिकेको […]

  • शिशिरे मान्छे

    नारदप्रसाद आचार्य ‘सुदामा’ पेन्सिल्भेनिया अमेरिका ऐना अगाडी ठिङ्ग उभिएर नसामा अतिथ्यको विष घोलेर चन्द्र सूर्यको आँखामा कसिङ्गर ठोसेर फोहरी रौसे खहरे जस्तै गडगडाएर चुस्कीमा गिदीको गुदी बेचेर अमर बनेको ढाडस […]

  • मृत्युको कारण जीवन

    टि आर राई आँशु सफल जीवनको खोजीमा प्रत्येक पल मृत्युलाई घृणा गर्दै जीवनको पोल्टोभरी मृत्यु बोकेर समयको गुलामी गर्दै हिँडेको मान्छे अझै कति भाग्छौ मृत्युदेखि? मृत्युलाई महान् अवसरमा बदल्न आऊ, […]

  • हाम्रो देश

    दुर्गा गुरागाईं भिक्टोरिया अष्ट्रेलिया   यो भूधाम छ दक्षिणी सतहमा गोलार्ध यो चित्रको यी हाम्री अचला समुद्र विचमा शोभा भरी भित्रको। उद्योगी भइ सिर्जना युगसँगै अज्झै कला यहीँ भरूँ गौरी […]

  • अतारोत ( मुकुटहरू)

    अर्जुन प्रधान अमेरिका पाप  स्वभावमा डुबेको संसार धर्ती यो अकासको एउटै आकार बनाउँदै झुटा गवाही र वचन सुनाउँदै बेमानी, बेसरम पाखण्डी अतारोतहरू सृष्टि गर्नुहुने ईश्वरलाई धोकाबाजी गरेर नाम र काममा  नक्कली […]

  • आमाको माया 

     खगेन्द्र बिष्ट्ट  ओहायो, अमेरिका आमाको माया, अनमोल विश्वासी, चरणमा छरिन्छ सुन्दर संसारी। हृदयमा बस्छ उनको साथी जीवनी, प्रेमको सङ्गी, स्नेहको सिकारी। चहरामा हजारौँ सूर्यको किरण, मुस्कानले चम्काउँछ उनको बिस्तारै। आमाको माया, सधैँ अनुपम, जन्म […]

  • भानु तिमी

    प्रशंसा आचार्य अमेरिका नेपाली जातीका सान हौ भानु तिमी भाषा साहित्यका गान हौ भानु तिमी मैले फेर्ने श्वासका ज्यान हौ भानु तिमी त्यसैले त तिमी हाम्रा मान हौ भानु तिमी […]

  • शरणार्थी सन्दर्भः सतरञ्जको गोटी भए टेकनाथ रिजाल

    भक्त घिमिरे केही समयदेखि नेपालका पूर्व उपप्रधानमन्त्री, गृहमन्त्री, सुरक्षा सल्लाहकार, बहालवाला सचिव र कैयौं नेताका स्वकीयहरु मिसिएको जम्बोटोली आफ्नै देशका नागरिकबाट बेहिसाब अवैध रकम असुलेर ‘वैध’ शरणार्थी बनाउने षड्यन्त्रमा रमाइरहेको […]

  • त्रिवेणीमा तिन पुस्ता

    जे एन दाहाल अमेरिका म त्यहाँ पुग्दा बिहानको एघार बजेको थियो । अर्थात् हिन्दु धर्म एवं संस्कृति सङ्गठन (ओ.एच.आर.सी), हरिहर धामको त्यस सभा हलमा वरपर गर्दै खटिएका थिए आयोजक त्रिवेणी […]

  • परिषद्का अध्यक्षको एक मन्तव्य

    आज जुलाई १४ २०२३ का दिन , २१० औँ भानु जयन्तीको अवसरमा बेलडाँगीमा वाचन गरिएको एक मन्तव्य । २१० औँ भानु जयन्तीको पावन पर्वमा आयोजित यस कार्यक्रमका सभापतिज्यू, प्रमुख अतिथिज्यू, […]

  • बेलडाँगीमा २१० औँ भानु जयन्ती  मनाइयो

    विश्वभर छरिन पुगेका नेपाली भाषीका भाषिक र सांस्कृतिक एकताका प्रतीक आदि कवि भानुभक्तको २१० औँ जन्म जयन्ती तथा रचना वाचन कार्यक्रम आज बेलडाँगीमा सम्पन्न भएको छ । कार्यक्रम झापाको बेलडाँगीस्थित […]

  • हाम्रो टोपी

    जय हुमगाइँ क्यानाडा पहिचान राम्रो चिनारी हाम्रो टोपीले जनाउँछ नेपाली टोपी सिरमा लाउँदा राष्ट्रिय झल्काउँछ। अत्यन्त प्यारो नेपाली टोपी हेर्दामा सानु छ त्यै पनि यसको स्थान भने सिरको माथि छ। […]

