Category: Nepali

  • गजल-३६

    “क्षितिजको मित्र” प्रकाश धमला अष्ट्रेलिया गाउँलेहरु बिन्ति गर्छन् नुनको कथा लेखिदेउन मन्दिरमा ढले भक्त खुनको कथा लेखिदेउन धेरै भयो वारि पारि गर्दै हामी फर्किएको आमाको सके एकलास धुनको कथा लेखिदेउन […]

  • गजल-३५

    गरिबी तारी दिने कुनै पनि नाँउ छैन साँझ प-यो बास बस्ने कुनै पनि गाउँ छैन लालाबाला चित्कार छाडी यताउता कराउँछन भोको पेट अघाइदिने कुनै पनि माउ छैन दुःख कष्ट झेल्दाझेल्दै […]

  • तिमीले नि लेखे हुन्छ

    बिहानै उठ्छु कम्प्युटर खोल्छु अफलाइनभरी शुभकामना लेखकको कतै नामै छैन कस्तो यो पाइरेटको जवाना ! लेख्छौ भने आफैँ लेख होइन भने चुप लाग किन चूँड्छौ अर्काको भावना अनि पठाउछौ शुभकामना […]

  • पाहिला यतै सार

    साना साना झुपडिको सानै हुन्छ चाल । दु:खै दु:ख भोग्दा भोग्दै बित्यो सत्र साल ।। झरी वादल हावा हुरी वर्षेनीको दुस्ख । बाँसको चित्रो कागचभित्तो किन मान्छौ सुख ।। बुद्धिजीवि […]

  • उज्यालाको एक झलक

    -शिवलाल दाहाल खुदुनाबारी बेलुका केराका पातबाट छिरेको जूनको उज्यालो अलिकति च्याएर हेरेँ बाटामा अलिकति उज्यालो खसेको थियो सायद त्यही थियो भोलिदेखि शुरु हुने नयाँ वर्षको उज्यालाको एक झलक ।

  • तिमीलाई खोज्दा

    खोजी हिंडे तिमीलाई भूटानका गाउँ अनि बस्तीहरुमा पाउन सकिन तिमीलाई मानस अनि सुनकोशका सुसेलीहरुमा । खोजी हिंडे ती बिचलित बस्तिहरुमा स्वतन्त्रता अनि स्वाभिमानका मनोभावहरु पाइन कतै ती बस्तीहरुमा स्वतन्त्रताका जीवन्त […]

  • तिमी र एक्लो म

    रमेश गौतम  नर्वे  कुनै दिन निर्जन एउटा बस्तीमा तिमीलाई भेटेको थिएँ अपरिभाषित एउटा विशेष पल व्यंग्य हाँसिरह्यो म एक्लो थिएँ म रुग्ण थिएँ अझ म विवश थिएँ । तिम्रा आँखाहरुले […]

  • गजल-३४

    जब हाँसो ओठबाट खसाउँछौ आँखाभरि सपनीमा बिपनीमा रसाउँछौ आँखाभरि सुन्दर ती मृगनयन चन्द्रमुखी मुहार झझल्कोमा आउँछ र बसाउँछौ आँखाभरि प्रकृतिमा रम्ने मन चोखो त्यसै लागेपछि त्यही मन सम्हालेर टसाउँछौ आँखाभरि […]

  • सपनाझैं संसार

    भीमप्रसाद तिमसिना   एट्लान्टा, अमेरिका हिंजो मात्र मैले देखेको सपना, आज यस्तो हुन्छ भन्ने थाहै थिएन । सबै सबैमा वैरभाव जीवनमा आफू एक्लै, अर्काको बारेमा सोच्ने फूर्सद कसको ? आफन्तासंगको […]

  • गजल-२८

    सम्झि–सम्झि फर्किआउने नगर्नू है दोबाटोमा दोधार पार्न बोलाउने नगर्नू है दोबाटोमा मान्छेको भिडमा आफै एक्लो भइ हराएर जुनिभरि दुःख पाउने नगर्नू है दोबाटोमा गुराँस झैं फुलेका तिम्रा ती वैंशालाई टिपी […]

  • जीवन्त अनुभूतिहरुको यो “अनुभूति”

    पुरानाघरे भूटानी नेपाली साहित्यमा गजललाई न्याय दिन अत्यान्तै सफल मध्येका एक सर्जक हुन् टङ्क वयलकोटी । भूटानी नेपाली साहित्यमा गजल विधाबाट अत्यान्तै शालिन अनुभूतिहरुलाई व्यवहारिक अर्थबाट बेजोड लेखिएको एउटा उत्कृष्ट […]

  • मेरी माया

    गुलावी फूल जस्ती मायालुलाई । एउटा चिनो दिन मन लाग्यो ।। मन्ध–मुस्कान छाड्ने प्रियसीलाई । आँखामा सजाउने रहर जाग्यो ।। मेरो हृदयलाई नै हल्लाइदिने कस्तो रुप रहेछ तिम्रो ? यो […]

  • गजल-२७

    ग-यौ खुन हरायो जून आरोप लायौ बिर्सियौ गुन थोत्रो जीवन लाग्यो घुन ओसियो संस्कृति हरायो धुन विदेशी भूमि चाहिँदैन सुन इज्जत दिएँ लगायौ चुन लगलग जाडो नसम्झाउ ऊन् मेरो देश […]

  • गीत

    भीमप्रसाद तिमसिना एट्लान्टा, अमेरिका बर पीपलमा बसी एउटा गीत गाउन मन लाग्यो तिम्रो यादमा बसी एउटा चिठी लेख्न मन लाग्यो ।। कहिले काहीँ यस्तो लाग्छ अब हाम्रो भेट हुन्न चोखो […]

