Category: Year 9

  • तुर्सा नदी – छन्द कविता

    श्याम खनाल ओहायो,  अमेरिका   छन्द: शार्दूलविक्रीडित गण:  म   स    ज   स   त   त   गुरु ऽऽऽ  ।।ऽ  ।ऽ।  ।।ऽ  ऽऽ।  ऽऽ।  ऽ   प्यारो  लाग्छ  मलाइ यो जगतमा टाढै पुगौँ […]

  • समयको झापड

    गङ्गा लामिटारे ओहायो, अमेरिका   समय २००१ तिरको कुरा हो । म काठ्माण्डौ अनामनगर स्थित मिडिया पोईण्टमा एक वर्षे पत्रकारिता प्रशिक्षणका लागि गएको थिएँ । त्यहाँ विभिन्न ठाउँबाट  पत्रकारिता सिक्न […]

  • शब्द

    भक्त घिमिरे ओहायो, अमेरिका लेखनमा शब्दहरूको आयतन बुझ्नु आवश्यक हुन्छ ! आशय र तात्पर्यको उचित संयोजनबिना राखिएका शब्दहरूले प्रस्तुत विषयको रस सुकाउँछन् । साहित्य लेखन गर्नेहरुले त अझ ध्यान दिनैपर्छ […]

  • गीत

    यतिराज अजनबी, एड्लेड, अस्ट्रलिया पँधेरीमा भेटेको मान्छे, अँधेरीमा काम लागोस् हाटमा भेटिएको मान्छे, घाटमा काम लागोस् माटोले जोडेकाहरूलाई, नछुट्याओस् बाटोले बाटोले छुट्याएकालाई, सँगै ल्याओस् माटोले नलागोस देशको माया, लागे पछि […]

  • चोट

    रमेश गौतम  नर्वे  ऊ आफ्ना बर्फिला हातहरूले मेरा गाला मुसार्छ स्नेहले, प्रेमले ! तर म चोट महसुस गर्छु।    ५ फेब्रुअरी २००२  हात्तिसार, धरान  

  • नारी दिवस

    भूमिका दुलाल अधिकारी युटा, अमेरिका ऐना हेरी आफ्नै लागि  मीठो हाँसो  हाँसी हेर, दुईपल  ज़िन्दगीमा  खुद्क़ो  लागी  बाँची हेर। नदोसेर  कसैलाई,  तिम्रा  खुसीहरू  नभेटिँदा , आफ्नै दिल र दिमागमा  कमीहरू  […]

  • एका बिहानै आकाशमा

    ‘क्षितिजको मित्र’ प्रकाश धमला अस्ट्रेलिया अर्ध चन्द्रमा हेरेर “घाम भन्दा चन्द्रमा क्या सोफ्ट एंड कुल हुन्छिन” भन्ने मेरो छोरोले टेलिभिजनमा समाचार हेरेछन् भने “बाबा हेर्नु त टी भी मा घोप्टो […]

  • गीत

    खेम रिजाल ओहायो, अमेरिका   तिम्रो हाँसोमा कतै बाँचेको  अनुभूति  हुन्छ जल्दै  गरेको  दियोले  मनमा  स्तुति  हुन्छ । सम्झेर   कल्पनामा   बहकिदै    भावनामा आउँछौ   प्रादुर्भाव   हरा-भरा […]

  • देश सुतेको छ

    जे एन दाहाल  पेन्सिल्भिन्या, अमेरिका म विउँझदा .. पुरै शहर सुतेको छ बत्ती बालेर घुर्दै कोल्टे फेर्दै बिहान सम्म ! म भर्खर बिसाएको बिस किलोको ब्याग माथि आँखा राख्दै हाँस्छु […]

  • गजल-३६९

    नैनसिङ्ग मगर न्यूयोर्क, अमेरिका बाबा  आमालाई  ढोग्ने चलन गयो यहाँ छोरा छोरीलाई  बोक्ने चलन गयो यहाँ । लोग्ने जति जना  फेरे पनि तातो न छारो आफ्नो परेजति  तोक्ने चलन गयो […]