  • मैले कविता लेख्ने थिइन

    के. सी. ‘सान्दाइ’         एडिलेड आमाको अस्तित्व नलुटिएको भए बाबाले अर्काको गुलाम बन्नु नपरेको भए श्रीमतीको चौबन्दी नच्यातिएको भए ज्यू! हजुरियाहरूले शोषण नगरेको भए बन्दकीमा राखेको घरबारी नहडपेको […]

  • भाषा 

    राधा काफ्ले  क्यनडा बोल्ने, बोलाउने, बोली लेख्ने, लेखाउने बुझी क,ख, बाह्र खरी, मात्रा स्वर,व्यञ्जन भाषा हुन् यिनी सिक्नु,सिकाउनु, राखी मनमा ज्ञान छन् जति संस्कार, संस्कृतिमा हुन्छ सभ्यता लुकेको कति हजारौँ […]

  • दर्द

    टि.आर राई ‘आँशु ‘ मेरो जीवनमा घाम लाग्न त सकेन फेरी तिमी कसरी छायाँसरी आउँछौ? म जता जान्छु तिमीसँग उतै भेट हुन्छ अलिकति पनि पटाई नमानी मलाई कुरी बस्छौ मेरो […]

  • “माईखोलादेखि पुनर्वाससम्म”को चिरफार

    तिलक राई बेलडाँगी हामी भूटानीहरु विशेष गरी ल्होत्छाम्पा (नेपाली भाषी) हरू राजनीतिक कारणले सन् १९९०को दशकमा देशबाट उच्छेद हुन बाध्य भयौँ । भूटानको इतिहास आजसम्म पनि ठोस रूपमा लिपिबद्ध नभएको […]

  • असार पन्ध्र

    राधा काफ्ले  क्यानडा असार मास  रोपेको धान मङ्सिरमा फल्दछ सुनौला बाला  लरक्क लर्की टारी खेत बल्दछ । छुपुमा छुपूँ यो पन्ध्र असार बेठीका बाजामा असारे गीत  गाउँछन् रोपार सुरिलो भाकामा […]

  • देश बचाउ भन है!

    इन्द्र खवास  अमेरिका छोरा छोरी मुटु र कलेजो! आमा बाबा दियो र सलेदो! नौ महिना गर्भ बोकी! दुःख गर्छिन् आमा! सपनालाई साकार पारी! दूधको भार थाम! देश बचाउ भन है […]

  • भुइँ पुछ्ने मान्छे 

    जे एन दाहाल अमेरिका म आशा गर्छु- तपाईंलाई अमेरिकाको बारे धेरै कुरा थाह छ । जस्तो कि यो देशको आर्थिक, सामाजिक,  राजनीतिक र सांस्कृतिक कुरा आदि । तर म विश्वस्त […]

  • हाम्रो एडिलेड

    के .सी सान्दाइ साउथ अष्ट्रेलिया, एडिलेड हाम्रो सुन्दर देश यो झिलिमिली ठूला समु्द्री शिर लोभिन्छन् भवका सबै विरहरू सौन्दर्यका खातिर। नाँग्वेली सरि ती सरोवरहरू प्रसान्त सागर् यहाँ जोडीदै बहने सुरम्य […]

  • जीवन घचुराको फूल

    भानु ढुङ्गाना  क्यानाडा एकातिरको एक पाटो अर्कातिरको अर्को पाटो   अगाडीको एक पाटो     पछाडिको अर्को पाटो एकातिर जोगायो अर्कातिर लर्किन्छ अर्कातिर जोगायो एकातिर फर्किन्छ वास्तवमा जीवन त घचुराको […]

  • शरणार्थी

    हेम गुरागाईँ नेपाल कसैको रहर कसैको कहर हारेको इतिहास भोग्नेले भन्ला दुखेको छ कि निकाला उठिबास हुनेले खान खोजेछ भाग यी सर्वहाराको शरणको मरण यो चिर हरण निमुखा साराको ।। […]

  • मेरो गाउँ मेरो घर 

    खगेन्द्र बिष्ट्ट  ओहायो, अमेरिका मेरो गाउँ, मेरो घरको याद आयो, पहाडका  फूलको याद आयो। हरियो खेत, गीतको मेलमा, सरसर जन्तुहरू, खुसीको खेलमा। बगैँचाका फल, चर्चित आरोग्यले, कोही खोस्यो किनारा, नदीको माझमा। ढुङ्गाका रङ्ग, सुनको ताराले, यी यादहरूमा खोजिन्छु म बसमा। मेरो घर छोडेर यति दूर आएको, तर आफ्नै भूमिमा म भावनामा बसेको। जहाँ  जन्मिएँ र बढेको, म त्यही गाउँमा चिनेको छु एकलै। यो प्रेमको बन्धन, नित्य जीवनको बहार, यही मेरो गाऊ, मेरो घरको प्यार। यहाँ बसेर तिमीलाई नै पुकार्दछु, मेरो गाउँको गीतलाई सुनाउँदछु । अगाडी बढी यो यात्रा, सुन्दै छु मैले, मेरो गाऊ, मेरो घर, चिन्दै छु तिमीले। साथी हुन्छ तिमी, यहाँ आएर, […]

