Category: Year 12

  • सम्पादकीय

    विगत केही दिनदेखि विश्वसंस्कृत दिवस मनाएपछि छिटपुट रूपमा संस्कृत भाषा र त्यस भाषामा भएको ज्ञानको चर्चा हुन थालेको देखिन्छ I यो सकारात्मक पक्ष हो I भारतमा सन् १९६९ देखि प्रत्येक बर्ष रक्षाबन्धनका दिन संस्कृत […]

  • मान्छे भित्रको मान्छे

    भानु ढुङ्गाना क्यानाडा एकादेशको दुर्गम पहाडमा जन्मिएको अर्को देशको मध्यम भू-भागमा हुर्किएको सिङ्गै एउटा देशले भकुण्डो जस्तै खेलाउँदै गोल लगाउन उछिट्ट्याएको वर्षौँ वर्षपछि,जहाजको बाटो हुँदै बरफिला हिमाल पहाड नाघेर एका […]

  • गीत

    त्रिबिक्रम अधिकारी  केन्टुकी, अमेरिका खै के बाँकी रह्यो र प्रभु तिम्रै आसमा बाँचेको थिए। जीवन-मृत्यु बुझ्दा-बुझ्दै कहिले रोए अनि हाँसेको थिए । खै के बाँकी रह्यो र प्रभु …. विश्वास […]

  • इतिहासको गर्भ

    रमेश गौतम नर्वे आज म बेसुर आवाजमा इतिहास गीत सुनिरहेछु। सङ्गीत नमिलेको गीत मेरो इतिहास एउटा पीडा बोल्छ दीर्घ पीडा – असह्य ! अथाह !! म सुनिरहेछु कोही रोइरहेको धिमा […]

  • चार बाछिटा

    नारद आचार्य ‘सुदामा’- पेन्सिलभेनिया/अमेरिका (१) दोभान यता न उता यो मन ! (२) बादल भित्र बिजुली बबाल ! (३) उल्झन स्वच्छ भाव नै सुल्झन ! (४) शिक्षक अँध्यारो चिर्ने साधक […]

  • शान्ति कहिल्यै आउँदैन

    पूर्ण गिरी-मेचिगन/अमेरिका त्यहाँ शान्ति कहिल्यै आउँदैन जहाँ पितालाई पर खेदी मातालाई मिली चुस्छन् अनि प्रेतहरूसित मिली देवतालाई मास्न जुट्छन् ! जहाँ पिताको गाथा मेटी पुत्रको वीरता लेखिन्छ अनि पुत्रका ती […]

  • सत्संगको फल

    डा.लक्ष्मीनारायण ढकाल-केन्टकी/अमेरिका सिद्धार्थ गौतमले कठोर तपस्या पछि आत्मज्ञान प्राप्त गरे । त्यसपछि सिद्धार्थ बुद्ध भए । उनी गाउँ गाउँ घुमेर ज्ञान बाँट्न थाले । केही मूर्खहरू उनको खुब विरोध गर्दथे । एकदिन एउटा अंगुलीमाल नाम गरेको डाकु बुद्धका […]

  • यस्तो नगरोस

    एकांकी नैनसिंह सारूमगर रोचेष्टर/ न्यूयोर्क, अमेरिका स्थान :- एउटा अस्पतालभित्र । समय :- बिहानको दस बजेको छ । (एकजना महिलालाई बोकेर बलेको प्रवेश) बले : (काउनटरको झ्याल अगाडि पैसा गन्दै) […]

  • वार्ता

    तिलक राई समस्या सुल्झाउन होइन त्यसलाई बल्झाउन र अल्झाउन नाटक मञ्चनमा भाग लिँदै प्रमुख पात्रको भूमिका खोज्यौ र पायौ पनि तिमीले तर तिम्रो भूमिका फिक्का भयो तसर्थ सामु बसेर दोहोरो संवाद होइन मुखदर्शक श्रोता भएर उपदेश र झोलाभरी उपहार लिएर आयौ । बिमारीको कुरै नसुनी आफ्नो मनोमानी औषधी लेख्ने बडो जान्ने डाक्टर भएर उभियौ तिमी र त, विस्तारवादले हातमा राखि दियो द्विपक्षीय रोगको एक्सरे अनि हामीलाई ग्यास च्याम्बरमा कोचेर श्वास फेर्नै नदिईकन पूर्वी ढोका बन्द गर्दै पश्चिमा कारङ्कुरूङ र बकुलाहरू हाम्रो छातीमाथि टेकेर हाम्रै वन मनपरी चर्ने अवसर प्रदान गर्यौ तब हाम्रा झुपडीका बन्दनहरू टुटे चैते हुरीको भुमरीमा उड्दै उड्दै कता पुगे कता । सिनो खाने भन्दै अरूमाथि गिद्दले आरोप लगाउदै घृणा गर्छ भने […]

  • संस्कृत भाषा किन पढ्ने ? :- सन्दर्भ संस्कृत दिवसको

    डा.लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका  सन्दर्भ प्रत्येक वर्ष श्रावण पूर्णिमाका दिन संस्कृत दिवस मनाइन्छ, जुन दिन रक्षाबन्धन(ऋषितर्पणी) पर्व पनि मनाइन्छ । कुनै पनि दिवस मनाउनुको तात्पर्य सम्बन्धित विषयलाई चर्चा परिचर्चा,मन्थन गर्दै […]

  • गजल-४८७

    त्रिबिक्रम अधिकारी  केन्टुकी, अमेरिका भोक-निन्द्रा गायब भो, कुन हालमा छु म बाजाको के कुरा गर्नु, बेकसुर तालमा छु म। खै यस्तै हुन्छ भन्छन्, माया गर्नै पारखीहरू ह्वात्त आउँदै-जादै गरिरहने छालमा […]