  • बिरालो ब्याएको गुन्द्रुक

    गङ्गा लामिटारे ओहायो, अमेरिका मैले एम० ए० दोस्रो वर्षको परीक्षा दिनु थियो । त्यसैले जुन महिनाको ७ तारिख, १९९७ का दिन अपराह्न म विराटनगर जानका लागि घरबाट हिँडे । बेलडाँगीबाट […]

  • गजल-३६८

    रिमेन आलोक अल्बरी, अस्ट्रेलिया देखेको   छैन   कस्तो  छ मुहारसम्म भगाउनु  छ   आउँदो   शनिवारसम्म।। देश सम्झेरै मर्‍यो  विदेशमा   नेपाली यस्तै  खबर  सुनाइदिनु सरकारसम्म।। इन्काउन्टरमा  गुन्डा   […]

  • गीत

    यदु ढुंगेल लुइभील, केन्टकी शिरिरिरी बतास चल्यो खोला किनारैमा भाग्य मेरो खोट रहेछ माँझ निधारैमा। टाढिदैछन् पाइलाहरू नपाई घरमा बास धेरै पिएँ घुट्काहरू मेटिएन प्यास वारि-पारि पाखाभरि खरूकीको घाँस सधैँ […]

  • नातिनीलाई अर्ती

    डेभ सिवा पेन्सिलभेनिया, अमेरिका विदेशको ठाउँ अनि नौलो परिवेश अलपत्र अनि अन्योल पर्‍यो भाषा र भेष यो अन्योल र अलपत्रले ल्यायो यहाँ त्रास त्यसैले त भनिदिएँ नातिनीलाई अब देखि सधैँ […]

  • जीवन

    भरत तिम्सिना प्यान्सिल्भिन्या, अमेरिका  कहिले जीवन वसन्त जस्तो हुन्छ नवीन पल्लव पालुवाहरू लता वृक्षमा पाउलिन्छन् दिनका चहकिला दिवाकर र रातका चम्किला जुन-ताराहरूले तरह-तरहका फूलहरुमा सौन्दर्यता एवं रसरङ्ग भरिदिन्छन् हरियाली र सिरिरी […]

  • केही हाइकु

    तिलारुपा आचार्य ओहायो, अमेरिका १ . हाँसिरहेछ एकनास ओठमा विषको बोट । २ . छैन मौसम फुल्नलाई कोपिला स्वार्थ बिचमा । ३ . सहानुभूति नुन चुक सरीको नदेउ अब । […]

  • उनी

    खगेन गौतम् क्यानाडा त्यहाँ उनी र म मात्र थियौ! छायाहरूले हामीलाई पछयाइरहेका थिए, लाजले मुख छोपी उनी सर्माई रहँदा, म उनीलाई जिस्क्याहिरहेको थिए, अँधेरीको आगमन बढ्दै जाँदा, छायाहरू विलीन हुँदै […]

  • गजल-३६७

    गोबिन्द फुयाल केन्टकी, अमेरिका प्रेममा बाच्न सकौँ प्रेममा मर्न सकौँ प्रेमकोलागि सधैँ यात्रा म गर्न सकौँ सुन्दर भावबाट निर्मल गर्दै यहाँ फै’लेर मनभित्र सुवास छर्न सकौँ बाँडेर सुख दु:ख बच्नु […]

  • मान्छे

    गोविन्द लुइँटेल ओहायो, अमेरीका मान्छे- एउटा ढाकर भरीको सुन्तोला जति रिस-राग, छल-कपट, लोभ-लाभ, कोड्याइँ-घमण्ड आदी बोकेर सु:ख, शान्ति, संमृद्धी, प्रगति चाहन्छ अरूको भलो नै आफ्नो भलो भन्दै हिँड्छ। मान्छे- नराम्रो […]