  • पहिलो ढोका

    दिल भूटानी बेलडाँगी, झापा नेपाल यो आगो जस्तो घामले पोलेर सुकाएको तिम्रो बाजेको छाला बसिरहेको छ दुःखका धर्साहरू बोकेर यो छाप्रो भित्रै सम्झिरहेका छौ कि छैनौ । यो जीर्ण छाप्रो […]

  • पक्राउ पुर्जीको लहर

    भानु ढुङ्गाना  क्यानाडा मुटु ढुक-ढुक भएको छ! छाती पुरै भारी भएको छ पक्राउ पुर्जीको लहरले स्थिर छैन हृदय हिजो आज चित्त अन्योलग्रस्त गएको छ। हिजो निलेको ऐश्वर्य आज उगालिएको खिया […]

  • पैसा

    राधा काफ्ले क्यानडा पैसा तेरो नाम अरे ठुला, बडा लम्पसार परे छाडिनस् त ज्ञानी पनि लगिस् सबको मनै हरि !!! लठुवारे देखि सरोकारे सम्मै बटुवारे देखि मन्दिरे जम्मै बाध्य भयो […]

  • नब्बेका घाउहरू : एक चर्चा

    तिलक राई बेलडाँगी, शिविर झापा   “जय गोर्खाको घाउ जस्तै सत्याग्रहको घाउ जस्तै नब्बेका घाउहरू पनि दुखिरहने, बल्झिरहने गर्छ शरीरको दीर्घ गाढे घाउ जस्तै ।” (नब्बेका घाउहरू शीर्षक कविताबाट) ‘नब्बेका […]

  • गरीब

    के. सी. सान्दाइ साउथ अष्ट्रेलिया एडिलेड ठण्डी धेर बड़ेर सिर्सिर चिसो हावा चलेको थियो बाटो घाट तथा चऊर वनमा पीठो छरे झैँ थियो। जाम्यो हीमकडा सबै वरिपरी ऐना सरी भो […]

  • त्रिवेणी साहित्यको  नयाँ कार्यसमिति गठन

    यहि मे ३० मङ्गलवारका दिन त्रिवेणी साहित्य मञ्च हेरिस्वर्ग पेन्सिलभेनिया, संयुक्त राज्य अमेरिकामा साहित्यकार केशव वैरागी माइलोको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ। हिन्दु धर्म एवं संस्कृति सङ्गठन (ओ.एच.आर.सी) हेरिस्वर्गको […]

  • नारी शक्ति

    दुर्गा गुरागाईं भिक्टोरिया अष्ट्रेलिया राधाशक्ति बिहीन कृष्ण महिमा आनन्द के हुन्छ र श्रीसीता सरि आज रूप गुणको अर्को यहाँ को छर ? उस्तै छन् शिवजी हिमाल शिरमा साथै उमा शक्ति […]

  • बुढेस काल

    खगेन्द्र विष्ट ओहायो , अमेरिका बुढापाका साँचो छ एक अलौकिकता पुरानो छायाँमा छायाँ , विचारको सम्पदा। जीवनको वाहनमा धेरै अगाडि पुगे। अनुभवले जोडिएको, यात्रा सुन्दर बनाए गर्वले साझा गरिएको यात्रा […]

  • गृष्म कुञ्ज

    भानु ढुङ्गाना क्यानाडा यौवन वनमा खोज रमाई देऊ कवि कविता दूर कमाई। छौ कवि कुञ्ज घाँस लतामा अञ्जना दिज्यू प्राण गलामा। यौवन दिनका लाख मलाई सत्र छ मनमा आज जलाई। […]

  • चरीको बिलौना 

    राधा काफ्ले क्यानडा   म ता बनको कन्दरामा दुलो,गुँड,ओडारमा जान्दिन है तल माथि को -को बस्छन् यताउति   खान्छन् फलफूल मेरो जस्तै या त मारी अरू कतै खोजी छैन अरू […]

  • गोर्खाली आमा

    सतिश  स्रफ जर्मनी खुकुरी लिएको एउटा गोर्खा तर ऊ कसैको सत्रु होइन बेलायतको रानीको निम्ति काम गर्दा ऊ मारिने सक्नेछ । उद्देश्यहरूका निम्ति जसको बारेमा आज्ञा हुकुम हो हुकुम जीवन […]