  • श्रद्धा र आस्थाको अँजुलीसँग

    रमेश गौतम  नर्वे  म खुसी भएँ – जीवन भोगाइको अनुभूति हाम्रो परीक्षित समय उसको जीवन दारुणताको बिम्ब एक्लो परिवेश नितान्त एक्लो स्याहारेर एक्ली देवता ऊ बाँचेकी छे एउटा जीवन उच्चताको […]

  • समयको परिचय

    यज्ञ काश्यप नर्थ डाकोटा, अमेरिका  कहिले झुटा सपना देखाएर जान्छ समय कहिले फाटेका मन सिलाएर जान्छ समय ऊ अमृत पिलाउँछु भन्छ अमर बनाउन भुमरीमा पारी आफैँ नै पिएर जान्छ समय […]

  • प्रणय

    डिल्लिराम रेग्मी ओहायो, अमेरिका तिमीसँग लगाएको “प्रणय” मा आज केवल “प्रण” बाकि छ “प्राण” त तिमिसँगै २ वर्ष पहिला नै गइसक्यो। मेरो आँखा सपनाको ओझेलमा पस्न नपाउँदै म हाम्रो घरको […]

  • गजल-४८६

    दिपेश चापागाँई पेन्सिल्भेनीया, अमेरिका नेपाली भाषाको शृङ्गार गरने चोली हौ तिमी नेपाली जातिले भाका हाल्ने मीठो बोली हौ तिमी ।। सरल नवरत्न भाषाशैलीमा, रामायण अनुवाद गरी साहित्य प्रेमीले हृदयमा सजाउने, […]

  • कोरोनासँग लड्दाको अनुभव

    विकास रेग्मी तथा कुमारी पोखरेल रेग्मी  सिराकस, अमेरिका सन् २०१९ को डिसेम्बर महिनाको प्रारम्भमा चिनको युवानमा कोरोना भाइरस फैलिएको सुनियो । समाचारको आधारमा सन् २०२० को मार्च पहिलो सातातिर यो कोरोना […]

  • जाऊँ सँगै जाऊँ – मायाको त्यो गाउँ

    टङ्क आचार्य केन्टकी, अमेरिका जाऊँ सँगै जाऊँ – मायाको त्यो गाउँ जुनी भरको चोखो माया मिली-जुली लाऊँ (जाऊँ सँगै जाऊँ )२ जीवनका पाइलाहरू सँगै-सँगै हिँडौला दुःखसुख जे-जे हुन्छ , हाँसी- […]

  • धर्तीको परिक्रमा

    डा. लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका  एकबार कैलाशमा शिवपार्वती आफ्ना दुई छोराहरू कार्तिकेय र गणेशका बालक्रीडाको आनन्द लिइरहेका थिए । बालक कार्तिकेय जेठाे र गणेश कान्छो सन्तान थिए शिव पार्वतीका । […]

  • उनकै लागि त हो

    भावना गिरी क्यानाडा सिउँदोमा सिन्दूर भरेकी छु हातमा उनीलाई कोरेकी छु गुलाफबाट लाली चोरेकी छु उनकै लागि त हो जानी नजानी रातो सारी बेरेकी छु गलामा हरियो पोते भिरेकी छु […]

  • कवि एक्जाइल्ड भूट्निजका दुई छोटा कविताहरु

    एक्जाइल्ड भूट्निज झापा, नेपाल १. इतिहास उहिल्यै त हामी दुखलाई दुख नै भन्थ्यौँ सरकार ! उहिल्यै त हामी दुखलाई दुख नै भन्थ्यौ । ‘जि.एन.एच’ अर्थात ‘ग्रस न्यस्नल ह्यप्पिनेस’ भन्दैन थियौँ […]

  • नाल गाडेको आँगन

    गङ्गा लामिटारे अाेहायाे, अमेरिका उत्तरतिर चाँचे खोला पूर्वतिर डम्फू पश्चिम तिर सुनकोस छ दक्षिणपट्टि मिथुन सिरिरिकी त्यो हावा सम्झेर मन रुन्छ विदेशमा बसेर । उत्तरतिर चिराङ डाँडो दक्षिणतिर पाखे सम्झनाले […]

  • सामाजिक सञ्जाल र बलात्कारको अभियोग

    “आजभन्दा १२/१५ वर्ष पहिले ममाथि बलात्कारको प्रयास भयो; बलात्कारी मेरो आफ्नै परिवारको भएकाले म उसको नाम खुलाउन चाहन्न । अब मलाई न्याय चाहियो; मेरो सुरक्षाका लागि आर्थिक सहयोग गर्नुहोला ।” […]

  • चुपचाप तैरिरहेका डुङ्गाहरू

    तिलक राई हावाको बेगले एकापट्टि हाने पछि पानीको लहर जुरुक्कै उठेर किनारसम्म जवानी पोख्न हतार हतार आएर मीठो स्पर्श गर्दै जिउन सिकाएको हजारौँ वर्ष भयो। किनार वरिपरि हेर्दा लाग्छ यिनै […]

  • मानव जीवन, शिक्षा र नैतिक शिक्षा

    डा. लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका ईश्वरको यो विशालतम सृष्टिमा अरबौँ जीवन छन् I ती जीवनहरूलाई मुख्य रूपमा तीन विभागमा बाँड्न सकिन्छ:- १) स्वेदज (पसिना बाट उत्पन्न हुने) जस्तै जुम्रा र […]