  • अर्कों आई

    नील अधिकारी ओहायो, अमेरिका सलाम किन ठोक्नु पर्ने नमस्तेले पुग्दैनर अर्कों आई “हेल्लो” भने तिम्रो शिर झुक्दैनर? एउटै आमाका सन्तानलाई काखा र पाखा गर्दै छिमेकीले छुटायाउदा तिम्रो चित्त दुख्दैनर? फोरे […]

  • जलको एक थोपा

    प्रतिमान सिवा ओहायो अमेरिका आकाशलाई ढाकेर पृथ्वीलाई छलेर आवेगको गड्गडाहटमा अन्धकारलाई चिर्दै अग्नि-ज्वाला उगेल्दै ताण्डब मच्चाउदै गर्दाको एक टुक्रा बादलको पोल्टाबाट खुस्रूक्क उम्केको त्यो एक थोपा जलले दिएको कोमल अनि […]

  • गजल-३६६

    झगेन धिमाल मेल्बोर्न, अष्ट्रेलिया काँधमा छोरो  राखेर  हातमा  कोदाली  बोकेर गल्दिन थिइन् कहिल्यै उकाली ओराली बोकेर। कहिलेकाहीँ   बिहान  बेलुका  छाक  नटर्दा हात-मुख जोड्न गाउँ हिँड्थिन् थाली बोकेर। भोक लाग्यो […]

  • म, तारा, ताराहरू

    ‘क्षितिजको मित्र’ प्रकाश धमला एडलेड, अस्ट्रेलिया औँसीको रात फगत ताराहरू आकाशमा चम्किरहन्छन् सायद मैँले देखेको त्यो पिलिक पिलिक टाढा टाढा ताराहरूको चम्कावट हजार वर्ष पहिलेको पनि त हुनसक्छ अहिले ती […]

  • नेपाली भाषा र अस्तित्व

    धर्मेन्द्र तिम्सिना “क्षितिज” ओहायो, अमेरिका मेरा बुबाले भन्नुभएको “वहाँले आफ्नो देश, आफ्नो भाषाको लागि छोड्नुभएको रे” । भूटानी निरङ्कुश शासकद्वारा नेपाली पुस्तकहरू जलाइँदा, हाम्रा हलो जोत्ने बुवाका अनि घाँस काट्ने […]

  • गजल-३६५

    टेक भण्डारी एडिलेड, अस्ट्रेलिया समयसँगै युग बद्लियो तर मेरो रहर   बद्लिएन टुटे फुटेका सपना सजाउँने मेरो सहर बद्लिएन। आकाश  धर्ती  जताततै  चिरा  चिरा  पार्दै   आज उल्का बर्षात बर्सिए  पनि  मेरो  […]

  • सच्चा नागरिक बन्नु छ

    हिम शिखर ओहायो, अमेरिका मैले च्याँ गरेर रुँदा आमा मुस्कुराउँदै अठ्याउँदाको माटो भुल्नै सकेको छैन बा’ ले ताते गराएको दाजुले दगुर्न सिकाएको दिदीले खले गहरामा बियाँ टिप्न सिकाएको त्यो माटोको […]

  • गजल- ३६४

    यतिराज अजनबी एड्लेड, अस्ट्रलिया   अचेल   शुद्ध     नलेख्ने,    पनि   गीतकार  हुन्छ झ्याम्टाको  ध्वनी  निकाल्ने, पनि  सितार  हुन्छ?।।१।। हुनेलाई   केही   हैन,   नहुनेलाई    त्यही    सबै गरिबको   भोकै  भात,  […]

  • यस्तै छ आजभोलि हाम्रो समाजमा

    नैनासिंह मगर रोचेस्टर, अमेरिका एउटा घना जङ्गलको डाँडामा एउटा आँपको वृक्ष थियो। त्यो बोटमा लटरम्म आँपहरू पाकेका थिए। पाकेका फलको बास्नाले होला ढेडु, बाँदर, विभिन्न पंक्षीहरु आ-आफ्नै सुरमा गन्थन् गर्दै […]