  • ग्रह गोचरको प्रभाव – निति कथा

    इन्द्र प्रकाश खबास  अमेरिका    हेर भाइ बैनीहरू हो तपाई हामी सबै जनाको जीवनमा लागु हुने ग्रह गोचरको रोचक विषय बस्तुको केही कुरा भन्छु । हुन त यो विषय बस्तु […]

  • अर्ग्यानिक धुलो 

    जे एन दाहाल  अमेरिका झापाको कुनै गाउँमा धुलो, माटो खेल्दै हुर्केको हिलो मैलो खोलामा पैरी खेलेको धुलोमा लडीबडी गरेको धुलै खाएर पढेको, बढेको लडेको, चढेको जे जे .. ऽऽ भने […]

  • कहाँ बाँच्छ मेरो कविता

    के. सी .‘सान्दाइ’ बेलडाँगी झापा  जब स्वच्छ दिमागले कविता लेख्न थाल्छु अनि उच्च भावको प्रवाहमा बग्न खोज्छु फेरि शब्दको खोजीमा लामो श्वास तान्छु त्यत्तिखेरै ………! त्यत्तिखेरै मरो कलम अचानक विस्फोटन […]

  • ठुला दाइ 

    राधा काफ्ले  क्यानाडा कहाँ जान्छौ भन ठुल्दाई  अभर पारि दाजु भाइलाई कमाएको पैसा सबै लान्छौ कि त चितासँगै? जोड्यौ तिमीले कैयौँ महल लुटी अरूका सपनाहरू ढाँटी, छली, बेची आफ्नै किन बन्छौ […]

  • जिन्दगी 

    जय हुमगाई क्यानाडा साथ पाउँदै छोड्दै खुसी हुँदै दुखी हुँदै पाउँदै गुमाउँदै  हिँडि रहने यात्रा रहेछ जिन्दगी । यता उता कहिले कता हाँस्दै रुँदै,रुवाउँदै हँसाउँदै स्वार्थी बन्दै दयालु बन्दै लोभ […]

  • देश छोड्दाका पीडा

    दुर्गा गुरागाईं अष्ट्रेलिया   चलसम्पत्ति थ्यो घरबार थियो धनमाल सबै जति थ्यो लुटियो। अतिचार गर्यो पसि पल्टनले कति शास्ति खटे निमुखा जनले।।१ कुटियो बलले कति प्राण लियो यमलोक सरी जति […]

  • उल्लासमय नयाँ वर्ष

    गंगाराम रिजाल टेनिसी,अमेरिका १ हावा चल्दछ मन्द मन्दगतिले आकाश नीलो हुँदै ! नाचे पंछी मयूर बागभरिनै छम् छम् गरि उफ्रँदै॥ गर्छन् सुन्दर भावले नयनका संकेतमा स्वागत। आयो वर्षनयाँ गरौँ सबमिली […]

  • समयको वेग

    भानु ढुङ्गानाक्यानाडा सुरु म आफैबाट हुनुपर्छतर,तिमी पनि तयार हुन सक्नुपर्छम उखुम गर्मी पनि सहन सक्छुभन तिमी पनि म उष्ण जाडो सहन सक्छुफेरी म अत्यास सहन्छु,अभाव सहन्छु , भन तिमी फेरीम […]

  • ए मौरी

    के. सी. ‘सान्दाइ’साउथ अष्ट्रेलिया एडिलेड ए मौरि तिम्रो गुणको बयानको गर्न सक्थ्यो र सबै अज्ञान।परीश्रमी छौ रस मौनताकोरख्वाल हौकी भन वाटिकाको॥१॥ ए मौरि चारै तिर फूल खोजीजीवन्त घुम्छौ रस बास्न […]

  • तिमी को हौ ? 

    लक्ष्मी दुलाल  अमेरिका प्रिय ! तिमी को हौ? मनको मन्दिरमा आएर मनको मनमै बहार ल्याएर दिनको दुख र रातको चयन भुलाइ दिने प्रिय तिमी को हौ? प्रिय! तिमी को हौ? […]

  • बेलडाँगीको छाप्रो पिँढीमा

    हेम गुरागाईं नेपाल एउटा छोरो चेम्गाङ् जेलको चिसो छिँडीमा आमा रुन्छिन् बेलडाँगीको छाप्रो-पिँढीमा । बाजे मरे हुरी चल्दा रुख ढलेर एक्लै भैयो पुनर्वासको हुरी चलेर । एउटा छोरो… आमा रुन्छिन्… […]

  • तिमी कति सम्झन्छौ?