  • दुष्ट मुसाहरु

    -शिवलाल दाहाल खुदुनाबारी थाहा भएन कसरी पस्यो कहाँबाट पस्यो एउटा मुसो कोठाभित्र सुटुक्क छिरेछ अभाव र गरिवीसित जुधेर किनेका सबै लुगा सिध्याएछ जंगी चल्यो अनेक जुक्तिवुद्घि लगाएर त्यसलाई मारेँ ढुक्क […]

  • गजल-२६

    सल्किएछ आगो, पानी खोइ ? रितिएछ काख, नानी खोइ ? छटपट छटपट छट्पटाइ यता उति मर्दैछ गरीब, दानी खोइ ? टल टल टलक्क भएर मात्रै परी छ रुप, बानी खोइ […]

  • बाछाको जुटाइ साँडेलाई चुटाइ

    बाज बनेर राज गर्ने साँडेहरुको लिँडे सिद्धान्तले ती दुर्बल गाई र बाछाहरुलाई खर्कदेखि नर्कमा धकेलिदियो। कु गर्ने दम त कहाँ रहेछ र? सु गरेको लँगौटी फेर्न सम्म भ्याएनन् डुङ्डुङ्ती गन्हाउँदै […]

  • खै के छ त नाममा ?

    मलाई जसो भने पनि म नै हुँ- कोही कोही मलाई धोएर परिवर्तन गर्न चाहन्छन् बाहिर-बाहिर पखालिए नि मेरो मन मेरो तन मेरो जीवन मेरो, म हुनुको धरातल धोई मरे धोइन्न […]

  • गजल-२५

    वियोगको पीडामा नि एउटा छुट्टै जीत पाएँ नौनारी थाके पनि एउटा आफ्नो हित पाएँ आफ्नो भन्ने छैन कोही रुन्छ मन सम्झि मेरो रोदनको भेटमा पनि सुन्न तिम्रो गीत पाएँ छैन […]

  • सूर्योदय

    उँभो, असीम छ । उँधो, अस्वच्छन्द छ । दैलो ? मैलो छ । कोइलो, आउने छ । अवनि मुस्काउने छ । अन्तर रमाउने छ । जागरण दृगमा छ । कुसुम […]

  • अस्तित्व

    प्रश्नै प्रश्नका पोका लादेर गह्रुङ्गो मनमाथि अझ भारी नथप l तुसारो परेको जीवनमा अझ शिशिर वर्षाउनु किन? म आफ्नै आँगनबीच हराइरहेकी छु सत्य र असत्यबीचको भीडमा आफूलाई खोजिरहेकी त, म […]

  • गीत

    फूलझैं पवित्र छ मेरो मन अपवित्र ठानी नसाट है तिम्रो तन पूर्णिमा र औंसीमा पनि फुलेकै छु दिन रात तिम्रो मुहर उज्यालो बनाएकै छु सुवास झै पवित्र छ मेरो मन […]

  • गजल-२४

    यसै जिउँदो लास म डर कहाँ छ र संसारै आफ्नो सम्झिए घर कहाँ छ र रसाएका आँखा संगै हात न हो देखाएको सहयोग न हो हजुरको कर कहाँ छ र […]

  • गजल-२३

    शेरु ‘उदास’ राई  शनिश्चरे, मोरङ्ग सानो हुँदा आमा सधैँ जूनको कथा भन्नु हुन्थ्यो सहिदले बगाएको खुनको कथा भन्नु हुन्थ्यो भनेको चीज नपाएमा ठुस्की झर्की रिसाएमा खुशी पार्न बाँसुरी र धुनको […]

  • तिम्रो अनुपस्थिति

    रमेश गौतम  नर्वे  तिम्रा ती मोहक नयनहरू जो मलाई कहिल्यै हेर्दैनन् उत्सुकतापूर्वक हामी सँगै छौँ सधैँ सधैँ…… कुनै समुद्री तटमा सँगै बसेर सूर्यको कोमल रश्मिसँगै हामी माछाहरूको क्रीडा हेर्दैनौँ वा […]

  • भू-दान

    आइ पी अधिकारी काठमाडौँ श्याममणि पण्डित र कुलमान काजी खेतैखेत उँधो झर्दै थिए। उनीहरूबीच भोलिको तेर्‍हौं पुण्य तिथिको कामको चर्चा हुदै थियो। कुलमान काजी गाउँका हुनेखाने अनि हकिला मान्छे हुन्। […]

  • सम्झना

    त्यो राम्रो बन त्यो पहाड हरियो त्यो स्वर्ग झैँ जंगल । लामा छन् लहरा हरा रहरिला मूनामिठा निर्मल । ती झर्ना झररर्र भारि रमिता हेर्दै झरे छंछम । त्यो राम्रो […]

  • तीन हाइकू

    हामी भूटानी सुतेका सुत्यै भयौं उठ्न जानेनौं **************** घाईते बाघ नागार्जुनको वन खाली दर्बार *************** सत्ता फेरियो शासन पुरानै छ देश बिरामी

  • मेरो राष्ट्रियता

    अजिङ्गर मरे जस्तै लामो र कालो सडक आकाशमा बादलले नक्सा बनाउँछ टुप्पी हराएको मेरो देश। मैंले मात्रै सुन्ने गरी बतास साउती गर्छ बाटो हेरेर के पायौ आखिरमा यतै आयै। मैंले […]

  • गीत

    अभावै-अभावमा बाँचु कसोरी आँसु-आँसुमा म हाँसु कसोरी नांगो छ आङ भोकै छ पेट नि उकालो रस्तामा पाइला चालुँ कसरी हारेर कर्म मेरो आस्था गिर्दै छ भत्केको जीवन अब टालुँ कसोरी […]