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका सानैमा पछाडि छोडिएकाहरू छोड्दा जस्तो थे, त्यस्तै रहिरहन्छन् जस्तो लाग्दो रहेछ तिमीलाई सानैमा छाडेको थेँ तिमी त्यस्तै छौ जस्तो लागिरहन्छ। तिमी पछाडि छोडियौ या म अगाडि […]

  • डार्विनको विकासवादभित्रको आस्तिकता

    विकाश धमला ‘प्राञ्जल’ अस्ट्रेलिया यस संसारमा प्राणी र वनस्पतिहरूको सृष्टि कुनै ईश्वरीय शक्तिको सहारामा स्वतःस्फूर्त रूपमा भएको हो भन्ने मान्यता प्राय सबै धर्महरूमा रहेको पाइन्छ ।  संसारमा अस्तित्वमा रहेका सम्पूर्ण प्राणी […]

  • गणेश भित्रको  विज्ञान 

    सुदर्शन पोखरेल  आल्बोर्ग, डेनमार्क रहेछ ठूलो ज्ञानको मूल मुहान सागर हेरेनौ कैले हामीले किन लगाई जाँगर विज्ञान भित्र घुसेर हामी अज्ञानी भयौ कि? आस्थामा मात्र लगाई दृष्टि  अधुरो भयौ कि […]

  • बढ्छ

    मधु घिमिरे पेन्सिलभेनिया,अमेरिका बढ्छ सन्तोषले हर्ष मुस्कान आयु जिन्दगी साधना नित्य गर्नाले हुन्छ स्वस्थ पदोन्नति । प्रेरणा पुष्प गुच्छाले दर्बिलो बन्छ कामना परोपकारले बढ्छ सुनौलो दिव्य भावना । पुण्य बढ्दछ […]

  •  प्रेमहत्या प्रकाशित

    लेखक इन्द्र खवासको उपन्यास हालै प्रकाशित भएको छ । ‘प्रेमहत्या ‘ नामक उनको उपन्यास विमोचनको तयारीमा छ । डम्फू चिराङको लामिडाँडामा जन्मिएका इन्द्रको  प्रेमहत्या आवरण सहित ६६  पृष्ठको छ  । उक्त उपन्यासमा भुटानी […]

  • खोज:

    मदन दुलाल  अमेरिका उता, महत्तत्त्व-को उच्छ्वास उग्राई रहेछ अन्धकार र परोक्ष, जस्तो कि प्राप्ति हेतु हो भने नभई रहन सक्दैन प्रत्यक्ष विस्तीर्ण हुन सक्छ परोक्ष . . . अवश्य सक्छ […]

  • बदलिएको मानव स्वभाव

    गंगाराम रिजाल टेनिसी,अमेरिका १ जन्म्यो बालकत्यो युवा हुनगयो यौवन बयस्कै तिर ! बन्दै जीवनमा जवानि पछिता बूढोहुने आखिर !! घुम्ने यो रितले सबै यसरीनै सत्कर्म दुष्कर्ममा ! चल्ने चक्करमा छ […]

  • शिवलाल दाहालको “जो स्मृतिमा मात्र बाँचिदिएका छन्”

    गोविन्द रिजाल म कहिले पुस्तकको शीर्षक हेरेर, कहिले पुस्तक भित्रका अक्षरको फन्ट  हेरेर, कहिलेकाहीँ सिर्जनाको नाम हेरेर त कहिले आवरण आकर्षण हेरेर, समय, मूल्य, लेखकको नाम हेरेर पढ्ने पुस्तक छान्ने […]

  • डा. शिवराज भट्टराईको “राँको बालेर यात्रामा” प्रति प्रशंसा

    गोविन्द रिजाल “हाम्रो घर ठूलो टारीखेतको बीचमा छ । रातो माटो र कमेराले पोतेको, टाढैदेखि मानिसको ध्यानाकर्षण गर्दछ । घर वरिपरि भुइँबाट अलि माथि उठाइएको पेटी, घर पर्तीर छेउमा ढिँकी, अलि […]

  • नो लोपेन

    पेन्सिलभेनियाँ निवासी, भोला तिम्सिनाको भर्खरै ‘ नो लोपेन ‘ नामक पुस्तक बजारमा आएको छ । अङ्ग्रेजी भाषामा लिखित  भोलाको  पहिलो पुस्तक अमेजन मार्फत ‘ सेल्फ पब्लीस ‘  भएर प्रिन्ट अन […]

  • सावधान!

    मदन दुलाल अमेरिका ———- यता लास भित्र मुटु चल्न बिर्सेर आफैँ खोज्नुको आर्तनाद छ उता, थाप्लोमा चुहिएको आकाश आन्द्रोमा भोकको पहिरो र आँखामा उदासीको ढुङ्गे बगर . . . [ […]

  • सल्लो- सल्लेरीवन

    भानु ढुंगाना क्यानाडा समाधी कसिन्छ, चुनौती खपिन्छ बनी पुष्ट वृक्ष, सदाबार बसिन्छ। उषा, घाम जाडो, प्रबाह हुँदैन दियालो छ भित्र झरीले छुँदैन।। १ सँगैका यी साथी भए नङ्गिएका कति छन् […]

  •    मेरी प्रेयसीलाई

    इन्द्र प्रकाश खवास  अमेरिका आँखाको नानी भित्र पौरी बस्छ तिम्रो रूपको छाया मुस्कानमा नजर बस्यो हृदयमा माया , माझी भई डुङ्गा खियाउँछु गोधुली त्यो साँझ रात दिन झल्को आउँछ दुई मुटुको […]

  • जागौँ जागौँ

    कुबेर कुईकेल (भुवानेटारे) अमेरिका त्यो मान्छे हो समर तलमा लास माथा झुकाइ तानाशाही कपट चरमा झुक्छ बाहाँ उठाइ जस्ले बोल्दा अमरपदमा नीति दीक्षा छ भारी नाका रक्षा दलबल हुँदा दुष्ट […]

  • पढ्छौँ लेख्छौँ -बाल गीत

    जय हुमगाइँ क्यानाडा पढ्छौँ साना नानी हामी पछि बन्छौ ज्ञानी पढ्छौँ लेख्छौँ खेल्छौँ अनि राम्रो लिन्छौँ बानी। कहिले पनि रिस राग गर्ने छैनौ हामी स्कुल जाँदा रमाउँदै गीत गाउँछौ हामी। […]

  • बरबाद् भयो

    दुर्गा प्रसाद गुरागाईं भिक्टोरिया अष्ट्रेलिया धन मान जहान र सम्पतिको तन वस्त्र भुजा वनिता पतिको । कति मोह छ यो निज सन्ततिको तर भुल्छ सधैँ नर यो गतिको ।।१ जति […]

  • दाई -सम्बोधन एक, व्यवहार अनेक

    जे एन दाहाल अमेरिका दाई यो शब्दको अर्थ लगाई राख्न आवश्यक छैन । दाई भनिने यस पात्रको महत्व कत्रो छ आम मान्छेले अनुभूत गर्न सक्छ । सामान्यतया आफू भन्दा जेठो […]

  • द फर्गटन स्टोरीज प्रकाशित 

    लेखक सी एम निरौलाको पुस्तक दि फर्गटन स्टोरीज भर्खरै बजारमा आएको छ । अमेजन प्रिन्ट अन डिमान्ड मार्फत  सेल्फ पब्लीस बुक अहिले भुटानी समाजमा चर्चित छ । अङ्ग्रेजी भाषामा लिखित […]

  • फागुन

    मधु घिमिरे पेन्सिलभेनिया,अमेरिका सफा सुरम्य पोखरी सफा कुना र कन्दरा सफा हिमाल देखिए विचित्र खेतका गरा छ स्वच्छ नील व्योमको अपार दिव्य सद्गुण फिरिन् लिएर हर्षको मुहार सौम्य फागुन १ […]

  • एउटा सपना

    कुवेर कुईकेल ‘भुवानेटारे’ अमेरिका मेरो एउटा सपना छ, आमाको आँखा ओभाउने , आफ्नो प्राणको दाहु लगाई, सन्तानको अधिकर जोगाउने । मेरो एउटा सपना छ, जन्मभूमि बँचाउने , तानाशाह हटाएर, जनताको […]

  • म फूल

    रिमेन आलोक अस्ट्रेलिया यो हावाको स्पर्शले मेरो मुस्कानमा चुम्मा दिनुको मज्जा कसरी सुनाऊँ म फूल हुँ, थाहा छ मलाई मेरो सुरक्षामा तल्लीन यी काँडाहरू एक अर्कामा मुखा-मुख गर्दै दिन बिताउने […]

  • गजल ५३३

    कुमार सिवाकोटी  ह्यारिस्वर्ग, पेनसलभेनिया ज्याला र मजदुरीले पथरी दमक बिर्तामोड बन्यो मेरो त सम्झना भो त्यहाँ जिन्दगी चल्ने रोड बन्यो सधैँ आगो र पानीको डर बास मेरो बाँसको घर बाँसकै घरमा बस्नेको पसिना […]

  • देश र भाषा लोप भए

    इन्द्र प्रकाश खवास  अमेरिका उ आई पुग्यो मेरो छेउमा उसले आँखा  गाडी हेर्‍यो ममा जादु खेल गर्‍यो कसले,   कुन चाहिँ फुकी टुना मुना। लोलायो सबै हात खुट्टा चुढी लग्यो मुटु […]

  • म अनि मेरो बुढोपन

    जय हुमगाई क्यानाडा नौ महिना सम्म भित्र बसेर आमाको पेटमा लातले मार्दै मडारिँदै सकुशल गर्भलोकमा बिताए पछि म जन्मन तयार भएछु आमालाई म जन्मने बिराम लागेछ आई-या आई-या मरे मरे […]

  • जन्मभूमि आत्ममा

    कुबेर कुईकेल ‘ भुवानेटारे ‘ अमेरिका उ गर्जदो छ मेघको ल भूमि भित्र बाघ भो उ झुक्छ लुक्छ मित्र हो विदेशमा त स्याल हो लुते लुरे प्रजा हुँदा स्वदेशमा कठोर […]

  •  शिक्षा विभागको विस्तार  

    साहित्य परिषद् भुटानको शिक्षा विभागले अब पूर्णता पाएको छ ।  यस विभागमा अब सात जना सदस्यहरूले विभागीय कार्यलाई अघि बढाउने भएका छन् । डा.लक्ष्मीनारायण ढकालको निर्देश्कत्वमा उक्त समूहले भाषा शिक्षाका […]

  • बक्के फुटाउँ साथी

    कुबेर कुईकेल (भुवानेटारे) अमेरिका शिङ्खा प्रफुल्ल मोती पाताल गर्त बोक्छ आँसु प्रशस्त आँखा तुर्सा उचाइ खोज्छ सारा स्वदेश प्रेमी रैती निशान लक्ष गाशा छुका र लाया लिन्सी विभेद भोग्छ माटो […]

  • गरीब

    के० सी० (सान्दाइ) साउथ अष्ट्रेलिया एडिलेड ठण्डी धेर बड़ेर सिर्सिर चिसो हावा चलेको थियो बाटो घाट तथा चऊर वनमा पीठो छरे झैँ थियो। जाम्यो हीमकडा सबै वरिपरी ऐना सरी भो […]

  • जब सृजनाले रस घोल्न थाल्छ

    मचिन्द्र खत्री हाल धरान, नेपाल   जब सृजनाले रस घोल्न थाल्छ ढुङ्गो र माटो पनि बोल्न थाल्छ। आगोले पनि शीत भर्छ थाल्छ चिसो हिउँले तब अग्नि बाल्छ।।१ बोल्छन् बिरुवा सबै […]

  • रेल गाडी

    जय हुमगाई क्यानडा आऊ नानी बाबुहरू  खेलौँ एउटा खेल हात राखी कम्मर माथि लामो बनाँउ रेल छक छक  रेल गाडी आँखा बाली आयो प प प प बाजा बजाई बाटो […]

  • हाम्रा पुराना जीवनशैली

    गंगाराम रिजाल टेनिसी, अमेरिका १ पुरानै गाऊँका रसमय तिनै यादहरूले। कतै झ्याली घण्टी तिरिरीरी बजाएनि अरूले ॥ बज्योहोला ट्याम्को पिटिपिटी निकै चड्कनदिँदा। भयो भित्रि मन्मा रहरअति संझीकन लिँदा ॥ २ […]

  • धैर्यता लिएमा

    मधु घिमिरे पेन्सिलभेनिया,अमेरिका पैसाले मात्र मिल्दैनन् शान्ति सौन्दर्य आदर मर्यादा निष्ठा विवेक बुद्धि हुन् ज्यूँने आधार पौरखी हात निस्वार्थी बात हर्दम हॉंस्दछन् दिलमा सफा सम्मान रोपे शिरमा फुल्दछन् १ घमण्ड […]

  • हजुरबा जस्तै पिताजी

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका कति टाढा सम्म जानुपर्ने हुन्छ पिताजीसँग हजुरबा जस्तो पिताजी हुनलाई, पिताजी जस्तै पिता हुनलाई। मलाई त यो पनि थाहा छैन कि त्यहाँसम्म पुग्न उमेरले लान्छ या […]

  • बाबा काहाँ छौ?

    के .सी ‘ सान्दाइ ‘ साउथ अष्ट्रेलिया, एडिलेड हाहाकार ठुलो भयो जगतमा बाबा कहाँछौ कहाँ हिड्नैहुन्न भुलेर बस्छ दुनिया आफ्नै कुटीमा यहाँ यो भाईरसदेखि बाँच्न अहिले गाह्रोछ काहीँ पनि चिच्च्याईकन […]

  • बहत्तर मानिस!

    मौसमी ढुङ्गाना  क्यानाडा म मेरो पहिलो  हवाई जहाजमा उड्दै थिएँ कैयौँ सपना बोकी म आकाशमा रम्दै थिएँ अनि चरी जस्तै बादल त्यो संसारमा डुल्दै थिएँ । अचानक सपना टुट्दै गरेको महसुस […]

  • लकडाउनका ब्याथाहरु

    खगेन्द्र गौतम  क्यानाडा मानव बस्तीको भिडबाट,  प्रकृति र आफन्तको नजरबाट अलिक टाढा गएको छु म आजभोलि। खासै दुरी त्यति धेरै टाढा नभए पनि मेरो नजिक कोही छैन। त्यसैले त म […]

  • आमाको सम्झना

    राधा काफ्ले क्यानडा ए आमा!!! म हुँ त्यो परदेशी माहिलो तपाईँको पूर्वमा बाबाले पठाई छोडेको तपाईँलाई आजभोलि कस्तो छ आमा? सन्चो वा बिसन्चो सबैलाई घरमा तपाईँले दिएको त्यो सम्पुट भरि […]

  •  जिन्दगी 

     खगेन्द्र बिष्ट्ट  अमेरिका जिन्दगी  यहाँ  मृत्युको मुखमा पुगेर आयो जिन्दगी कहिले उकाली कहिले ओराली काटेर आयो जिन्दगी कहिले खालि पानाको कापी जस्तै भएर आयो जिन्दगी कहिले पानी बिनाको माछा झैँ जस्तै भएर आयो जिन्दगी कहिले बाडीले बगाएको दाउरा जस्तै भई आयो जिन्दगीलाई फर्केर हेर्दा आखिरमा के पायो  के गुमायो ?    

  • हरियो बाँस  

    इन्द प्रकाश खवास अमेरिका यो संसारमा जसले जे गर्छ त्यो आफ्नो लागी गर्छ । राष्ट्र र राष्ट्रियताको लागी होइन । देश र जनताको लागी होइन । मानव जीवनको अधुरो पन्नाहरू […]

  • नब्बेको आर्तनाद

     मदन दुलाल अमेरिका सबैलाई मात हान्छु भन्ने मानव जातीलाई कोरोनाले तिरिखिरी मात्र नपारेर लातै हान्यो । सानो छँदा “खोइ मुसो? दुलो भित्र पस्यो” पढेको अहिले स्वयं मान्छे दुलो पस्नुको बाहेक […]

  • मेरो घरको झर्के थाल

    जय हुमगाई क्यानाडा मेरो घरको झर्के थाल मेरो घरको झर्के थाल- म  सँगैको हुनुपर्छ या म भन्दा नि जेठो हुनुपर्छ की थोरै कान्छो  हुनुपर्छ मेरो घरको झर्के थाल म सँग […]

  • कर्णे

    प्रेम निरौला अमेरिका घर नजिकैको धाराबाट आएको गाग्रा जर्किनको गड्याङ गुडुङ आवाजले ऊ व्यूझियो। पल्ला घरका पण्डित बाको घरबाट आएको शङ्ख धुनीको आवाज उसको कानमा ठोकियो र उसले सोच्यो बिहानको […]

  • टुटेको सपना

    निल अधिकारी अमेरिका भूटानको सुदूर पूर्व भागमा अवस्थित एउटा सानो गाउँ,जसको उत्तरमा दिदी-बहिनी नामका हरियो पर्वत शृङ्खला थिए भने पूर्वमा धनसिरी नदीले पूर्वोत्तर भारतको अरुणाचल प्रदेशको सिमाना  छुटाउँथ्यो ।त्यसै गरी […]

  • हाम्रो भाषा हाम्रोसाहित्य

    गंगाराम रिजाल टेनिसी ,अमेरिका १ नेपाली मनपुग्छ डुल्छ पृथिवी सारा जहाँ बस्दछ ! भिन्नै देश स्वदेश वा अरूकतै आफ्नैपना पस्दछ॥ उच्चा शीर गरेर घुम्दछ जतै संस्कार बिर्सन्नहै ! झुक्दैनन् मनमा […]

  • असल बानी 

    जय हुमागाईँ  क्यानाडा झुट्टो बोल्नु हुन्न सधैँ साँचो बोल्नु पर्छ टाढा टाढा बस्नु हुन्न सँगै बस्नु पर्छ फूल सरि फक्रिएर मिठो बोल्नु पर्छ घरमा कोही आए देखि खबर सोध्नु पर्छ […]

  • कविता: यदि म चुरोट भएको भए 

    विश्वास लामा  क्यानाडा म मान्छे भएर जन्मिए त्यसैले म भित्रको कमजोरी म भित्रका  बेफाइदाहरू त्यो देखेर, आफन्त साथी सर्कल प्रेयसी आदी, सबै टाढा हुन खोजे यदि म चुरोट भएको भए […]

  • एउटा कथा

    राधा काफ्ले क्यानडा सुन एउटा कथा चरी बसी डाली माथि धर्तीबाटै भए पनि भन्छु सुन्ने गरी कथा मात्रै कहाँ हो र !!! पोख्छु मनको व्यथा सुन चरी सुन अब सुरु […]